१९ श्रावण २०८३, मंगलवार
,
Latest
अमेरिकी सैन्य आधार शिविरमा प्रवेश गरेको आरोपमा आठ दक्षिण कोरियाली विद्यार्थी पक्राउ अमेरिका–इरान वार्ता दाबी बाझिँदा ‘स्ट्रेट अफ होर्मुज’मा कार्गो जहाजमा प्रहार पच्चीस लाख बराबरको भन्सार छलीको सामान बरामद ग्यासको अभाव छैन : निगम भूमिहिनको झुटा विवरण पेस गरी जग्गा लिन खोज्नेलाई कानुनी कारबाही गरिने मृतक मेहताको परिवारलाई राहत र सहयोग गर्न राज्य प्रतिबद्ध मन्त्री चौधरीसँग युरोपेली सङ्घका नेपालका लागि राजदूत लोरेन्जोको भेट शैक्षिक परामर्श क्षेत्रको विकृति अन्त्य गर्न सरकार र व्यवसायीबीच सहकार्य हुनुपर्नेमा जोड रेडक्रसमा ‘भ्रष्टाचार र बेथिति’ को थप उजुरी दिन आह्वान मानव सेवा आश्रमलाई बालबालिकाको तस्बिर/भिडियो प्रकाशन नगर्न निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

विश्वकप छनोटमा ‘अवे गोल’ काउन्ट नहुने



अ+ अ-

काठमाडौं । फिफा विश्वकप २०२६ छनोटमा ‘अवे गोल’को काउन्ट नहुने भएको छ । जस अनुसार नेपालले लाओसविरुद्ध विजयी हासिल गर्न स्पष्ट जितको आवश्यक छ ।

सामान्यत दुई लेग ढाँचामा खेलाईने खेलहरुमा ‘अवे गोल’ काउन्ट गरिन्छ । अवे गोलको नियम अनुसार दुई लेगमा बराबरी भएको खण्डमा जुन टोलीले सर्वाधिक गोल गरेको हुन्छ, त्यही टोली विजयी घोषित गरिन्छ । अवे गोल नियम रहेको खण्डमा नेपाल र लाओसबिचको खेल गोलरहित बराबरीमा सकिए लाओस विजेता हुने थियो ।

बिहिबार दशरथ रंगशालामा भएको पहिलो लेगमा नेपाल र लाओसले १–१ को बराबरी खेलेका थिए । जसमा लाओसले एक ‘अवे गोल’ गरेको थियो । खेलको ३३औँ मिनेटमा लाओसका कप्तान बाउलपछान बोयनकोङले गोल गरेका थिए । पछि अन्जन विष्टले दोस्रो हाफको सुरुवाती गोल गर्दै खेललाई बराबरी गरेका थिए ।

फिफाले यस पटकको विश्व कपका लागि छनोटमा ‘अवे गोल’को नियम हटाएको छ । त्यसैले अर्को खेल गोलरहित सकिएपनि नेपाल बाहिरिने छैन । दोस्रो खेल बराबरी भए ३० मिनेटको समय थप गरि खेलाईने छ । थप समयमा पनि बराबरी भएमा खेलको निर्णय पेनाल्टी सुटआउटबाट हुनेछ ।

पहिलो चरणको विश्वकप छनोट दुई लेगको फम्र्याटमा खेलाइएको हो । जसअन्तर्गत नेपाल र लाओसबीचको दोस्रो लेगको खेल यही असोज ३० गते लाओसमा हुनेछ । सो खेलका लागि नेपाली टोली आज त्यसतर्फ प्रस्थान गर्नेछ । यस खेलको विजेता विश्वकप छनोटको दोस्रो चरणमा पुग्नेछ ।