३ पुष २०८२, बिहीबार
,
Latest
चीनबाट विगतमा झैँ सहयोग र समर्थन हुने विश्वास-अध्यक्ष दाहाल पशुपति क्षेत्रमा पश्चिमी बाहिरी ढोका खुला भीमदत्त नगरपालिकाले विपिनको शालिक बनाउने भेनेजुएलामा आक्रमण गर्ने ‘घातक गल्ती’ नगर्न रुसको चेतावनी जेनजी आन्दोलनमा सुन्धारा कारागारबाट भागेका दुई कैदी पक्राउ एमालेको ११औँ महाधिवेशनबाट २४ बुँदे प्रस्ताव पारित न्यायपरिषद् न्यायपालिकाको चरित्र निर्माण गर्ने निकाय होः प्रधानन्यायाधीश राउत नेपाली कम्युनिष्ट पार्टीले जनताको अधिकारलाई बलियो बनाउँछः नेता रावल ओली अध्यक्ष, रवि रिहा, पूर्वराजा भारततिर नीति, विचार र सिद्धान्तबिनाको पार्टी दिगो हुँदैनः उपसभापति वाग्ले
तपाईं के खोज्दै हुनुहुन्छ ?

भारत–पाकिस्तानको खेलका लागि ११ हजारभन्दा बढी सुरक्षाकर्मी तैनाथ गरिने



अ+ अ-

एजेन्सी । अक्टोबर १४ मा भारत र पाकिस्तानबीच एकदिवसीय विश्वकप क्रिकेटको ‘हाई भोल्टेज’ खेल हुँदैछ । यो खेल अहमदाबादको नरेन्द्र मोदी स्टेडियममा हुनेछ । खेललाई लिएर आइरहेको धम्कीलाई मध्यनजर गर्दै गुजरात प्रहरीले ठोस व्यवस्था गरेको छ ।

सुरक्षा व्यवस्थाका लागि ७ हजार प्रहरी र ४ हजार होमगार्ड खटिने प्रहरी आयुक्त जीएस मलिकले जानकारी दिए । साथै एनएसजीको बम स्क्वाड र एन्टी ड्रोन टोली पनि सुरक्षा व्यवस्थामा संलग्न हुनेछन् ।

खेलको टिकट बिक्री भइसकेको छ । खेल अवधिभर रंगशालाको सुरक्षामा ध्यानाकर्षण भएसँगै प्रशासनले सहरका अन्य संवेदनशील क्षेत्रमा पनि प्रहरी परिचालन गरेको छ । रंगशाला वरपरका होटलमा पनि चेकिङ गरिने छ ।