• १८ असार २०८१, मंगलवार
  •      Tue Jul 2 2024
  •   Unicode
Logo
Latest
★   ‘इट्स माइ शो’ को विवादित दृश्य र संवाद हटाउन कान्तिपुर टीभीलाई प्रेस काउन्सिलको निर्देशन ★   सुरेश अधिकारी प्रतिनिधिसभा सचिव नियुक्त ★   पारा तथा विशेष खेलकुदको भारोत्तोलनमा ४ नयाँ राष्ट्रिय कीर्तिमान ★   कांग्रेस र एमालेबीचको सहमतिप्रति राप्रपा सकारात्मक ★   मार्गप्रशस्त गरी सरकार बनाउन सहयोग गर्न प्रधानमन्त्रीलाई एमालेको आग्रह ★   पूर्वगृहमन्त्री बादलका छोरा प्रतीकलाई थुनामा पठाउन अदालतको आदेश ★   राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण ★   गिरिजाबाबुकै कारण गणतन्त्र स्थापना भएको होः सभापति देउवा ★   कृषि समितिमा सरकारले विधेयक दिन सकेन: सभापति राणा ★   गृहमन्त्री लामिछानेविरुद्धको मुद्दा फेरि हेर्दाहेर्दैमा

यी हुन् एकदिवसीय विश्वकपमा सबैभन्दा छिटो शतक हान्ने १० खेलाडी



एजेन्सी । भारतका कप्तान रोहित शर्माले अफगानिस्तानविरुद्ध ६३ बलमा शतक प्रहार गरे । उनी विश्वकपमा सबैभन्दा छिटो शतक बनाउने भारतका ब्याट्सम्यान पनि बनेका छन् । रोहितले कपिल देवको ४० वर्ष पुरानो कीर्तिमान तोडे ।

तर, तपाईलाई यो थाहा पाउँदा अचम्म लाग्न सक्छ कि रोहित एकदिवसीय विश्वकपमा सबैभन्दा छिटो शतक बनाउने सूचीमा शीर्ष पाँचमा पनि पर्दैनन् । ५० ओभरको विश्वकपमा सबैभन्दा छिटो शतक प्रहार गर्ने शीर्ष १० ब्याट्सम्यान को हुन् ? यसबारे यहाँ चर्चा गरौँ ।

१. एडेन मार्करम


यस विश्वकपमा श्रीलंकाविरुद्धको खेलमा एडम मार्करामले सबैभन्दा छिटो शतक प्रहार गर्ने कीर्तिमान बनाएका थिए । मार्करामले ४९ बलमा शतक बनाएर केभिन ओ’ब्रायनको १२ वर्ष पुरानो कीर्तिमान तोडे ।

२. केभिन ओ’ब्रायन


आयरल्याण्डका ब्याट्सम्यान केभिन ओ’ब्रायन एकदिवसीय विश्वकपमा सबैभन्दा छिटो शतक बनाउनेमा दोस्रो स्थानमा छन् । केभिनले सन् २०११ मा इंग्ल्याण्डविरुद्ध ५० बलमा शतक बनाएका थिए ।

३. ग्लेन म्याक्सवेल


ग्लेन म्याक्सवेल एकदिवसीय विश्वकपमा सबैभन्दा छिटो शतक बनाउनेको सूचीमा तेस्रो स्थानमा छन् । म्याक्सवेलले सन् २०१५ मा श्रीलंकाविरुद्ध ५१ बलमा शतक बनाएका थिए ।

४. एबी डिभिलियर्स


एबी डिभिलियर्स ५० ओभरको विश्वकपमा सबैभन्दा छिटो शतक बनाउनेमा चौथो स्थानमा छन् । डिभिलियर्सले सन् २०१५ मा वेस्ट इन्डिजविरुद्ध ५२ बलमा शतक बनाएका थिए ।

५. इयोन मोर्गन

इयोन मोर्गन एकदिवसीय विश्वकपमा सबैभन्दा छिटो शतक बनाउनेमा पाँचौं स्थानमा छन् । मोर्गनले २०१९ मा अफगानिस्तानविरुद्ध ५७ बलमा शतक बनाएका थिए ।

६. रोहित शर्मा


रोहित शर्माले आईसीसी विश्वकप २०२३ मा अफगानिस्तानविरुद्ध एकदिवसीय विश्वकपको छैटौं छिटो शतक प्रहार गरेका छन् । उनले ६३ बलमा शतक बनाएर आफ्नो नाम यो विशेष सूचीमा दर्ता गराए ।

७. कुशल मेन्डिस


आईसीसी विश्वकप २०२३ मा पाकिस्तान विरुद्ध खेल्दा कुशल मेन्डिसले एकदिवसीय विश्वकप इतिहासमा सातौं सबैभन्दा छिटो शतक बनाए । मेन्डिसले विस्फोटक शैलीमा ब्याटिङ गर्दै ६५ बलमा शतक बनाए ।

८. म्याथ्यू हेडेन


आईसीसी एकदिवसीय विश्वकपमा सबैभन्दा छिटो शतक बनाउनेमा म्याथ्यु हेडन आठौं स्थानमा छन् । हेडनले सन् २००७ मा दक्षिण अफ्रिकाविरुद्ध ६६ बलमा शतक बनाएका थिए ।

९. जोन डेभिसन


क्यानडाका ब्याट्सम्यान जोन डेभिसनले एकदिवसीय विश्वकपमा ९औं छिटो शतक बनाएका छन् । डेभिसनले सन् २००३ मा वेस्ट इन्डिजविरुद्ध ६७ बलमा शतक बनाएका थिए ।

१०. कुमार सांगकारा


एकदिवसीय विश्वकपमा सबैभन्दा छिटो शतक बनाउनेमा कुमार सांगकारा १० नम्बरमा छन् । सन् २०१५ मा इंग्ल्याण्डविरुद्ध खेल्दा संगकाराले ७० बलमा शतक बनाएका थिए ।