६ आश्विन २०८३, मंगलवार Tuesday, September 22, 2026
६ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar अमेरिकी प्रतिबन्धबीच उडान रोक्ने निर्देशन नआएको ‘इरान एयर’को दाबी News Polar चीनले नेपाललाई एआईयुक्त मौसम पूर्व–सूचना प्रणाली हस्तान्तरण गर्‍यो News Polar महासभाको उच्चस्तरीय राजनीतिक बहस प्रारम्भ, नेपालबाट परराष्ट्रमन्त्री सहभागी News Polar भोटेकोशी बाढी पीडितका लागि भूतपूर्व सैनिकद्वारा २४ लाख बढी सहयोग News Polar लोक कल्याणकारी विज्ञापनको बिल–बीजक बुझाउने समय थप News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar नेपाल–युगाण्डाबीच असंलग्न आन्दोलनको मन्त्रीस्तरीय बैठकबारे छलफल News Polar पर्यटन बोर्डको सीईओका लागि पूर्वमन्त्री श्रेष्ठसहित ४२ जनाको आवेदन News Polar इजरायली नागरिक अपहरण भए गाजा सहरका बासिन्दालाई धपाउने इजरायली रक्षामन्त्रीको चेतावनी News Polar इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन News Polar प्रधानमन्त्री शाहलाई कार्यकक्षबाट कार्यवाहक प्रधानमन्त्री वाग्लेद्वारा बिदाइ News Polar गगन सभापति, देउवा सम्मानित नेता बन्नुपर्छ : उपसभापति भुसाल News Polar जेन–जी आन्दोलनका सहिद परिवार र घाइतेलाई स्नातक तहसम्म निःशुल्क शिक्षा दिइने News Polar २०औँ एसियाली खेलकुदः महिला कबड्डीमा नेपाल विजयी News Polar राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान News Polar असोज ९ देखि ११ सम्म भारी वर्षा पूर्वानुमान ,विपद्को पूर्वतयारीमा जुट्न मन्त्रीद्वयको निर्देशन News Polar ‘नेतृत्व परिवर्तनको भाष्य निरर्थक’– महर News Polar एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा News Polar नेकपा संयोजन समितिको बैठकः दुई महिने राष्ट्रिय अभियान घोषणा, पार्टी एकताका लागि वार्ता टोली गठन News Polar रासायनिक मल आपूर्ति गर्न अर्थ मन्त्रालयबाट १० अर्बको स्रोत सहमति

स्याङ्जाको एउटै गाउँबाट झण्डै पाँच करोडको बीउ, तरकारी र दूध निर्यात

स्याङ्जाको एउटै गाउँबाट झण्डै पाँच करोडको बीउ, तरकारी र दूध निर्यात
अ+ अ-

वालिङ । स्याङ्जाको एउटै गाउँमा बीउ, तरकारी तथा दूध बिक्रीबाट वार्षिक झण्डै रु. पाँच करोड भित्रिने गरेको छ ।

गल्याङ नगरपालिका–११ जिमुहामा प्रमाणित तथा उन्नत किसिमका धान, मकै, गहुँ तथा आलुको बीउ, मौसमी तथा बेमौसमी तरकारी र दूध बिक्रीबाट वार्षिक अनुमानित चार करोड ६९ लाख ५० हजार भित्रिने गरेको आँधीखोला बहुउद्देश्यीय पानी उपभोक्ता संस्था (आक्वा) का अध्यक्ष रुमलाल कँडेलले बताउनुभयो ।

कालीगण्डकी नदीको किनारमा फैलिएको समथर र रातो माटो रहेको जिमुहा क्षेत्र आलु, धान, गहुँ तथा तरकारी बालीका लागि उर्वर भूमि पनि हो । आँधीखोला जलविद्युत आयोजनाअन्तर्गत्  यहाँ सिंचाईको ब्यवस्था भएसँगै यो क्षेत्रले कृषिमा फड्को मारेको हो ।

