• १८ असार २०८१, मंगलवार
  •      Tue Jul 2 2024
  •   Unicode
Logo
Latest
★   ‘इट्स माइ शो’ को विवादित दृश्य र संवाद हटाउन कान्तिपुर टीभीलाई प्रेस काउन्सिलको निर्देशन ★   सुरेश अधिकारी प्रतिनिधिसभा सचिव नियुक्त ★   पारा तथा विशेष खेलकुदको भारोत्तोलनमा ४ नयाँ राष्ट्रिय कीर्तिमान ★   कांग्रेस र एमालेबीचको सहमतिप्रति राप्रपा सकारात्मक ★   मार्गप्रशस्त गरी सरकार बनाउन सहयोग गर्न प्रधानमन्त्रीलाई एमालेको आग्रह ★   पूर्वगृहमन्त्री बादलका छोरा प्रतीकलाई थुनामा पठाउन अदालतको आदेश ★   राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण ★   गिरिजाबाबुकै कारण गणतन्त्र स्थापना भएको होः सभापति देउवा ★   कृषि समितिमा सरकारले विधेयक दिन सकेन: सभापति राणा ★   गृहमन्त्री लामिछानेविरुद्धको मुद्दा फेरि हेर्दाहेर्दैमा

मन्त्री शर्माको प्रस्टोक्तिः भोलि सार्वजनिक बिदा छैन



file

काठमाडौं । सरकारले इजरायलमा १० जना नेपालीहरुले ज्यान गुमाएको शोकमा भोलि राष्ट्रिय शोक घोषणा गरेको छ । यद्यपि, सार्वजनिक बिदा भने दिइएको छैन ।

यसअघि विभिन्न सञ्चारमाध्यममा भोलि सार्वजनिक बिदा दिइएको समाचार प्रकाशित गरिएको थियो । तर, मन्त्रीपरिषदले सार्वजनिक बिदा दिने निर्णय नगरेको सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले जानकारी दिइन् ।

बैठकमा राष्ट्रिय शोक सँगसँगै सार्वजनिक बिदा दिने विषयमा छलफल भएपनि त्यसबारे निर्णय भने नगरिएको हो ।

मन्त्रिपरिषद बैठकले इजरायलमा ज्यान गुमाउने परिवारलाई १०–१० लाख रुपैयाँ राहत दिने निर्णय गरेको छ ।