• १५ जेष्ठ २०८१, मंगलवार
  •      Tue May 28 2024
  •   Unicode
Logo
Latest
★   टीओआरमा ४ बुँदे सहमति ★   सन्दर्भ गणतन्त्र दिवसः तिम्रा भागवण्डाको राजनीतिमा तिमीलाई भाग चाहिँ कहिले पुग्छ हँ ? ★   पूर्वपश्चिम राजमार्गको नवलपुर खण्ड एकतर्फी सञ्चालनमा ★   दुर्घटनालाई सम्झिँदै ऋषभले भने – आँखा खुल्दा अब बाँच्छु भन्ने लागेको थिएन ★   कर्णाली प्रदेशको बेरुजु चार अर्ब पुग्यो ★   ५–१० रुपैयाँको सपना देखेका रिुंकुको अहिले ५५ लाख तलब ★   ट्रान्सफर्मर बनाउने क्रममा करेन्ट लागेर एकजनाको मृत्यु ★   भारतीय विमानभित्र बम भएको हल्ला झुटो साबित ★   गणतन्त्रको फलमा असिना पर्न नदिन कवि पराजुलीको अविराम लेखन ★   एक मुरी मकै फल्ने बारीमा ५० हजारभन्दा बढीको तरकारी उत्पादन

नेपाल एयरलाइन्सको जहाज आजै राति इजरायल जाने, २५० यात्रुसहित १० वटा शव ल्याउने



काठमाडौं । इजरायल र प्यालेस्टिनी लडाकू समहू हमास बीचको युद्धबाट प्रभावित नेपाली नागरिकलाई सरकारले नेपाल एयरलाइन्सको जहाजबाट उद्धार गर्ने भएको छ ।

नेपाल फर्कन चाहने नागरिकको उद्धारका लागि बुधबार राति २.३० बजे नेपाल एयरलाइन्सको विमान त्यसतर्फ जाने टुङ्गो लागेको नेपाल एयरलाइन्सले जनाएको छ । काठमाडौंबाट दुबई हुँदै तेल अभिभ पुग्ने र सोही रुट मार्फत बिमान काठमाडौं फर्कने योजना छ । वाइडबडी ए३३० जहाज काठमाडौंबाट उडेको १५ घण्टापछि नेपाल फर्कने छ ।

बिमानमा २५० यात्रु सहित इजरायलमा प्यालेस्टिनी हमास समूहको आक्रमणबाट मारिएका १० नेपाली विद्यार्थीको शव ल्याइने जनाइएको छ ।

यही असोज २० गते इजरायलको दक्षिण क्षेत्र किबुज अलुमिया भन्ने स्थानमा प्यालेस्टिनी लडाकू समूह हमासको आक्रमणमा परी ‘लर्न एण्ड अर्न’ कार्यक्रमअन्तर्गत इजरायल गएका १० नेपाली विद्यार्थीको ज्यान गएको थियो ।

यसैगरी आक्रमणमा परेर सम्पर्कबिहीन भएका कञ्चनपुर महेन्द्रनगरका विपिन जोशीको खोजी जारी छ । इजरायलस्थित नेपाली दूतावासले आक्रमणपछि सकुशल अवस्थामा उद्धार गरिएका विपिनसँगै बस्दै आएका एक विद्यार्थीमार्फत विभिन्न अस्पतालमा खोजी गरिरहेको जनाएको छ ।