• १८ असार २०८१, मंगलवार
  •      Tue Jul 2 2024
  •   Unicode
Logo
Latest
★   ‘इट्स माइ शो’ को विवादित दृश्य र संवाद हटाउन कान्तिपुर टीभीलाई प्रेस काउन्सिलको निर्देशन ★   सुरेश अधिकारी प्रतिनिधिसभा सचिव नियुक्त ★   पारा तथा विशेष खेलकुदको भारोत्तोलनमा ४ नयाँ राष्ट्रिय कीर्तिमान ★   कांग्रेस र एमालेबीचको सहमतिप्रति राप्रपा सकारात्मक ★   मार्गप्रशस्त गरी सरकार बनाउन सहयोग गर्न प्रधानमन्त्रीलाई एमालेको आग्रह ★   पूर्वगृहमन्त्री बादलका छोरा प्रतीकलाई थुनामा पठाउन अदालतको आदेश ★   राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण ★   गिरिजाबाबुकै कारण गणतन्त्र स्थापना भएको होः सभापति देउवा ★   कृषि समितिमा सरकारले विधेयक दिन सकेन: सभापति राणा ★   गृहमन्त्री लामिछानेविरुद्धको मुद्दा फेरि हेर्दाहेर्दैमा

केदारलाई मुख्यमन्त्री नियुक्त गर्न सांसदहरु पुगे प्रदेश प्रमुखको कार्यालयमा



बिराटनगर । कोशी प्रदेशको मुख्यमन्त्रीमा शेखर कोइराला निकट केदार कार्कीलाई समर्थन गरेका सांसदहरु प्रदेश प्रमुखको कार्यालय पुगेका छन् ।

कार्कीले आफ्नो दल कांग्रेसका ८ र एमालेका ३९ प्रदेश सांसदको हस्ताक्षरसहित दाबी पेश गरेका छन् । देउवाले मुख्यमन्त्रीमा नेकपा माओवादीका इन्द्र आङबोलाई समर्थन गर्ने निर्णय गरेपनि कार्कीले मुख्यमन्त्रीमा दावी गरेका हुन् ।

संविधानको धारा १६८ (५) अनुसार सरकार गठनका लागि लागि दाबी पेश गर्न प्रदेश प्रमुख परशुराम खापुङले दिएको समय सकिएको छ ।

मुख्यमन्त्रीमा गठबन्धनका तर्फबाट इन्द्र आङ्बोले पनि कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, जसपासहित ४७ जना सांसदको हस्ताक्षर बुझाएर दाबी गरेका छन् । दुबैतर्फको दबाब बढेपछि प्रदेश प्रमुख कानुनी परामर्शमा छन् ।