• १२ असार २०८१, बुधबार
  •      Wed Jun 26 2024
  •   Unicode
Logo
Latest
★   तिलगंगा आँखा अस्पताल अब विश्वविद्यालय ! ★   लगातार दोस्रो जितसहित अर्जेन्टिना कोपा अमेरिकाको क्वाटरफाइनलमा ★   नेपाल आइडल करण परियारलाई प्रधानमन्त्री दाहालको गितार उपहार ★   लमजुङमा पहिरोले तीन घर पुरिँदा चारजना बेपत्ता ★   कास्कीमा पहिरोमा परेर दुई बालबालिकाको मृत्यु, एक घाइते ★   ट्रक पार्किङ स्थल निर्माणका लागि कोशी प्रदेश सरकारले छुट्यायो दुई करोड ★   विजुलीका पोलमा जताततै ‘सवि’ ! के होला त्यो ? ★   दोस्रो चरणको छानबिनका क्रममा २० जना पक्राउ, १५ अझै फरार ★   कोपा अमेरिकाः क्यानडाले पेरुलाई हरायो ★   युरो कपः इंग्ल्यान्ड समूह विजेता र डेनमार्क उपविजेता बनेर नकआउट चरणमा

कोशी सरकार: मुख्यमन्त्रीमा कांग्रेसका केदार र माओवादीका इन्द्रको दाबी पेश



काठमाडौं । कोशी प्रदेशको मुख्यमन्त्रीमा गठबन्धनकै दुई नेताको दाबी पेश भएको छ ।

एमालेको समर्थनमा नेपाली कांग्रेसका सांसद केदार कार्की र गठबन्धनका सासंदहरुको समर्थनमा माओवादी केन्द्रका सांसद इन्द्र आङ्बोले छुट्टा छ्ट्टै दाबी पेश गर्नुभएको छ ।

केदारले कांग्रेसका ८ सहित एमालेका ४० सांसदको हस्ताक्षर बुझाउनु भएको छ भने आङ्बोले चार दलका संसदीय दलका नेताको हस्ताक्षर बुझाउनु भएको छ । कार्कीलाई नेपाली कांग्रेसको शेखर कोइराला पक्षका ९ प्रदेशसभा सदस्यसहित एमाले सांसदहरुले समर्थन गरेका छन् ।

कोशीमा कांग्रेस २९ प्रदेश सांसद छन्, उनीहरुमध्ये ९ जना कोइराला पक्षमा छन् । रामकुमार खत्री, लिलाकुमारी राई, शमशेर राई , गोविन्द गिरी, इन्दिरा थापा, मानबहादुर लिम्बू, सुनिता गुरुङ र केदार कार्की र हिमाल कार्की केदारको पक्षमा उभिनु भएको छ ।

कोशीका मुख्यमन्त्री हिक्मत कार्कीले असोज २० गते पदबाट राजीनामा दिए पछि प्रदेश प्रमुख परशुराम खापुङ्गले असोज २६ गते अपराह्न ५ बजेभित्र संविधानको धारा १६८ को उपधारा ५ अनुसार मुख्यमन्त्रीमा दाबी पेश गर्न समय दिनु भएको थियो ।

यसैबीच नेपाली कांग्रेस कोशी प्रदेश संसदीय दलका उपनेता हिमाल कार्कीले उप नेताबाट राजीनामा दिनु भएको छ ।

उहाँले नयाँ सरकार गठन प्रक्रियामा असन्तुष्टि जनाउँदै राजीनामा दिनु भएको जनाउनु भएको छ । राजीनामा दिएलगत्तै उहाँ कार्कीको पक्षमा उभिनु भएको छ ।