३ पुष २०८२, बिहीबार
,
Latest
चीनबाट विगतमा झैँ सहयोग र समर्थन हुने विश्वास-अध्यक्ष दाहाल पशुपति क्षेत्रमा पश्चिमी बाहिरी ढोका खुला भीमदत्त नगरपालिकाले विपिनको शालिक बनाउने भेनेजुएलामा आक्रमण गर्ने ‘घातक गल्ती’ नगर्न रुसको चेतावनी जेनजी आन्दोलनमा सुन्धारा कारागारबाट भागेका दुई कैदी पक्राउ एमालेको ११औँ महाधिवेशनबाट २४ बुँदे प्रस्ताव पारित न्यायपरिषद् न्यायपालिकाको चरित्र निर्माण गर्ने निकाय होः प्रधानन्यायाधीश राउत नेपाली कम्युनिष्ट पार्टीले जनताको अधिकारलाई बलियो बनाउँछः नेता रावल ओली अध्यक्ष, रवि रिहा, पूर्वराजा भारततिर नीति, विचार र सिद्धान्तबिनाको पार्टी दिगो हुँदैनः उपसभापति वाग्ले
तपाईं के खोज्दै हुनुहुन्छ ?

पान मसालाको विज्ञापन खेलेपछि फेरि विवादित बने अक्षय कुमार



अ+ अ-

एजेन्सी । पान मसालाको विज्ञापन गरेपछि अक्षय कुमार फेरि विवादमा परेका छन् । अक्षय कुमारलाई आईसीसी विश्वकप क्रिकेटमा भारत र अष्ट्रेलियाबीचको खेलमा नयाँ विज्ञापनमा देखियो, जसमा उनी शाहरुख खान र अजय देवगनसँग देखिएका थिए ।

यो विज्ञापनपछि उनलाई धेरै ट्रोल गरिएको थियो किनभने गत वर्ष उनले पान मसालाको विज्ञापनका लागि माफी मागेका थिए र आफूले कहिल्यै तम्बाकुको प्रचार नगर्ने बताएका थिए ।

खेलको क्रममा देखाइएको पान मसालाको विज्ञापन सामाजिक सञ्जालमा भाइरल भयो । विज्ञापनमा अजय देवगन र शाहरुख खान अक्षयसँग पान मसालाको प्रमोशन गरिरहेका देखिन्छन् । यो विज्ञापनको भिडियो भाइरल भएसँगै अक्षयको सामाजिक सञ्जालमा चर्को आलोचना भइरहेको छ ।

भिडियोमा कमेन्ट गर्दै एक प्रयोगकर्ताले लेखेका छन्, ‘अक्षय कुमारले आफ्ना फ्यानहरू दुखी भएकाले आफूले पान मसालाको विज्ञापन कहिल्यै नखेल्ने बताएका थिए । त्यसोभए यो फेरि किन ?’ जबकि अर्काले लेखे, ‘उनी प्यान इन्डिया स्टार होइनन्, उनी पान इन्डिया स्टार हुन् ।’