४ पुष २०८२, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

सुदूरपश्चिममा एमालेका सबै पदाधिकारी सर्वसम्मत



अ+ अ-

काठमाडौँ । नेकपा (एमाले) सुदूरपश्चिम प्रदेश कमिटीका सबै पदाधिकारी सर्वसम्मत भएका छन् ।

अध्यक्षमा अछामका कृष्णप्रसाद जैशी, उपाध्यक्षमा बाजुराका कालीबहादुर शाही, सचिवमा कैलालीका रणबहादुर चन्द उपसचिवमा कञ्चनपुरका नरबहादुर बिक र कैलालीकी भागरथी विष्ट सर्वसम्मत भएका हुन् ।

यसअघि उपाध्यक्षमा शाही हिजो नै सर्वसम्मत भएका थिए । तर, अन्य पदमा हिजो सहमति हुन नसकेपछि आज सहमति भएको हो ।

अध्यक्षमा भरत साउदले उम्मेदवारी फिर्ता लिएका थिए भने महिला उपसचिवमा कन्दकला रानाले उम्मेदवारी फिर्ता लिएकी थिइन् ।

साथै, सचिवमा रतन रेग्मी र अशोक चन्दले उम्मेदवारी फिर्ता लिए ।