५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

इजरायल भ्रमण नगर्न सरकारको आग्रह



अ+ अ-

काठमाडौं । सरकारले हाललाई इजरायलमा कुनै पनि प्रकारको भ्रमण नगर्न सुझाव दिएको छ । सोमबारको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा बोल्दै परराष्ट्रमन्त्री एनपी साउदले इजरायलको अवस्था अझै सामान्य नभएकाले भ्रमण नगर्न आग्रह गरेका हुन् ।

साउदले कुनै पनि संस्थागत, राजनीतिक वा व्यक्तिगत भ्रमण नगर्न सुझाव दिएका छन् । साथै उनले अहिलेको अवस्थालाई राजनीतिकरण नगर्न पनि आग्रह गरेका छन् ।

मन्त्री साउदले इजरायलमा रहेका नेपालीहरुको अवस्थाबारेमा समितिलाई जानकारी समेत गराए । उनका अनुसार इजरायलमा चार हजार ५०० जना नेपाली केयर गिभरको रुपमा कार्यरत छन् । यसैगरी २६५ जना विद्यार्थी रहेको र तीमध्ये १० जनाको मृत्यु भएको जानकारी गराए । मन्त्री साउदले बंकरमा आश्रय लिइरहेका ५५ जना विद्यार्थीलाई इजरायल सरकारको सहयोगमा सोमबार सुरक्षित स्थानमा स्थानान्तरण गरिएको बताए ।

मन्त्री साउदले नेपाल आउन इच्छुक अन्य नेपालीहरुलाई सुरक्षित रुपमा नेपाल ल्याउने तयारी भइरहेको र इच्छुकका लागि अनलाइन रजिष्ट्रेसनको व्यवस्था समेत गरिएको जानकारी गराए ।