२० मंसिर २०८२, शनिबार
,
Latest
दोहा फोरम: वैश्विक चुनौतीको सामना गर्न संवादको मञ्च टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै विपद्मा दमकल र एम्बुलेन्ससँगै परिचालन हुने व्यवस्था गरेका छौंः चिरिबाबु महर्जन सुदूरपश्चिममाथि सानदार जितका साथ विराटनगरले पहिलो क्वालिफायर खेल्ने नेपालको साना तथा मझौला व्यवसायमा चिनियाँ चासोः दुईपक्षीय व्यापार प्रवर्द्धनमा सहकार्य गर्न इच्छुक निर्माण व्यवसायी महासंघद्वारा एफक्यान रोड रेस आयोजना, धावकहरूको उत्साहजनक सहभागिता सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ
तपाईं के खोज्दै हुनुहुन्छ ?

शुभमन गिल भारतीय टोलीसँग दिल्ली नजाने, अझै कति खेल गुमाउलान् ?



अ+ अ-

एजेन्सी । आईसीसी विश्वकप २०२३ मा अष्ट्रेलियाविरुद्धको पहिलो खेल गुमाएका भारतीय ब्याट्सम्यान शुभमन गिलको स्वास्थ्यमा ठूलो अपडेट आएको छ । भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई)ले गिल भारतीय टोलीसँग दिल्ली नजाने र चेन्नईमा मात्रै रहने बताएको छ ।

बोर्डले बुधबार अफगानिस्तानविरुद्धको खेलमा युवा ओपनिङ ब्याट्सम्यान उपलब्ध नहुने पनि जनाएको छ ।

बीसीसीआईले सामाजिक सञ्जाल एक्समा शुभमन गिलको स्वास्थ्यसँग सम्बन्धित अपडेट सेयर गरेको छ । बोर्डले गिल हालसम्म निको नभएको र उनी चेन्नईमा मात्रै बस्ने बताएको छ । गिल चेन्नईमा मेडिकल टोलीको निगरानीमा रहनेछन् ।

यससँगै भारतीय ब्याट्सम्यानले अक्टोबर ११ मा अफगानिस्तानविरुद्धको खेल पनि गुमाउने छन् । बोर्डका अनुसार गिल अक्टोबर ९ मा टीम इण्डियासँग चेन्नईबाट दिल्ली जाने छैनन् ।

आईसीसी विश्वकप २०२३ मा अष्ट्रेलियाविरुद्धको खेलअघि शुभमन गिललाई डेंगुले सताएको थियो । गिलको डेंगु परीक्षणको रिपोर्ट पोजेटिभ आएपछि उनले प्रतियोगिताको पहिलो खेल गुमाउनु परेको थियो । शुभमन गिल लगातार दोस्रो खेलबाट बाहिर हुनु पक्कै पनि भारतीय टोलीका लागि नराम्रो खबर हो । गिल अक्टोबर १४ मा पाकिस्तानविरुद्ध मैदान उत्रने कि उत्रँदैनन्, त्यो पनि रोचक हुनेछ ।

गिलले सन् २०२३ मा एकदिवसीय क्रिकेटमा राम्रो प्रदर्शन गरेका छन् । उनले मात्र २० ओडीआईमा १२३० रन बनाएका छन्, जसले गर्दा उनी यस वर्ष यो ढाँचामा सर्वाधिक रन बनाउने खेलाडी बनेका छन् । शुभमन गिलले यो वर्ष पाँच शतक र पाँचै अर्धशतक बनाएका छन् ।

शुभमन गिलको स्थानमा इशान किशनलाई अष्ट्रेलियाविरुद्धको प्लेइङ इलेभेनमा मौका दिइएको थियो । तर, इशान विश्वकपको डेब्यु खेलमा नराम्ररी फ्लप भए । अष्ट्रेलियन बलर मिचेल स्टार्कको आउटगोइंग बलमा इशान गोल्डेन डकमा पेभिलियन फर्किएका थिए ।