• १८ असार २०८१, मंगलवार
  •      Tue Jul 2 2024
  •   Unicode
Logo
Latest
★   ‘इट्स माइ शो’ को विवादित दृश्य र संवाद हटाउन कान्तिपुर टीभीलाई प्रेस काउन्सिलको निर्देशन ★   सुरेश अधिकारी प्रतिनिधिसभा सचिव नियुक्त ★   पारा तथा विशेष खेलकुदको भारोत्तोलनमा ४ नयाँ राष्ट्रिय कीर्तिमान ★   कांग्रेस र एमालेबीचको सहमतिप्रति राप्रपा सकारात्मक ★   मार्गप्रशस्त गरी सरकार बनाउन सहयोग गर्न प्रधानमन्त्रीलाई एमालेको आग्रह ★   पूर्वगृहमन्त्री बादलका छोरा प्रतीकलाई थुनामा पठाउन अदालतको आदेश ★   राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण ★   गिरिजाबाबुकै कारण गणतन्त्र स्थापना भएको होः सभापति देउवा ★   कृषि समितिमा सरकारले विधेयक दिन सकेन: सभापति राणा ★   गृहमन्त्री लामिछानेविरुद्धको मुद्दा फेरि हेर्दाहेर्दैमा

चलचित्र परदेशी २ हेरेपछि कलाकारको प्रतिक्रिया: सिने क्षेत्रमा अर्का हिरो थपिए



काठमाडौँ । नेपाली चलचित्र परदेशी २ आजबाट प्रदर्शनमा आएको छ ।

शुक्रवारबाट देशभरका हलहरुमा चलचित्र प्रदर्शनमा आएको हो । चलचित्र हेरिसकेपछि रंगपत्रकारसँग कुरा गर्दै अभिनेता दीपकराज गिरीले प्रकाश सपुतको अभिनय एकदमै उत्कृष्ट रहेको र पहिलो फिल्म जस्तो नलाग्ने बताउनु भयो । उहाँले प्रकाश सपुतले अभिनयमा पनि आफूलाई प्रमाणित गर्नसक्ने देखिएको बताउनु भयो ।

उहाँले अभिनेताको रुपमा प्रकाश सपुत उदाएको बताउनु भयो । अर्को दशैँमा आफूहरुको फिल्म ल्याउने घोषणा गर्नुभयो । त्यस्तै वरिष्ठ कलाकार मनोज गजुरेलले फिल्मको दोस्रो भाग उत्कृष्ट रहेको बताउनु भयो । उहाँले गाउँ घरमा देशमा युवाहरु नहुनु र गाउँ रित्तो हुने जस्ता समस्या फिल्ममा देखाइएको बताउनु भयो ।

त्यस्तै अभिनेत्री वर्षा शिवाकोटीले फिल्म राम्रो भएको प्रतिक्रिया पाएको बताउनु भयो । अभिनेता प्रकाश सपुतले राम्रो प्रतिक्रिया पाएको र दर्शकहरुले धेरै रुचाएको प्रतिक्रिया दिनुभयो । त्यस्तै अभिनेत्री केकी अधिकारीले दर्शकहरुले फिल्मले मन छोएको जस्तो प्रतिक्रिया दिइरहेको बताउनु भयो ।

गायक प्रकाश सपुतको डेब्यु चलचित्र ‘परदेशी २’ आठ वर्षअघि रिलिज भएको चलचित्र ‘परदेशी’को सिक्वेल हो । चलचित्रमा सपुतसँगै नायिकाहरु केकी अधिकारी, वर्षा शिवाकोटी, रमा थपलिया र नायकहरु दिलिप रायमाझी र नीर शाहको अभिनय छ ।

चलचित्रलाई गायक तथा संगीतकार नारायण रायमाझीले निर्देशन गरेका हुन् । विदेशिएका नेपाली युवाले भोग्नुपरेको कथा समेटिएको चलचित्रलाई नारायण रायमाझी र राजेश वंशलले मिलेर निर्माण गरेका हुन् ।