आक्वामा हाल ५५८ किसान आवद्ध छन् । उनीहरु ब्यावसायिक वा घरायसी प्रयोजनका लागि भएपनि  खेती किसानी गर्दै आएका  छन् ।
जिमुहामा बीउ आलु तथा  खानका लागि प्रयोग हुने आलु, मकैको बीउ, धानको बीउ, बोडी, करेला, काँक्रा, लौका, घिरैँला, बन्दा, काउलीलगायत मौसमी तथा बेमौसमी तरकारी र दूधको ब्यावसायिक उत्पादन हुने गरेको अध्यक्ष कँडेलले बताउनुभयो । यहाँ करिव दुई सय हेक्टर जमिनमा जनकदेव, एमएस ४२, खुमल रातो, खुमल उज्जल जातका बीउ आलु उत्पादन हुने गरेको छ । यहाँ खानका लागि प्रयोग गरिने आलुमात्रै करिव तीन सय मेट्रिकटन उत्पादन हुने अध्यक्ष कडेलले बताउनुभयो ।

त्यस्तै बीउका लागि प्रयोग गरिने आलु खेतीबाट करिव चार सय मेट्रिकटन, अरुण–दुई जातको मकैको बीउ करिव एकसय मेट्रिकटन, साबित्री, रामधान करिव एकसय ५० मेट्रिकटन, गौतम, स्वर्गद्वारी, एनएल ९७१ जातको प्रमाणित गहुँको बीउ दुई मेट्रिकटन, दूध दैनिक चार सय लिटर, बोडीलगायत मौसमी तथा बेमौसमी तरकारी बाली यहाँबाट अन्यत्र निकासी हुने गरेको उहाँको भनाइ थियो ।

वर्षेनी अनुमानित बीउ आलु बिक्रीबाट रु २१ लाख, खाने आलु बिक्रीबाट रु १२ लाख, मकैको बीउ बिक्रीबाट रु एक करोड २० लाख, धानको बीउ बिक्रीबाट रु एक करोड १२ लाख ५० हजार, दूध बिक्रीबाट वार्षिक रु एक करोड ४४ लाख र बोडी, काउली, काँक्रालगायत मौसमी तथा बेमौसमी तरकारी बिक्रीबाट रु ६० लाख गरी वार्षिकरुपमा अनुमानित चार करोड ६९ लाख ५० हजार गाउँमा भित्रिने गरेको अध्यक्ष कँडेलको जिकिर थियो । “आक्वा तथा जिमुहा शीत भण्डार सहकारी संस्थामा आवद्ध भएर यहाँका कृषकहरु ब्यावसायिकरुपमा अगाडि बढेका छन्” उहाँले भन्नुभयो, “ब्यक्तिगत तथा सामूहिकरुपमा पनि यहाँ खेती गर्ने गरिएको छ ।”

उत्पादित बीउ तथा दूधको बजारीकरणका लागि  समस्या नभए पनि कहिलेकाँही तरकारी बिक्रीका लागि भने समस्या हुने गरेको छ ।
कृषि कर्मलाई नै मुख्य आम्दानीको स्रोत देखेर काम गर्ने कृषकहरु धेरै भएको र घरायसी प्रयोजनकालागि मात्रै कृषि गर्नेहरु पनि यहाँ छन् ।
“ठूलो जमिनमा ब्यावसायिक उत्पादन गर्नेहरु अहिले सन्तुष्ट छन्, निरन्तर यही पेसामा रमाएका पनि छन्” अध्यक्ष कँडेलले भन्नुभयो, “सामान्य तरिकाले थोरै जमिनमा खेती गर्दा पनि यहाँ जीविकोपार्जनका लागि कुनै समस्या छैन, सहज छ ।”

गत वर्षदेखि गहुँको बीउ उत्पादन थोरै परिमाणमा थालिएकाले यसवर्षदेखि ठूलो परिमाणमा उत्पादन थाल्ने तयारी गरिएको छ । यहाँबाट उन्नत जातका गाईका बाच्छी उत्पादन गर्ने उद्देश्यसहित प्रजनन् केन्द्रको रुपमा गतिविधिहरु अगाडि बढाउने काम पनि सुरु भएको उहाँले बताउनुभयो ।