१३ आश्विन २०८३, मंगलवार Tuesday, September 29, 2026
१३ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar उत्पादनस्थल फोहर रहेको भन्दै उद्योगलाई दुई लाख जरिवाना News Polar धितोपत्र दलाल व्यवसाय सुदृढीकरण नीति लागू News Polar सर्भेयर खटाउने प्रक्रियालाई पारदर्शी बनाउन ‘अटोमेटिक सर्भेयर डेपुटेसन’ प्रणाली, परीक्षण सुरु News Polar ‘ठमेल पर्यटन भेन्ट्रान्स कप’ फुटबल प्रतियोगिताको उपाधि जोरपाटीलाई News Polar अन्तर्राष्ट्रिय नतिजाका लागि खेलकुद क्षेत्रमा लगानी बढाउनुपर्छः मन्त्री पोखरेल News Polar सङ्गीतको सङ्गम बन्यो नीर शाहको पलेँटी News Polar मुख्यमन्त्री शाहीसँग मन्त्रीहरूको कार्यसम्पादन सम्झौता News Polar नाला सफाइ गरी पानीको निकास खुलाइयो News Polar निर्माणाधीन दार्चुला अस्पताल पुस मसान्तमा सम्पन्न हुने News Polar ‘महिला आन्दोलनको सहखोजीः सन्धान सङ्ग्रह’ प्रकाशित News Polar वामआन्दोलनलाई बलियो बनाउने चाहना छः भण्डारी News Polar अध्यक्ष र कर्मचारीमाथी भएको दुर्व्यवहारबारे प्रेस काउन्सिलको ध्यानाकर्षण News Polar वर्षाले पाल्पाका सडक क्षतिग्रस्त, पुलसमेत जोखिममा News Polar प्रधानमन्त्री बर्नहमद्वारा बेलायतका लागि ‘विशेष’ योजना ल्याउन लागेको दावी News Polar मुख्यमन्त्री पाण्डेद्वारा बाढी प्रभावित क्षेत्रको निरीक्षण News Polar छ दिनदेखि अवरुद्ध कालीगण्डकी करिडोर अझै सञ्चालन हुन सकेन News Polar हिमालय एअरलाइन्सको काठमाडौँ–सांघाई–काठमाडौँ सिधा उडान पुनः सञ्चालन News Polar लामो दूरीका सवारीसाधनमा दुई चालक अनिवार्य News Polar न्वागी पर्व मनाउँदै आठपहरिया News Polar किसान सूचीकरणमा उल्लेखनीय वृद्धि, करिब ३ लाख किसान थपिए

सेना र प्रहरीका प्रमुख बिदेश, निमित्तको पनि निमित्तका भरमा प्रहरी संगठन

सेना र प्रहरीका प्रमुख बिदेश, निमित्तको पनि निमित्तका भरमा प्रहरी संगठन
अ अ+ अ-

काठमाडौं: मुलुकको शान्ति सुरक्षा सम्वेदनशील रहेको अवस्थामा नेपाल प्रहरीको उच्च नेतृत्व विदेश भ्रमणमा रहेको छ ।

प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवर प्रहरी अतिरिक्त महानिरीक्षक टेक प्रसाद राईलाइ जिम्मेबारी दिएर असोज २२ गतेदेखि २६ गतेसम्मका लागि बेलायत भ्रमणमा जानु भएको छ ।

महानिरीक्षक बेलायत रहैकै अवस्थामा निमित्त प्रहरी महानिरीक्षकको जिम्मेवारी सम्हाल्नु भएका प्रहरी अतिरिक्त महानिरीक्षक टेक प्रसाद राई अर्को सम्मेलनका लागि भन्दै अमेरिका जानु भएको छ ।

अमेरिकाको सान डिएगो, क्यालिफोर्नियामा असोज २७ देखि ३० गतेसम्म संचालन हुने एक कार्यक्रममा सहभागी हुन उहाँ अमेरिका जानु भएको प्रहरीले जनाएको छ ।

उहाँको अनुपस्थितिमा प्रहरी अतिरिक्त महानिरीक्षक दिपक थापाले नेपाल प्रहरी प्रधान कार्यालयको दैनिक प्रशासनिक कामकाजको जिम्मेवारी सम्हाल्नु हुने प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

महानिरिक्षक थापासंग प्रहरी नायव महानिरीक्षक बिष्णु कुमार केसी, प्रहरी वरिष्ठ उपरीक्षकद्वय दान बहादुर कार्की र शेखर खनाल भ्रमणमा सहभागी हुनुहुन्छ । त्यसैगरी निमित्त प्रहरी महानिरीक्षक प्रहरी अतिरिक्त महानिरीक्षक टेक प्रसाद राईका साथै प्रहरी नायव महानिरीक्षकद्वय दुर्गा सिंह र केदार ढकाल सम्मिलित रहनुभएको छ ।

यतिबेला नेपाली सेनाका प्रधान सेनापति पनि बेलायत यात्रामा हुनुहुन्छ ।

प्रधानमन्त्री, उपप्रधानमन्त्री, मन्त्रीहरुका साथै नेपाल सरकारका उच्च तहका कर्मचारीहरु लगायत संसदका सभामुख, उपसभामुख, राष्ट्रिय सभाका अध्यक्ष समेतका व्यक्तिहरु महिनैपिच्छे विदेश यात्रामा रहेका छन् ।

सशस्त्र प्रहरीका महानिरीक्षक राजु अर्याल पनि मंगलबार अमेरिका भ्रमणमा जानु भएको छ । विश्वका प्रहरी प्रमुखहरुको सम्मेलनमा भाग लिन उहाँ अमेरिका जानु भएको हो ।

यस्ता भ्रमणलाई लिएर सार्वजनिक रुपमै आलोचना भइरहे पनि भ्रमणको संख्यामा कमी आएको पाइन्न ।

फोटो -प्रहरी प्रधान कार्यालय