३ पुष २०८२, बिहीबार
,
Latest
चीनबाट विगतमा झैँ सहयोग र समर्थन हुने विश्वास-अध्यक्ष दाहाल पशुपति क्षेत्रमा पश्चिमी बाहिरी ढोका खुला भीमदत्त नगरपालिकाले विपिनको शालिक बनाउने भेनेजुएलामा आक्रमण गर्ने ‘घातक गल्ती’ नगर्न रुसको चेतावनी जेनजी आन्दोलनमा सुन्धारा कारागारबाट भागेका दुई कैदी पक्राउ एमालेको ११औँ महाधिवेशनबाट २४ बुँदे प्रस्ताव पारित न्यायपरिषद् न्यायपालिकाको चरित्र निर्माण गर्ने निकाय होः प्रधानन्यायाधीश राउत नेपाली कम्युनिष्ट पार्टीले जनताको अधिकारलाई बलियो बनाउँछः नेता रावल ओली अध्यक्ष, रवि रिहा, पूर्वराजा भारततिर नीति, विचार र सिद्धान्तबिनाको पार्टी दिगो हुँदैनः उपसभापति वाग्ले
तपाईं के खोज्दै हुनुहुन्छ ?

धर्मशालामा मलानले राखे यस्तो रेकर्ड



अ+ अ-

एजेन्सी । धर्मशालास्थित हिमाचल प्रदेश क्रिकेट संघ (एचपीसीए)स्टेडियममा इङ्ल्यान्डका ओपनिङ ब्याट्सम्यान डेभिड मलानले बंगलादेशको बलिङ आक्रमणलाई ध्वस्त पारे । मलानले आईसीसी विश्वकप २०२३ को आठौं खेलमा ब्याटले ठूलो सनसनी पैदा गरेका थिए ।

आँधीबेहरी शैलीमा ब्याटिङ गर्दै इंग्ल्याण्डका ब्याट्सम्यानले १०७ बलमा १४० रनको विस्फोटक इनिङ खेले । यो शानदार इनिङबाट मलानले विश्वकपका धेरै ठूला कीर्तिमान पनि तोडेका छन् ।

डेभिड मलान र जोनी बेयरस्टोले बंगलादेशविरुद्ध इंग्ल्याण्डलाई धमाकेदार सुरुवात गरेका थिए । दुवैले पहिलो विकेटका लागि ११५ रनको साझेदारी गरेका थिए । बेयरस्टो पेभिलियन फर्किएपछि मलानले जो रुटसँग शतकीय साझेदारी गर्दै इंग्ल्याण्डको ठूलो स्कोरको जग बसाएका थिए ।

मलान विश्वकपमा इंग्ल्याण्डका लागि शतक प्रहार गर्ने सबैभन्दा पाका ब्याट्सम्यान पनि बनेका छन् । मलानले ३६ वर्षको उमेरमा यो उपलब्धि हासिल गरेका हुन् ।

एकदिवसीय क्रिकेटमा डेभिड मलानले बनाएको यो छैटौं शतक हो । मलानले एकदिवसीय क्रिकेटमा ६ शतक प्रहार गर्न कम्तीमा २३ इनिङ्स खेलेका छन् । यस मामिलामा उनले इमाम उल हक, बाबर आजम र शुभमन गिलजस्ता ब्याट्सम्यानलाई पछाडि छोडेका छन् ।

इमाम उल हकले २७ इनिङ्स खेलेर यो उपलब्धि हासिल गरेका थिए भने बाबरले एकदिवसीयमा ६ शतक प्रहार गर्न ३२ इनिङ्स लिएका थिए ।