२१ मंसिर २०८२, आईतवार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

नसच्चिएसम्म काँग्रेस र माओवादीको भविष्य छैनः अध्यक्ष ओली



अ+ अ-

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो भविष्य अन्धकार देखेपछि नेपाली काँग्रेस र नेकपा (माओवादी केन्द्र) ले एमालेको बिरोध गरेको बताउनुभएको छ ।

नेकपा एमाले मधेस प्रदेशको पहिलो अधिवेशनको उदघाटन गर्दै बुधवार उहाँले यस्तो बताउनुभएको हो । उहाँले एमालेको बिरोध एमाले अयोग्य, असक्षम र काम गर्न नसकेर नभइ देशलाई विकासको बाटोमा लैजानसक्ने एउटै पार्टी एमाले भएकाले बिरोध गरिएको बताउनु भयो । उहाँले एमालेको लोकप्रियताले माओवादी र काँग्रेस आत्तिएको बताउनु भयो । उहाँले माओवादी र काँग्रेस नसच्चिएसम्म देशमा दुई पार्टीको भविष्य नरहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘एमालेको बिरोध किन ? गरेका छन् भन्दा एमाले अयोग्य, असक्षम भएर होइन, काम गर्न नसकेर होइन । एमाले सशक्त छ, योग्य छ, काम गर्नसक्छ । मौका पाए देशलाई विकासको बाटोमा अघि लैजान सक्छ । देशमा सुशासन ल्याउनसक्छ । शान्ति सुव्यवस्था कायम गर्नसक्छ, त्यसो भएपछि बिरोध भइरहेको छ । अनि आत्तिएका छन्, काँग्रेस हामीसँग आत्तिएको किन, आफ्नै भविष्य अन्धकार देख्न थालेर । माओवादी आत्तिएको किन ? आफ्नो भविष्य अन्धकार देख्न थालेर । तपाईहरु सच्चिनु हुँदैन भने एमालेको बिरोध गरेर मात्रै तपाईहरुको भविष्य छैन । नसच्चिए त तपाईहरुको भविष्य अन्धकार भएर जाने नै हो ।’

अध्यक्ष ओलीले युवाहरुमा देशमा केही हुन्छ भन्ने आशा सकिँदै गएको बताउनु भयो । उहाँले २०८४ को निर्वाचनका लागि अहिलेदेखि नै तयारीमा जुट्न नेता कार्यकर्ताहरुलाई निर्देशन दिनुभयो । पूर्व प्रधानमन्त्री ओलीले देशलाई समृद्ध बनाउनका लागि एमाले नेतृत्वको सरकार आवश्यक रहेकाले एकल बहुमत ल्याउने गरी तयारी लाग्नु अहिलेदेखि नै आवश्यक रहेको बताउनु भयो । मधेसमा समेत एकल बहुमतको सरकार बनाउनका लागि आगामी निर्वाचनमा प्रत्यक्ष र समानुपातिक गरी ६० सिट जित्नेगरी तयारीमा लाग्न कार्यकर्ताहरुलाई निर्देशन दिनुभयो ।