• १८ असार २०८१, मंगलवार
  •      Tue Jul 2 2024
  •   Unicode
Logo
Latest
★   देशका महत्वपूर्ण मुद्दा सम्बोधन गर्न राष्ट्रिय सहमतिको नयाँ सरकार गठन हुन्छ: काँग्रेस ★   एमाले अध्यक्ष ओली बालुवाटारमा ★   एमाले सचिवालय बैठक बस्दै ★   नयाँ राजनीतिक घटनाक्रममा बालेनको कटाक्ष: काले काले मिलेर खाऊ भाले ★   नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दै ★   रोल्पाको तालाबाङमा जिप दुर्घटना: सात जनाको मृत्यु ★   नेपालको शिक्षा प्रणाली, एसईई परिणाम र तितो यथार्थ : एक आलोचनात्मक विश्लेषण ★   देउवाले आफ्नै निवासमा बोलाए पदाधिकारी बैठक ★   कांग्रेस र एमालेबीच भएको ७ बुँदे सहमतिमा के छ ? ★   कांग्रेस–एमाले सत्ता समीकरणमा सहमति, ओली चौथो पटक प्रधानमन्त्री बन्ने

म्यानमार: विस्थापितहरूको शिविरमा भएको सैन्य आक्रमणमा २९ को मृत्यु



द्वन्द्वग्रस्त मुलुक म्यान्मार (फाइल फोटो)

बैङ्कक । उत्तरी म्यानमार (म्यान्मा) मा विस्थापितहरूको एक शिविरमा भएको सैन्य आक्रमणमा २९ जनाको मृत्यु र दर्जनौँ घाइते भएको उक्त क्षेत्र नियन्त्रणमा लिएको जातीय विद्रोही समूहका एक प्रवक्ताले मङ्गलबार बताएका छन् ।

म्यान्माको जुन्ता सरकारमाथि उसले सन् २०२१ मा गरेको कूविरुद्ध भएका प्रतिरोधलाई दबाउन नागरिक लक्ष्यित रक्तपातपूर्ण आक्रमणहरू गरेको आरोप लगाइएको छ । पछिल्लो आक्रमण स्थानीय समयअनुसार सोमबार राति साढे ११ बजे भएको कचिन इन्डिपेन्डेन्स आर्मी (केआईए) का कर्णेल नाव बुले बताउनुभयो ।

“बालबालिकासहित २९ शव फेला परेको छ, ५६ जना घाइते भएका छन्”, शिविरमा कस्तो प्रकारको हमला भएको थियो भन्नेबारे अनुसन्धान गरिरहेको जानकारी दिँदै उहाँले भन्नुभयो, “हामीले कुनै विमानको आवाज सुनेनौँ ।”

सेनाले चीनको सीमामा रहेको लाइजा सहर नजिकै रहेको शिविरमा ड्रोन हमला गरेको हो कि भन्नेबारे पत्ता लगाउन खोजिरहेको पनि उहाँले बताउनुभयो ।

स्थानीय सञ्चारमाध्यमहरूले हमलापछि काठका भग्नावशेषहरूबाट शव निकाल्न उद्धारकर्मीहरूले टर्चलाइटको प्रयोग गरेको तस्बिर देखाएका छन् । तस्बिरमा जमिनमा तौलिया र त्रिपाल राखेर कम्तीमा १० जनाको शव देखाइएको थियो । कर्णेल नाव बुले लियाजा नजिकैको अस्पतालमा ४२ जनाको उपचार भइरहेको जानकारी दिनुभयो ।

सेनाले सन् २०२१ मा आङ सान सु कीलाई सत्ताबाट हटाएयता कचिन राज्यमा १० हजारभन्दा बढी मानिस विस्थाति भएका छन् । सन् २०२१ मा भएको सैन्य विद्रोहको व्यापक विरोध भएको र यसमा असहमति असहमति सेनाले राख्नेमाथि रक्तपातपूर्ण कारवाही गरेका छ । राजनीतिक बन्दीहरूका लागि सहयोगी संस्था (एएपीपी) का अनुसार सैन्य कारवाहीमा दसौँ हजार गिरफ्तार भएका छन् भने चार हजार एक सय मारिएका छन् ।