५ आश्विन २०८१, शनिबार
,
Latest
सय भन्दा बढी युक्रेनी ड्रोन खसालेको रूसको दाबी पोखरामा डेङ्गी सङ्क्रमण, एक महिनामा छ गुणाले वृद्धि अमेरिकी राष्ट्रपति बाइडेन र अष्ट्रेलियाका प्रधानमन्त्री अल्बनिजबीच भेटवार्ता कुचोसँग चामल साटेर दैनिकी चलाउँदै ‘सम्झना’ भारतको मणिपुरमा म्यानमाबाट नौ सय सन्दिग्ध व्यक्तिहरु प्रवेश गरेको सुचना, सीमाक्षेत्रमा उच्च सतर्कता सरकारले हरित जलवायु कोषजस्ता संयन्त्रहरूमार्फत जलवायु वित्तमा पहुँच बिस्तार गर्छः अर्थमन्त्री पौडेल सदन अवरोध गर्न छोड्दैनौँः अध्यक्ष दाहाल ढाका, ब्याङकक, जेनेभा र ब्रासिलियामा मनाइयो संविधान दिवस मुक्तिनाथमा दर्शनार्थीको घुइँचो तिलिचो ताल पुग्न नयाँ पदमार्ग
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

इजरायलमा रहेका नेपालीहरुको तत्काल उद्धार गरी नेपाल ल्याउन सरकारलाई काँग्रेसको आग्रह



file photo
अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसले इजरायलमा रहेका नेपालीहरुलाई तत्काल उद्धार गरी सुरक्षित रुपमा स्वदेश फिर्ता गर्न सरकारलाई आग्रह गरेको छ ।

मंगलवार नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा बसेको काँग्रेस संसदीय दलको बैठकले इजरायलमा रहेका नेपालीहरुलाई सुरक्षित रुपमा स्वदेश फर्काउन सरकारलाई आग्रह गरेको हो ।

बैठकपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै प्रमुख सचेतक रमेश लेखकले नेपाल आउन चाहाने नागरिकहरुलाई तत्काल उद्धार गरेर सुरक्षित स्वदेश फिर्ताको लागि आवश्यक व्यवस्था मिलाउन सरकारलाई आग्रह गरिएको बताउनु भयो । त्यस्तै गरी युद्धमा परि बेपत्ता भएका नेपाली नागरिकहरुलाई खोजि गरेर उहाँको स्थितिलाई सार्वजनिक गर्न पनि आग्रह गरिएको छ । बैठकले इजरायलमा जोखिममा परेका मानिसहरुलाई उद्दार गरेर सुरक्षित स्थानमा राख्न, खान, बस्नको उचित व्यवस्था गर्न र हत्या भएका विद्यार्थीहरुको पार्थिव शरीरलाई तत्काल नेपाल ल्याएर परिवारजनलाई बुझाउन पनि सरकारको ध्यानाकर्षण गराएको छ ।

प्रमुख सचेतक लेखकले भन्नुभयो – ‘आजको बैठकबाट दश जना हत्या भएका नेपाली विद्यार्थीहरुमा श्रद्धाञ्जली व्यक्त गर्दै शोक प्रश्ताव पारित गरेका छौँ । उहाँहरुको परिवारलाई समवेदना व्यक्त गरेका छौँ । सरकारको केही विषयमा ध्यानाकर्षण गराएका छौँ, जोखिममा परेका मानिसहरुलाई उद्दार गरेर सुरक्षित स्थानमा राख्ने, उनीहरुका लागि खान, बस्न उचित व्यवस्था गर्ने, हत्या भएका १० जना होनाहार नेपाली विद्यार्थीको पार्थिव शरीरलाई तत्काल नेपाल ल्याउने र परिवारजनलाई बुझाउने ।

यसका साथसाथै जो मानिसहरु बेपत्ता भएको अथवा सम्पर्कमा नरहेको अवस्था छ, तत्काल उहाँहरुको खोजि गरेर उहाँको स्थितिलाई सार्वजनिक गर्ने र नेपाल आउन चाहने नागरिकहरुलाई तत्काल उद्धार गरेर सुरक्षित स्वदेश फिर्ताको आवश्यक व्यवस्था मिलाउनका लागि आजको बैठकले सरकारलाई ध्यानाकर्षण गराएको छ । अनुरोध गरेको छ । हत्या भएका नेपाली नागरिकहरुको दिवंगत आत्माको चिर शान्तिको कामना गर्दै हार्दिक श्रद्धाञ्जली व्यक्त गरेका छौँ । शोक प्रश्ताव पारित गरेका छौँ ।’

बैठकले हत्या भएका नागरिकहरुलाई श्रद्धाञ्जली र परिवारजनमा समवेदना व्यक्त गरेको छ ।