२० मंसिर २०८२, शनिबार
,
Latest
सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ हेटौँडा मुख्य सडक विस्तारका लागि भौतिक संरचना भत्काउन सुरु ज्यान जोखिममा राखेर विद्यालय पुग्छन् ढेबुवाका विद्यार्थी, सुनकोशीमा ‘रबरबोट’ को सहारा एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा बजार अनुमगनमा विभाग थप सक्रिय कान्ति राजमार्ग मर्मतका लागि आजदेखि बन्द हुने एनपिएल : आज दुई खेल हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

इजरायल-हमास आक्रमण: १,१०० भन्दा बढी मानिस मारिए



file photo
अ+ अ-

एजेन्सी । इजरायलमा हमासले सुरु गरेको आक्रमणमा परि इजरायल र गाजामा १,१०० भन्दा बढी मानिस मारिएका छन् ।

गाजामा रहेको प्यालेस्टाइनी लडाकु समूह हमासले शनिबार गरेको आक्रमणपछि इजरायलले आइतबार औपचारिक रूपमा युद्धको घोषणा गरेको थियो। ‘अपरेसन अल-अक्सा फ्लड’ भनेर चिनिने हमासको अपरेसनबाट सुरु भएको जारी द्वन्द्वमा दुवै पक्षका १,१०० भन्दा बढीको मृत्यु भएको छ भने हजारौं घाइते भएका छन्।

यस्तै, इजरायली उद्धारकर्मीले संगीत महोत्सव गरिएको स्थानबाट एकैपटक कम्तीमा २६० जनाको शव निकालेका छन् । राज्यको दक्षिणी भागमा रहेको रेइम नजिक आयोजना गरिएको सुपरनोभा फेस्टिभलमा हमास लडाकुले हमला गरेका थिए । त्यहाँ आक्रमणपछि मानिसहरू भागाभाग गरेको भिडिओहरू सार्वजनिक भएका छन् । इजरायली उद्धार सेवा ‘जिका’ ले आइतबार त्यहाँ खोजतलास गर्दा ठूलो संख्यामा हताहति भएको पाइएको हो ।

यो पनि पढ्नुहोस: इजरायल – हमास आक्रमणमा परी १० नेपालीको निधन

हमासले इजरायलमा ट्रिपल आक्रमण सुरु गरेको थियो । दशकौँ यताको सबैभन्दा रक्तपातपूर्ण द्वन्द्वमा हमासले शनिबार व्यापक स्थल, हवाई र समुद्री आक्रमण गरेको थियो । हमासले सैनिक र सर्वसाधारणलाई बन्धक बनाएपछि इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले ‘लामो र कठिन’ युद्ध हुने चेतावनी दिएका थिए ।