२० मंसिर २०८२, शनिबार
,
Latest
गण्डकी प्रदेशको हिमाली भेगमा हल्का वर्षा/हिमपातको सम्भावना यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजिवन प्रभावित काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छः कार्यबाहक प्रमुख आयुक्त भण्डारी निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन सुनकोशीमा हाम फालेका एक जना तीन दिनदेखि बेपत्ता अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल दाताको सहयोगमा बालबालिकालाई कम्प्युटर शिक्षा बाल उद्धार अभियान नेपालको आयोजनामा बक्तृत्वकला प्रतियोगिता सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

धार्मिक सहिष्णुताका लागि मुस्लिम सङ्घको ज्ञापनपत्र



अ+ अ-

काठमाडौँ : नेपाल मुस्लिम सङ्घले देशका केही भागमा देखिएको अवस्थालाई मध्यनजर गरी धार्मिक सहिष्णुता कायम गर्न सबैको ध्यानाकर्षण गराउँदै उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई आज ज्ञापनपत्र बुझाएको छ ।

उक्त सङ्घका सभापति अतावुल मन्सुरको नेतृत्वको टोलीले आज मन्त्री श्रेष्ठलाई भेटी केही दिन यता देशका केही भागमा देखिएको धार्मिक असहिष्णुताप्रति नेपाल मुस्लिम सङ्घको गम्भीर चिन्ता रहेको भन्दै सहिष्णुता कायम गर्ने वातावरण बनाउन नेपाल सरकारसँग माग गरिएको छ ।

उपप्रधानमन्त्री एवं गृहमन्त्री श्रेष्ठमार्फत् नेपाल सरकारलाई दिइएको सो ज्ञापनपत्रमा नेपालीहरुका महान पर्वहरुको सुरुआतसँगै फेरि पनि त्यस्ता धार्मिक असहिष्णुताका घटना नदोहरिएलान् भन्न नसकिने भन्दै त्यसैले दसैँ, तिहार, छठ तथा मुस्लिम धर्मावलम्बीहरुले मनाउने  मोहर्रम पर्व मनाउने क्रममा आवश्यक सुरक्षा र सद्भावको व्यवस्थाका लागि माग गरिएको छ ।

यस्ता धार्मिक कार्य सम्पन्न गराउने क्रममा आवश्यक सुरक्षा प्रबन्धका लागि सम्पूर्ण जिल्ला प्रशासन कार्यालय तथा सुरक्षा निकायका सबै अङ्गहरुलाई विशेष निर्देशन दिन सो ज्ञापनपत्रमा अनुरोध गरिएको छ ।