१० श्रावण २०८३, आईतवार
,
Latest
सीमा अपराध नियन्त्रण र राजस्व चुहावट नियन्त्रणमा नतिजामुखी काम गर्न निर्देशन सीमा अपराध नियन्त्रण र राजस्व चुहावट नियन्त्रणमा नतिजामुखी काम गर्न निर्देशन ग्रीसमा हुने अन्तर्राष्ट्रिय फोटो महोत्सवका लागि फोटो पत्रकार सुशील श्रेष्ठका तीन तस्बिर थानाभर्‍याङ क्षेत्रमा पुरुष मृत अवस्थामा फेला जलसम्पदालाई राष्ट्रिय समृद्धिको आधार बनाउनुपर्छः अध्यक्ष यादव मोबाइल नदिएको निहुँमा साथीको हत्या झापामा गत आवमा ३९३ लागुऔषधका मुद्दा दर्ता कञ्चनपुरमा भारत सरकारको सहयोगमा विद्यालय भवन रोल्पामा पहिरोमा पुरिएर बेपत्ता भएका दुई जनाको शव भेटियो खोलामा पौडी खेल्ने क्रममा डुबेर एक बालकको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

भ्रम फैलाउने टिकटक/भिडियो बनाइएकोमा सांसद पन्तको आपत्ति



अ+ अ-

काठमाडौं । नेकपा (एमाले)का प्रतिनिधि सभा सदस्य सदस्य रघुजी पन्तले इजरायलमा प्यालेस्टिनी हमास विद्रोहको आक्रमणमा परी नेपाली विद्यार्थीको दुःखद मृत्यु हुनु अघि आफूले बोलेका कुराहरूलाई केही व्यक्तिद्वारा भ्रम फैलाउने उद्देश्यका साथ गलत अर्थ लाग्ने गरी काटछाँट गरी टिकटक र भिडियो बनाई युट्युवमा राखिएको प्रति गम्भीर आपत्ति प्रकट गर्नुभएको छ ।

पार्टीका स्थायी कमिटी सदस्य पन्तले आज एक वक्तव्य प्रकाशित गरी बेग्लै प्रश्नको उत्तर दिँदा बोलेका कुराहरूलाई काटछाँट गरी गलत अर्थ लाग्ने गरी भिडियो बनाएर प्रचार गर्नु आपत्तिजनक कार्य भएकाले त्यस्ता भिडियोहरू तत्काल हटाउन माग गर्नुभएको छ ।

सांसद पन्तले विज्ञप्तिमा भन्नुभएको छ– एक नेपालीले अर्को नेपालीको दुःखमा सहभागिता जनाएर पीडामा मलम लगाउनुपर्नेमा यस्तो संवेदनशील घडिमा व्यक्तिका भनाइहरूलाई बङ्याएर प्रस्तुत गरी भ्यू बढाउन खोज्ने अमानवीय कार्य कसैले पनि गर्न हुँदैन ।

उहाँले यस्ता गलत काम रोकिनुपर्ने र त्यसका लागि सरकारले आवश्यक कदम चालोस् भनी ध्यानाकर्षण गर्नुभएको छ ।

नेता पन्तले इजरायलमा आक्रमणमा परी मृत्यु हुने सबैप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारमा गहिरो समवेदना प्रकट गर्नुभएको छ । साथै, आफ्ना भनाइ काटछाँट गरी गलत अर्थ लाग्ने गरी बनाइएका टिकटक र भिडियोहरूका कारण सम्बन्धित व्यक्तिहरूको भावनामा चोट पर्न गएको भए दुःख व्यक्त गर्नुभएको छ ।

सांसद पन्तले आफ्नो आशय गलत व्यक्तिहरूले बनाएका टिकटक र भिडियोहरूमा आए जस्तो नभएको पनि स्पष्ट गर्नुभएको छ ।

उहाँले सरकारलाई इजरायलमा आपत्मा परेका नेपालीको तत्काल उद्धार गर्न र मारिएका नेपालीका परिवारलाई इजरायल सरकारका तर्फबाट क्षतिपूर्ति पाउने व्यवस्थाका लागि कूटनीतिक पहल गर्न माग गर्नुभएको छ ।