२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयकबारे विज्ञहरुसँग छलफल हुने तुलसा अधिकारी पुर्पक्षका लागि थुनामा, सम्पत्ति शुद्धीकरण र ठगी मुद्दा दायर नेपाल समूह विजेता बन्दै एसियन गेम्स पुरुष क्रिकेटमा छनोट, मलेसियामाथि १६७ रनको फराकिलो जित नेपाल मेडिकल काउन्सिल लाइसेन्स परीक्षामा ६६.९५ प्रतिशत उत्तीर्ण, स्वदेशी विद्यार्थीको नतिजा उत्कृष्ट फरेन्सिक ल्याव ठाउँ–ठाउँमा बनाउन नेपालको क्षमताले भ्याउँदैनः महावीर पुन अध्ययन बिदा लिएर नफर्किएका प्राध्यापकबाट १० करोड ४६ लाख रुपैयाँ फिर्ता ट्रम्पद्वारा इरानसँग युद्धविराम पुनरावलोकनको सङ्केत, तनाव र कूटनीतिक वार्ता दुवै जारी सार्वजनिक स्रोतको संरक्षण तथा उच्च शिक्षाको गुणस्तर अभिवृद्धिका लागि मन्त्रालय प्रतिबद्ध छः शिक्षामन्त्री पोखरेल विद्यालय तहको ‘राष्ट्रिय पाठ्यक्रम प्रारूप’ पुनरावलोकन गरिँदै झापामा हुरी–वर्षाले २९.९७ हेक्टर केराखेती नष्ट, करिब २ करोड १२ लाख क्षति अनुमान
तपाईं के खोज्दै हुनुहुन्छ ?

सोनापुर मिनरल्सको आइपिओ बाँडफाँट



अ+ अ-

काठमाडौँ । सोनापुर मिनरल्स एन्ड आयलको आइपिओ आज बाँडफाँट भएको छ । एनआइएमबी एस क्यापिटलको कार्यालयमा भएको बाँडफाँटमा १० लाख ३२ हजार १३२ जनाले सेयर पाएका छन् ।

१० लाख ३२ हजार १२४ जनाले १० कित्ता सेयर पाएका छन् भने ८ जनाले ११ कित्ताका दरले सेयर पाएका छन् । ८ कित्ता सेयर बढि भएपछि कम्पनीले ८ जनालाई १ कित्ताका दरले थप गरेर ११ कित्ता दिएको थियो ।

बिक्री प्रबन्धकको अनुसार उक्त आइपिओमा कुल १० लाख ४७ हजार ४५९ जनाले आवेदन दिएका थिए । जसमा १० लाख ४० हजार ७७० जनाको आवेदन मात्र योग्य रहेको थियो । कम्पनीले असोज १४ गतेदेखि १८ गतेसम्म उक्त आइपिओ बिक्रीमा ल्याएको थियो ।

कम्पनीले जारी पुँजी ३ अर्ब ७ करोड ५० लाख ५० हजार रुपैयाँको ४० प्रतिशत अर्थात् १ अर्ब २३ करोड २० हजार रुपैयाँ बराबरको १ करोड २३ लाख २०० लाखको आईपिओ निष्कासन गर्ने अनुमति पाएको थियो । जसमध्ये कम्पनीले पहिलो चरणमा उद्योग प्रभावित क्षेत्र दाङ्ग र रोल्पाका स्थानिय बासिन्दाका लागि अंकित मूल्य १२५ रुपैयाँ र प्रिमियम थप गरी प्रतिसेयर २२५ रुपैयाँमा १५ लाख ३७ हजार ५२५ कित्ता सेयर निष्कासन गरेको थियो ।

त्यसैगरी, कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि १२ लाख १६ हजार ५६८ कित्ता, सामूहिक लगानी कोषका लागि ६ लाख ८ हजार २८४ कित्ता र कर्मचारीहरूका लागि ६ लाख ८ हजार २८४ कित्ता सेयर निष्कासन गरेको थियो ।




भर्खरै