• ६ जेष्ठ २०८१, आईतवार
  •      Sun May 19 2024
  •   Unicode
Logo
Latest
★   उपप्रधानमन्त्री लामिछानेको राजीनामा माग गर्दै नेबिसंघको प्रदर्शन– तस्बिरहरु ★   प्रधानमन्त्रीले संसद्‌मा लिन लागेको विश्वासको मत रोक्न माग गर्दै सर्वोच्चमा रिट ★   प्रधानमन्त्रीलाई विश्वास मत दिन्छौँ, कसैले शंका नगरे हुन्छ: माधवकुमार नेपाल ★   काँग्रेसले भन्यो: झारो टार्ने संसदीय छानबिन समिति मान्दैनौँ ★   प्रतिनिधिसभाको बैठक फेरि सर्‍यो, साढे ४ बजे बस्ने ★   कोशी प्रदेशमा पहिलो पटक चलचित्र महोत्सव शुरु ★   छानबिन समितिको कार्यादेश टुंगो नलागेपछि भोलिलाई सर्यो राष्ट्रिय सभा बैठक ★   घाटु नाँच संरक्षणमा सोरबिस्नाका गुरुङ ★   प्लेअफमा पुग्न आरसीबीको ७ ‘चमत्कार’ ★   ग्रामीण सडक कालोपत्र भएपछि दैनिकी सहज बन्दै

नेपाल एयरलाइन्सको जहाज आजै राति इजरायल जाने, २५० यात्रुसहित १० वटा शव ल्याउने



काठमाडौं । इजरायल र प्यालेस्टिनी लडाकू समहू हमास बीचको युद्धबाट प्रभावित नेपाली नागरिकलाई सरकारले नेपाल एयरलाइन्सको जहाजबाट उद्धार गर्ने भएको छ ।

नेपाल फर्कन चाहने नागरिकको उद्धारका लागि बुधबार राति २.३० बजे नेपाल एयरलाइन्सको विमान त्यसतर्फ जाने टुङ्गो लागेको नेपाल एयरलाइन्सले जनाएको छ । काठमाडौंबाट दुबई हुँदै तेल अभिभ पुग्ने र सोही रुट मार्फत बिमान काठमाडौं फर्कने योजना छ । वाइडबडी ए३३० जहाज काठमाडौंबाट उडेको १५ घण्टापछि नेपाल फर्कने छ ।

बिमानमा २५० यात्रु सहित इजरायलमा प्यालेस्टिनी हमास समूहको आक्रमणबाट मारिएका १० नेपाली विद्यार्थीको शव ल्याइने जनाइएको छ ।

यही असोज २० गते इजरायलको दक्षिण क्षेत्र किबुज अलुमिया भन्ने स्थानमा प्यालेस्टिनी लडाकू समूह हमासको आक्रमणमा परी ‘लर्न एण्ड अर्न’ कार्यक्रमअन्तर्गत इजरायल गएका १० नेपाली विद्यार्थीको ज्यान गएको थियो ।

यसैगरी आक्रमणमा परेर सम्पर्कबिहीन भएका कञ्चनपुर महेन्द्रनगरका विपिन जोशीको खोजी जारी छ । इजरायलस्थित नेपाली दूतावासले आक्रमणपछि सकुशल अवस्थामा उद्धार गरिएका विपिनसँगै बस्दै आएका एक विद्यार्थीमार्फत विभिन्न अस्पतालमा खोजी गरिरहेको जनाएको छ ।