२४ मंसिर २०८२, बुधबार
,
Latest
बर्दिया घटनाबारे गठित छानविन समितिद्वारा स्थलगत अध्ययन सुरु काठमाण्डुलाई चार विकेटले हराउँदै लुम्बिनी दोस्रो क्वालिफायरमा, विराटनगरसँग भिड्ने मर्यादित महिनावारी अन्तरराष्ट्रिय सिकाइ सम्मेलन सम्पन्न रामप्रसाद राईको सम्झनामा परिसंवाद तथा वृत्तचित्र प्रदर्शनी राजेन्द्र महतोको राष्ट्रिय मुक्ति पार्टीमा पहिचान पक्षधर ३ घटक समाहित स्रोत नखुलेको सात लाख रुपैयाँसहित एक व्यक्ति पक्राउ प्रभु बैंकका रेमिट्यान्स प्रमुख शाक्य पक्राउ बसको ठक्करबाट एक जनाको मृत्यु, एक घाइते काठमाडौँ विश्वविद्यालयका दुई हजार दुई सय विद्यार्थी दीक्षित सरकारसँग मानव अधिकार आयोगको गुनासोः सिफारिस अझै कार्यान्वयन भएन
तपाईं के खोज्दै हुनुहुन्छ ?

बानेश्वर नजिकै बागमती किनारमा युवकको शव फेला



अ+ अ-

काठमाडौँ । काठमाडौँ महानगरपालिका–३१ बानेश्वरस्थित तरकारी बजार अगाडि बाग्मती खोला किनारामा आज एक युवकको शव भेटिएको छ ।

महानगरपालिकाको वडानं १० शङ्खमूल निवासी २० वर्षीय विकाश महरा मृत अवस्थामा भेटिएका काठमाडौँ जिल्ला प्रहरी परिसरका प्रवक्ता तथा प्रहरी उपरीक्षक कुमोध ढुङ्गेलले राससलाई जानकारी दिनुभयो ।

उहाँका अनुसार निजको साथबाट प्रयोग गरिएको खाली सिरिञ्जको कभर थान एक, टिकटिके मोबाइल थान एक फेला परेको र निज लागुऔषध प्रयोगकर्ता भएको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।