२९ भाद्र २०८३, सोमबार
,
Latest
प्रसिद्ध गायक उदितनारायणको परिवारद्वारा विपद् कोषमा सहयोग देशमा नेकपा (एमाले)को योगदान, भूमिका र कमजोरी : एक समग्र समीक्षा ‘एआई’को प्रयोग गरी कर्मकाण्ड विधिको विकास गरे नेपाली सन्तले एआईबाट राष्ट्रिय सुरक्षामा जोखिम : चिनियाँ गुप्तचर सुरक्षामन्त्री रसुवाका १३ खानेपानी आयोजनामा २५ करोड बढीको क्षति बाढीपछिको पुनःस्थापनाका लागि स्रोतको कुनै कमी हुँदैनः प्रधानमन्त्री शाह बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

बंगलादेशले ठूलो स्कोरको दबाब थाम्न सकेन, विश्वकपमा इंग्ल्याण्डसँग १३७ रनले पराजित



अ+ अ-

एजेन्सी । एकदिवसीय विश्वकप २०२३ को खेलमा इंग्ल्याण्डले पहिलो जित निकालेको छ । डिफेन्डिङ च्याम्पियनले बंगलादेशलाई धर्मशालामा १३७ रनको ठूलो अन्तरले पराजित गरेको हो ।

विश्वकपमा बंगलादेशविरुद्धको टोलीको यो सबैभन्दा ठूलो जित हो । टस जितेर पहिले ब्याटिङ गरेको इंग्ल्याण्डले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर ३६४ रन बनाएको थियो । जवाफमा बंगलादेश ४८.२ ओभरमा २२७ रन बनाएर अलआउट भयो ।

इङ्ल्यान्डका लागि डेभिड मलानले १४० रन बनाए, उनलाई जो रुटले ८२ रनको इनिङ्ससहित साथ दिए ।

धर्मशालाको ग्रीन टप विकेटमा बंगलादेशले टस जितेर पहिले बलिङ रोजेको थियो । उनको यो निर्णय सहि थियो, इङ्ल्यान्डका ब्याट्सम्यानले पहिलो खेलबाट पाठ लिएर यसपटक सावधानी अपनाए । पिच र परिस्थिति अनुकूल भएपछि ओपनर जोनी बेयरस्टो र डेभिड मलानले तीव्र गतिमा रन बनाउन थाले ।

बेयरस्टोको अर्धशतकपछि जो रुटले पनि ८२ रनको इनिङ खेले । उनले मलानसँग १५१ रनको साझेदारी गर्दै टोलीको स्कोर ३ सयभन्दा माथि पुर्याएका थिए । मलान १४० रन बनाएर आउट भए भने रुट ८२ रन बनाएर आउट भए ।

४० ओभरमा ३ सय रन बनाएको इंग्ल्याण्डले ४ सय रन बनाउने देखिन्थ्यो । तर अन्तिम १० ओभरमा बंगलादेशी बलरले ६ विकेट लिए र इंग्ल्याण्डलाई ६४ रन मात्रै बनाउन दिए । बलिङतर्फ मेहदी हसन मिराजले ४ तथा शोरिफुल इस्लामले ३ विकेट लिए ।

बंगलादेशमाथिको ठूलो जितपछि इंग्ल्याण्ड अंक तालिकाको १०औंबाट छैटौंमा उक्लिएको छ । टोलीको २ अंक छ । बंगलादेशको २ खेलमा १ जित र १ हारका साथ २ अंक छ भने टोली पाँचौं स्थानमा छ ।