• ९ जेष्ठ २०८१, बुधबार
  •      Wed May 22 2024
  •   Unicode
Logo

प्रतितोला छ सय रुपैयाँले बढ्यो सुनको मूल्य



काठमाडौँ । नेपाली सुनचाँदी बजारमा साता कारोबारको अन्तिम दिन अर्थात् शुक्रबार सुनको मूल्य बढेको छ ।

आज छापावाल सुन प्रतितोला छ सय रुपैयाँले बढेर एक लाख १० हजार एक सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । बिहिबार छापावाल सुन प्रतितोला एक लाख नौ हजार पाँच सय रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, शुक्रबार तेजाबी सुन प्रतितोला एक लाख नौ हजार पाँच सय ५० रुपैयाँमा कारोबार भइरहेको छ । हिजो तेजाबी सुन प्रतितोला एक लाख नौ हजार रुपैयाँमा कारोबार भएको थियो ।

त्यसैगरी, शुक्रबार चाँदीको मूल्य भने घटेको छ । आज चाँदी प्रतितोला ५ रुपैयाँले घटेर १३ सय ४५ रुपैयाँमा कारोबार भईरहेको महासंघले जनाएको छ ।