२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
मानव अधिकार आयोगका सिफारिस कार्यान्वयनमा काँग्रेस प्रतिवद्ध छः सभापति थापा भारतीय प्रधानमन्त्री मोदी र भाजपा अध्यक्षलाई नेपाल भ्रमणको निम्तो दिएको छुः रवि लामिछाने वैदेशिक रोजगार व्यवसायीले श्रमिकको नियमित अनुगमन गर्नुपर्ने नासु खड्कालाई थुनामा पठाउने आदेश सार्वजनिक सेवा प्रसारण संस्थाको स्याटेलाइट खरिद प्रकरणबारे छानबिन समिति गठन कमपाद्वारा मानव बेचबिखन तथा ओसारपसार नियन्त्रणसम्बन्धी अभिमुखीकरण सभामुख र अध्यक्षद्वारा निर्माणाधीन दोधारा चादँनी सुक्खा बन्दरगाह अवलोकन त्रिशूली नदीमा माछा मार्ने क्रममा किशोर बेपत्ता बिपी राजमार्गः रातको समयमा अनिश्चितकालीन बन्द थप मौलिक हक कार्यान्वयन गर्न आयोगको आग्रह
तपाईं के खोज्दै हुनुहुन्छ ?

तराईबाट २३ हजार लिटर दूध खरिद



फाईल फोटो
अ+ अ-

मकवानपुर । हेटौँडा दुग्ध वितरण आयोजनाले अहिले दैनिक २३ हजार लिटर दूध तराईबाट सङ्कलन गर्दै आएको छ । सङ्कलितमध्ये आवश्यकता अनुसार काठमाडौँ, विराटनगर र चितवनमा दैनिक १६ हजार पाँच सय लिटर धुलो दूध उत्पादनका लागि पठाउने गरिएको आयोजना कार्यालयले जनाएको छ ।

साथै दैनिक वीरगन्ज, चितवनको नारायणगढ र हेटौँडाको स्थानीय उपभोक्तालाई करिब छ हजार पाँच सय लिटर दूध सुपथ मूल्यमा बिक्री वितरण गर्दै आएको आयोजनाका प्रमुख नवीनकिशोर शर्माले राससलाई बताउनुभयो । अहिले मधेस प्रदेशको बारा, सर्लाही, रौतहट र पर्सा तथा बागमतीको मकवानपुरका गरी दुई सय दूध उत्पादन सहकारी संस्थाबाट २३ हजार लिटर दूध खरिद गर्ने गरिएको उहाँले जानकारी दिनुभयो ।

तराईका चार र मकवानपुरका गरी नौ हजार तीन सय ७५ कृषकबाट दैनिक दूध खरिद गरेबापत मासिकरूपमा रू तीन करोड उपलब्ध गराउँदै आएको प्रमुख शर्माले जानकारी दिनुभयो । उहाँका अनुसार यहाँबाट उत्पादित पेडा र लालमोन दैनिक एक सय ६० कार्टुन काठमाडौँका उपभोक्ताको मागबमोजिम पठाउने गरिएको छ । आयोजनाले दैनिक पासराइट गरेको दूध चार हजार लिटर, दही सात सय लिटर, घिउ सात सय लिटर र पनिर एक सय ४० केजी उत्पादन गर्दै आएको छ ।

सुक्खा मौसमको समयमा तराईबाट दैनिक आठदेखि नौ हजार लिटरसम्म दूध खरिद गर्न सकिने शर्माको भनाइ थियो । आयोजनाले आफ्नो लगानीमा सर्लाही, रौतहट र बारामा छ वटा किसान केन्द्र सञ्चालनमा ल्याएको आयोजनाका सूचना अधिकारी कृष्णबहादुर श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार आयोजनामा प्रशासन व्यवस्थापन र मजदुर गरी एक सय १० जनाले प्रत्यक्ष रोजगारीले पाएका छन् ।

“तराईमा अहिले दूधको उत्पादन वृद्धि भइरहेकाले यसअघि भारतको पटनाबाट काठमाडौँका उपभोक्तालाई दूध आपूर्ति गर्ने गरिएको थियो”, आयोजना प्रमुख शर्माले भननुभयो, “केही महिनादेखि त्यो बन्द गरिएको छ ।” रासस