१३ भाद्र २०८३, शनिबार
,
Latest
भोटेकोशी बाढीः सम्पर्कविहीन आफन्त, नरोकिएका आँसु र दर्दनाक पर्खाइमा परिवार त्रिशूली ‘थ्रि–ए’ सुरुङमा फसेकाको उद्धारका लागि ‘ड्रिलिङ’ सुरु काँग्रेसको प्रधानमन्त्रीलाई सुझावः इच्छुक मित्र राष्ट्रहरूलाई पनि अविलम्व उद्धार तथा राहत कार्यमा सहभागी गराउनुस् आफन्तहरू खोजिरहेका आँखा-फोटो फिचर गाईजात्रामा दिवङ्गत आफन्तको सम्झना, झाँकीसहित नगर परिक्रमा-फोटो फिचर बाढीले बगाएर ल्याएको सेफ फोड्ने २९ जना नियन्त्रणमा नेपालमा भएको हिमनदी पहिरो पर्यटकको क्यामरामा कैद, सोही कारण केरुङमा बाढी आएको पुष्टि त्रिशूली बाढीको कहर : नुवाकोटमा ५१ को मृत्यु, ४०५ बेपत्ता बाढीले बगाएर ल्याएको सेफ फोड्ने २९ जना नियन्त्रणमा काठमाडौँ-मुग्लिन सडक सञ्चालन, अलपत्र सवारी गन्तव्यतर्फ पठाइँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

लुम्बिनीका अर्थमन्त्री चढेको गाडी दुर्घटना



अ+ अ-

काठमाडौँ । लुम्बिनी प्रदेशका अर्थमन्त्री धनबहादुर मास्की चढेको गाडी दुर्घटनामा परेको छ ।

गाडी दुर्घटनामा कुनै प्रकारको मानवीय क्षति भने भएको छैन । राप्ती राजमागअन्तर्गत तुलसीपुर उपमहानगरपालिका–१२ सितलपुरमा सडकमा एक्कासी आएका बालकलाई बचाउन खोज्दा मन्त्री सवार लु १ झ ७३८ नम्वरको गाडी दुर्घटनामा परेको हो ।

गाडी दुर्घटनामा परेपनि कसैलाई चोट नलागेको प्रहरीले जनाएको छ । गाडीमा अर्थमन्त्री मास्की, स्वकीय सचिव शम्भु पौडेल, पिएसो मनबहादुर थिडी, चालक मनबहादुर बंशी मगरलगायत सवार थिए ।