१९ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

आज एमाले मधेस प्रदेश अधिवेशन, नेतृत्व चयन मुख्य मुद्दा



अ+ अ-

जनकपुरधाम : नेकपा (एमाले) मधेस प्रदेशको अधिवेशन आजदेखि यहाँ सुरु हुँदैछ । नयाँ कार्यसमिति चयनका लागि हुने अधिवेशनको सम्पूर्ण तयारी पूरा भएको पार्टीका प्रदेश अध्यक्ष रामअवतार यादवले जानकारी दिनुभयो ।

उहाँले एक हजार २७ जना प्रतिनिधि छनोट भइसकेका, कार्यक्रमस्थल व्यवस्थापन, अतिथि र पाहुनाको आवासलगायत अत्यावश्यक सबै कामको तयारी पूरा भएको जानकारी दिनुभयो ।

अधिवेशनले दुई सय १० सदस्यीय प्रदेश कमिटी चयन गर्ने एमालले जनाएको छ । अन्य प्रदेशमा झैं यहाँ पनि सर्वसम्मत नेतृत्व चयन हुने सम्भावना क्षीण बन्दै गएको नेताहरूले बताएका छन् ।

प्रदेश अधिवेशनको उदघाटनका लागि पार्टी अध्यक्ष केपी शर्मा समेतका नेताहरू जनकपुर आउने कार्यक्रम छ ।