४ आश्विन २०८१, शुक्रबार
,
Latest
‘मुभी लभर्स कम्युनिटी’ले ‘आँखा’को विशेष प्रदर्शन गर्ने महासंघको सक्रियताले अर्थतन्त्रमा आशा जागेको छः अध्यक्ष ढकाल हाम्रो पार्टीलाई बेवास्ता गर्ने प्रवृत्ति निन्दनिय: माधव नेपाल नियन्त्रित मनोद्विपक पदार्थ ट्रामाडोल क्याप्सुल १ लाख ८० हजार ४३० सहित ६ पक्राउ शिक्षाको हब बन्दै पोखरा प्रस्तावित प्रधान न्यायाधीश र दुई राजदूतमाथि उजुरी आह्वान सहकारी समितिमा रवि लामिछानेले दिएको बयानमा के छ ? (पूर्णपाठ) सहकारी छानबिन समितिको प्रतिवेदन सार्वजनिक (पूर्णपाठ) संविधानका प्रगतिवादी कुरालाई पश्चगामी ढंगले संशोधन गरे अर्को जनआन्दोलन हुन्छः झलनाथ खनाल नेपाल पत्रकार महासंघका कार्यवाहक अध्यक्ष विष्टले दिए राजिनामा
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

दशैँका लागि खुल्यो अग्रिम टिकट, सुरक्षाका लागि पहिलो पटक ड्रोन प्रयोग गर्दै प्रहरी



अ+ अ-

काठमाडौँ । दशैँमा घर जाने यात्रुका लागि आज (सोमवार) देखि अग्रिम टिकट बुकिङ शुरु भएको छ ।

सोमवार बिहान ६ बजेदेखि अग्रिम टिकट बुकिङ शुरु भएको हो । काठमाडौंसहित देशका विभिन्न ठाउँमा लामो दूरीका यात्रुका लागि अग्रिम टिकट बुकिङ खुला भएको छ । तर यात्रुहरुले भने गत वर्षको तुलनामा अलि व्यवस्थित भएपनि अनलाइन टिकटमा सरकारको कमजोरी देखिएको गुनासो गरेका छन् । त्यस्तै कालिकोटसम्म जानुपर्ने यात्रुलाई जुम्लासम्मको टिकट काट्न बाध्य बनाइएको उनीहरुले गुनासो छ । उनीहरुले सम्बन्धित जिल्लाका सांसदहरुले यस विषयमा आवश्यक ध्यान दिन जरुरी रहेको बताए । उनीहरुले जिल्लावाइज टिकट काउण्टर राख्न सुझाव दिएका छन् ।

त्यस्तै जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख भूपेन्द्रबहादुर खत्रीले यात्रुहरुको सुरक्षा सन्दर्भमा उपत्यका प्रहरी कार्यालयले विशेष सुरक्षा योजना बनाएको बताउनु भयो । उहाँले काठमाडौं जिल्लाका लागि मात्रै विशेष सुरक्षा योजनाअन्तर्गत १४ स्थानमा नागरिक सहायता कक्ष स्थापना गरेको बताउनु भयो । उहाँले विभिन्न टेक्नोलोजीको सहायतामा आम नागरिकलाई सुरक्षित हिसावले चाडपर्व मनाउन र सुरक्षा प्रदान गर्न आवश्यक जनशक्तिसहित तयार रहेको बताउनु भयो । उहाँले यस पटक सुरक्षाका ालगि भीडभाड स्थानमा ड्रोनबाट निगरानी गरिने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘यात्रुहरुको सुरक्षा सन्दर्भमा उपत्यका प्रहरी कार्यालयले विशेष सुरक्षा योजना बनाएको छ । काठमाडौं जिल्लाका लागि मात्रै यसअन्तर्गत हामीले १४ स्थानमा नागरिक सहायता कक्ष स्थापना गरेका छौँ । आम नागरिकलाई सुरक्षित हिसावले चाडपर्व मनाउन सुरक्षा प्रदान गर्न र थप जनशक्तिसहित विभिन्न टेक्नोलोजी तयार गरेका छौँ । सिसिटिभी र ड्रोन लगायत हामीले काठमाडौं उपत्यकामा प्रयोग गर्ने क्रममा छाँै । ड्रोनबाट भीडभाड हुने स्थानलाई नियालेर जनशक्ति सञ्चालन गर्नेछौँ ।’

त्यस्तै नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले बिहान ६ बजेदेखि नै यात्रुहरु लाइनमा बसेर अग्रिम टिकट काट्न आएको बताउनु भयो । उहाँले बाटोको कारणले सुरक्षित ढंगबाट यात्रुहरु गन्तव्य स्थल लैजान असहज रहको भन्दै सरकारले सडक स्तरोन्नति गर्नुपर्ने बताउनु भयो । उहाँले सडक नबनाए समयमा सवारीसाधन नआइपुग्ने र अग्रिम टिकट बुकिङ खुलाएको औचित्य नहुने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘यात्रुहरु विहान ४ बजेदेखि नै लाइनमा हुनुहुन्छ । ६ बजेदेखि हामीले अग्रिम बुकिङ खुलाएका छौँ । यात्रुहरुले आफू जानुपर्ने स्थानको टिकट काट्न शुरु भइसकेको छ । बाटोको कारणले सुरक्षित ढंगबाट यात्रुहरु गन्तव्य स्थल लैजान असहज छ । समयमा सवारीसाधन आइपुग्दैन । अग्रिम टिकट दिएको अर्थ हुँदैन । सरकारले सडक स्तरोन्नति गर्नैपर्छ । अग्रिम टिकट दिनु भनेर मात्रै हुँदैन । परिचय पत्र र पोशाक लगाएका आधिकारिक ठाउँमा गएर मात्रै टिकट काट्नुहोला । सडक राम्रो भए उहाँहरुलाई व्यवस्थित ढंगबाट गन्तव्यमा लैजान्छाँै ।’

चाडबाडको बेलामा यात्रुहरुलाई ठग्न सक्ने भन्दै परिचय पत्र र पोशाक लगाएका आधिकारिक ठाउँमा गएर मात्रै टिकट काट्न आग्रह गर्नुभयो । हरेक वर्ष दशैँ, तिहार र छठ जस्ता पर्वलाई लक्षित गरी लामो दूरीका यात्रुका लागि अग्रिम टिकट बुकिङ खुलाउने गरिन्छ । विशेष गरी संघीय राजधानी काठमाडौंबाट आ–आफ्नो घर फर्किने यात्रुले अग्रिम टिकट लिने गर्दछन् । दशैँ तिहार मनाउन यस पटक करिव १६ लाख मानिसहरुले काठमाडौं छोड्ने अनुमान छ ।