• १९ असार २०८१, बुधबार
  •      Wed Jul 3 2024
  •   Unicode
Logo
Latest
★   रोमानियालाई हराउँदै नेदरल्यान्ड्स युरो कपको क्वाटरफाइनलमा प्रवेश ★   अष्ट्रियालाई हराउँदै टर्की युरो कपको क्वाटरफाइनलमा ★   कसरी चिप्लियो प्रचण्डको ३२ अंकको जादु ? ★   नेदरल्यान्ड्स युरो कपको क्वाटरफाइनलमा ★   ‘इट्स माइ शो’ को विवादित दृश्य र संवाद हटाउन कान्तिपुर टीभीलाई प्रेस काउन्सिलको निर्देशन ★   सुरेश अधिकारी प्रतिनिधिसभा सचिव नियुक्त ★   पारा तथा विशेष खेलकुदको भारोत्तोलनमा ४ नयाँ राष्ट्रिय कीर्तिमान ★   कांग्रेस र एमालेबीचको सहमतिप्रति राप्रपा सकारात्मक ★   मार्गप्रशस्त गरी सरकार बनाउन सहयोग गर्न प्रधानमन्त्रीलाई एमालेको आग्रह ★   पूर्वगृहमन्त्री बादलका छोरा प्रतीकलाई थुनामा पठाउन अदालतको आदेश

कोशी सरकार गठनमा प्रधानमन्त्रीले मागे राप्रपाको साथ



फाईल फोटो

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र राप्रपा अध्यक्ष लिङदेनबीच भेटवार्ता भएको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा प्रधानमन्त्री र अध्यक्ष लिङदेनबिच भेटवार्ता भएको हो ।

भेटमा कोशी सरकार गठन र समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल भएको राप्रपा प्रवक्ता मोहन श्रेष्ठले बताए । ‘अध्यक्षज्यू र प्रधानमन्त्रीको भेटवार्ता भएको थियो । त्यहाँ प्रधानमन्त्रीले कोशी सरकार गठनको लागि सहयोग गर्न प्रस्ताव गर्नुभएको छ । हाम्रोतर्फबाट अध्यक्षज्यूले ठोस जवाफ दिनुभएको छैन’, उनले भने ।

उनले कोशीमा सरकार गठनबारे संवाद सुरु भएको र सहमतिमा पुगिनसकेको बताए । प्रधानमन्त्रीसँग पुन: भेट्ने सहमति भएको बताए ।

यस्तै, कोशी सरकार गठनमा कांग्रेसका सभापति शेरबहादुर देउवाले पनि अध्यक्ष लिङदेनसँग भेट्ने तयारी गरेका बताईएको छ । आज बिहान बसेको कांग्रेस पदाधिकारी बैठकले कोशीमा आफ्नै पार्टीको नेतृत्वमा सरकार गठन गर्ने निर्णय गरेको थियो ।

कोशीमा संविधानको धारा १६८ को उपधारा ५ अनुसार सरकारको दाबी गर्न प्रदेश प्रमुखले असोज २६ गते समय दिएका छन् । मध्यावधिमा जान नदिन सत्ता गठबन्धनले राप्रपालाई आग्रह गरिरहेका छन्।

कोशी प्रदेश सभा ९३ सदस्यीय छ। बहुमतका लागि ४७ जना प्रदेश सभा सदस्यको साथ चाहिन्छ। कोशीमा नेकपा एमालेका ४० जना सांसद छन् । नेपाली कांग्रेसका २९ जना, माओवादी केन्द्रका १३ जना, राष्ट्रिय प्रजातन्त्र पार्टीका ६ जना, नेकपा (एकीकृत समाजवादी) का चार जना, जनता समाजवादी पार्टीका एक जना सांसद छन् ।