• १३ असार २०८१, बिहीबार
  •      Thu Jun 27 2024
  •   Unicode
Logo

व्यवसायी दुर्गा प्रसाईँलाई कालोमोसो



काठमाडौं । व्यवसायी दुर्गा प्रसाईँलाई केही युवाहरुले कालो मोसो दलेका छन् ।

कान्तीपथस्थित होटल एलो प्यागोडामा पत्रकार सम्मेलनको क्रममा उनीमाथि अज्ञात व्यक्तिहरुले कालोमोसो दलेका हुन् ।

प्रसाईंले पूर्वराजा ज्ञानेन्द्र शाहलाई झापामा ल्याएर ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कार र नागरिक बचाउ महाअभियान’ घोषणा गरेका थिए । उनी केही समययता बैंक, लघुवित्त र सहकारीको चर्को व्याज नियन्त्रण, ऋण मिनाहालगायतको माग राखेर अभियानमा लागि परेका छन् ।

प्रसाईंलाई कालोमोसो दल्ने समूहको खोजी भइरहेको प्रहरीले बताएको छ ।