• १८ असार २०८१, मंगलवार
  •      Tue Jul 2 2024
  •   Unicode
Logo
Latest
★   ‘इट्स माइ शो’ को विवादित दृश्य र संवाद हटाउन कान्तिपुर टीभीलाई प्रेस काउन्सिलको निर्देशन ★   सुरेश अधिकारी प्रतिनिधिसभा सचिव नियुक्त ★   पारा तथा विशेष खेलकुदको भारोत्तोलनमा ४ नयाँ राष्ट्रिय कीर्तिमान ★   कांग्रेस र एमालेबीचको सहमतिप्रति राप्रपा सकारात्मक ★   मार्गप्रशस्त गरी सरकार बनाउन सहयोग गर्न प्रधानमन्त्रीलाई एमालेको आग्रह ★   पूर्वगृहमन्त्री बादलका छोरा प्रतीकलाई थुनामा पठाउन अदालतको आदेश ★   राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण ★   गिरिजाबाबुकै कारण गणतन्त्र स्थापना भएको होः सभापति देउवा ★   कृषि समितिमा सरकारले विधेयक दिन सकेन: सभापति राणा ★   गृहमन्त्री लामिछानेविरुद्धको मुद्दा फेरि हेर्दाहेर्दैमा

भारत–पाकिस्तानको खेलमा नरेन्द्र मोदी स्टेडियम ‘ध्वस्त पार्छु’ भन्ने व्यक्ति पक्राउ



एजेन्सी । अहमदाबाद क्राइम ब्रान्चले नरेन्द्र मोदी स्टेडियममा बम विष्फोट गर्ने धम्की दिने एक व्यक्तिलाई पक्राउ गरेको छ । उनले इमेल पठाएर यस्तो धम्की दिएका थिए । अभियुक्तको नाम करण मावि हो । उनलाई राजकोटबाट पक्राउ गरिएको हो ।

बीसीसीलाई धम्कीको मेल पठाइएको थियो । आरोपितले यसमा लेखेका थिए कि अक्टोबर १४ मा मोटेरा क्षेत्रमा रहेको नरेन्द्र मोदी स्टेडियममा विस्फोट हुनेछ, जसका कारण सबै मानिस काँप्नेछन् । अपराध शाखाका अनुसार उनी मध्य प्रदेशको धार जिल्लाका हुन् ।

मावी यसअघि सन् २०१८ मा बलात्कार, मानव बेचबिखन र आपराधिक धम्कीको आरोपमा पक्राउ परेका थिए । यसविरुद्ध धामनोद प्रहरी चौकीमा मुद्दा दर्ता भएको थियो । भारत र पाकिस्तानबीचको खेल १४ अक्टोबरमा अहमदाबादको नरेन्द्र मोदी स्टेडियममा हुनेछ ।

यस सम्बन्धमा इन्टरनेट मिडिया प्लेटफर्महरू पनि नजिकबाट निगरानी भइरहेको छ । सेप्टेम्बर २९ मा गुजरात पुलिसले प्रतिबन्धित संगठन सिख फर जस्टिस (एसएफजे) का प्रमुख गुरपतवन्त सिंह पन्नु विरुद्ध धम्की जारी गरेकोमा एफआईआर दर्ता गरेको थियो ।