६ आश्विन २०८३, मंगलवार Tuesday, September 22, 2026
६ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar अमेरिकी प्रतिबन्धबीच उडान रोक्ने निर्देशन नआएको ‘इरान एयर’को दाबी News Polar चीनले नेपाललाई एआईयुक्त मौसम पूर्व–सूचना प्रणाली हस्तान्तरण गर्‍यो News Polar महासभाको उच्चस्तरीय राजनीतिक बहस प्रारम्भ, नेपालबाट परराष्ट्रमन्त्री सहभागी News Polar भोटेकोशी बाढी पीडितका लागि भूतपूर्व सैनिकद्वारा २४ लाख बढी सहयोग News Polar लोक कल्याणकारी विज्ञापनको बिल–बीजक बुझाउने समय थप News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar नेपाल–युगाण्डाबीच असंलग्न आन्दोलनको मन्त्रीस्तरीय बैठकबारे छलफल News Polar पर्यटन बोर्डको सीईओका लागि पूर्वमन्त्री श्रेष्ठसहित ४२ जनाको आवेदन News Polar इजरायली नागरिक अपहरण भए गाजा सहरका बासिन्दालाई धपाउने इजरायली रक्षामन्त्रीको चेतावनी News Polar इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन News Polar प्रधानमन्त्री शाहलाई कार्यकक्षबाट कार्यवाहक प्रधानमन्त्री वाग्लेद्वारा बिदाइ News Polar गगन सभापति, देउवा सम्मानित नेता बन्नुपर्छ : उपसभापति भुसाल News Polar जेन–जी आन्दोलनका सहिद परिवार र घाइतेलाई स्नातक तहसम्म निःशुल्क शिक्षा दिइने News Polar २०औँ एसियाली खेलकुदः महिला कबड्डीमा नेपाल विजयी News Polar राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान News Polar असोज ९ देखि ११ सम्म भारी वर्षा पूर्वानुमान ,विपद्को पूर्वतयारीमा जुट्न मन्त्रीद्वयको निर्देशन News Polar ‘नेतृत्व परिवर्तनको भाष्य निरर्थक’– महर News Polar एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा News Polar नेकपा संयोजन समितिको बैठकः दुई महिने राष्ट्रिय अभियान घोषणा, पार्टी एकताका लागि वार्ता टोली गठन News Polar रासायनिक मल आपूर्ति गर्न अर्थ मन्त्रालयबाट १० अर्बको स्रोत सहमति

चीनको सिशापाङ हिमपहिरोमा आरोही तेञ्जेन शेर्पा बेपत्ता

चीनको सिशापाङ हिमपहिरोमा आरोही तेञ्जेन शेर्पा बेपत्ता
अ+ अ-

काठमाडौँ । चीनको सिशापाङ हिमाल (८,०२७ मि) आरोहणका क्रममा गएको हिमपहिरोमा विश्व कीर्तिमानी आरोही तथा पथप्रदर्शक तेञ्जेन शेर्पा (लामा)बेपत्ता हुनुभएको छ ।

विश्वका १४ अग्ला हिमालमध्ये चीनको तिब्बतमा रहेको १४औँ अग्लो सिशापाङ हिमालमा गत शनिबार गएको हिमपहिरोमा उहाँसँगै अमेरिकी नागरिक गिना मारी रुजकिल्डो पनि बेपत्ता भएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले आज एक विज्ञप्ती जारी गर्दै यही असोज २० गते गएको हिमपहिरोमा परी दुवैको अवस्था हालसम्म अज्ञात रहेको जनाएको छ । “उक्त हिमपहिरोमा परी कर्मा ग्याल्जेन शेर्पा, मित्रबहादुर तामा र कामिरीता शेर्पा गम्भीररुपमा घाइते भएका जानकारी प्राप्त भएको छ”, मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

हराइरहेकाको खोज तथा उद्धारका लागि मन्त्रालयले आवश्यक पहल गरिरहेको र केहीलाई उद्धार गरी उपचार भइरहेको मन्त्रालयले जानकारी दिएको छ । अन्तर्राष्ट्रियस्तरमा ख्याति प्राप्त एवं विश्व रेकर्ड राख्न सफल आरोही र शेर्पाको मृत्यु भएको तथा अज्ञात अवस्थाको खबरले मन्त्रालय र सिङ्गो पर्वतारोहण क्षेत्र स्तब्ध भएको ज्ञिप्तीमा उल्लेख गरिएको छ ।

नेपाल पर्वतारोहण सङ्घ र नेपाली पर्वतारोहण सञ्चालक कम्पनीका अनुसार असोज २० गते बिहान करिब ११ बजे आरोही गाइड मिमार शेर्पा र अमेरिकी नागरिक अन्ना गुटुको हिमपहिरोका कारण बेपत्ता भएकामा सोही दिन दुवै जनाको मृत शरीर भेटिएको मन्त्रालयले जनाएको छ । रासस