• २१ बैशाख २०८१, शुक्रबार
  •      Fri May 3 2024
  •   Unicode
Logo
Latest
★   वैशाख २८ गतेका लागि बजेट अधिवेशन आह्वान ★   सुदूरपश्चिमका मुख्यमन्त्री सोडारीले आज विश्वासको मत लिने, एमाले अनिर्णित, कांग्रेसले प्रदेशसभा नै अवरुद्ध पार्ने ★   राजस्थान रोयल्समाथि हैदरावादको रोमाञ्चक जित ★   इन्टरनेट सेवामा समस्या, भुक्तानी नगर्दा काटियो नेट ★   चीनमा सडक भाँसिदा हुँदा मृत्यु हुनेको सङ्ख्या ४८ पुग्यो ★   कर्णालीका जनतालाई सडक चाहिएको छ: प्रमुख सचेतक शाही ★   क्यान को सरकारसँग माग: सूचना प्रविधि उद्योगग्रामको लागि आवश्यक बजेटको व्यवस्था गरौँ ★   मेयर बालेन्द्रलक्षित ओलीको टिप्पणी: सुकुम्वासीलाई तर्साउने काम नगरौं ★   विश्वकपका लागि छानिएको टोली अहिलेको ‘बेस्ट १५’: कप्तान रोहित ★   प्रतिस्पर्धात्मक जनशक्ति उत्पादनमा केन्द्रित हुन नवनियुक्त उपकुलपतिहरूलाई प्रधानमन्त्रीको निर्देशन

अधिकांश आईभिएफ सेन्टर मापदण्ड विपरित सञ्चालनमा



काठमाडौं । देश भरका अधिकांश आइभिएफ सेन्टर अवैध रुपमा सञ्चालन भएको पाइएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट देशभरका नौ वटा आईभीएफ सेन्टरले इनभिट्रो फर्टिलाइजेसन (आईभिएफ) अर्थात टेस्टट्युब बेबी सेवा सञ्चालनका लागि अनुमति पाएका छन् ।

अहिले काठमाडांै लगाएत देशका विभिन्न शहरहरुमा ५० भन्दा बढी आईभिएफ सेन्टर सञ्चालनमा रहेका छन् । संघीय राजधानी काठमाडौंमा नै धेरै आईभिएफ सेवा दिइरहेका सेन्टरहरु ईजाजत नलिइ गैरकानूनी तरिकाले सञ्चालन भइरहेका छन् ।

स्वास्थ्य मन्त्रालय अन्तर्गतको गुणस्तर मापन तथा नियमन महाशाखाका प्रमुख डा.मदन उपाध्यायले देशभर सञ्चालनमा रहेका मध्य नौ वटा संस्थाले मात्र मापदण्ड पूरा गरेर सञ्चालन अनुमति प्राप्त गरेको जानकारी दिनुभयो । स्वास्थ्य मन्त्रालयले दिएको जानकारीअनुसार वात्सल्य नेचुरल आईभिएफ काठमाडौं क्रियटर्स आईभिएफ नेपाल काठमाडाै, वरदान फर्टिलिटी सेन्टर काठमाडाँै, नर्भिक अन्तर्राष्ट्रिय हस्पिटल काठमाडौं, मनमोहन आईभिएफ सेन्टर, नेपाल इन्टरनेशनल एण्ड ल्याप्रोस्कोपी, स्नेह फर्टिलिटी सेन्टर,एञ्जल फर्टिलिटी सेन्टर काठमाडौं र ह्यम्स अस्पतालले संचालनको अनुमति पाएका छन् ।

देशका विभिन्न शहरमा अनुमति नलिएका तर आईभिएफ सेन्टर सञ्चालन गरिरहेका संस्थाहरु पनि छन् । ३८ वटा आईभिएफ सेन्टर अनुमतिको प्रकृयामा रहेका तर आईभिएफ सेन्टर सञ्चालन गरिरहेका संस्थाहरु पनि छन् । अनुमतिको प्रकृयामा रहेका सेन्टरहरुमा काठमाडौं फर्टिलिटी सेन्टर, चितवन फर्टिलिटी सेन्टर, काठमाडौंस्थित सहारा इन्टरनेसनल फर्टिलिटी सेन्टर, काठमाडौंस्थित होप एण्ड जोय आईभिएफ एण्ड फर्टिलिटी क्लिनिक, काठमाडौंस्थित ग्राण्डीसिटी हस्पिटल आईभिएफ सेन्टर, माया आईभिएफ क्लिनिक काठमाडौं, भेनस आईभिएफ सेन्टर काठमाडौं लगायत रहेका छन् ।

जनस्वास्थ्य सेवा नियमावली, २०७७ को नियम १२ अनुसार निजी, गैरसरकारी वा गैर नाफामुलक सामुदायिक स्वास्थ्य संस्थाका लागि टेष्ट ट्युब बेबी सेन्टर सञ्चालन गर्न इजाजत लिनुपर्ने प्रावधान छ । अनुमति नलिइ सञ्चालन गर्नु गैरकानूनी मानिन्छ । यसरी सञ्चालनमा आएका आईभिएफ सेन्टरले सेवाग्राहीबाट मनपरी शुल्क असुल्ने गरेको गुनासो पनि आइरहेको छ । सरकारले आईभिएफ शुल्कबारे स्पष्ट व्यवस्था नगर्दा र मापदण्ड नतोक्दा सेवाग्राही ठगिनेको संख्या बढेको छ ।

डा.उपाध्यायले स्वास्थ्य मन्त्रालयले गरेको अनुगमनका क्रममा स्त्री रोग सेवा, बहिरंग सेवा, युएसजी सेवा, अप्रेसन थियटर, इम्ब्रोलोजी प्रयोगशाला जस्ता न्युनतम आधारभुत पूर्वाधार नभएका आईभिएफ सेन्टर सञ्चालनमा रहेको पाइएको बताउनु भयो । अनुमति लिएका अधिकांशले पनि आवश्यक मापदण्ड पूरा नगरेको भेटिएको बताउनु भयो । अनुगमन गर्दा धेरै जसोको पूर्वाधार नपुगेको र उपकरण पर्याप्त नभएको पाइएको बताउनु भयो । उहाँले आईभिएफ सेवा सञ्चालनका लागि ईजाजत पूर्व गुणस्तर सुनिश्चित गरेर मात्रै सञ्चालन अनुमति दिइने बताउनु भयो ।

डा.उपाध्यायले भन्नुभयो, ‘हामीसँग सञ्चालन अनुमति लिएर मापदण्ड पूरा गरी अनुमति लिने काठमाडौं र काठमाडौं बाहिरका गरेर कुल नौ वटा संस्थाहरु छन् । शुरुमा हामीले जब परिपत्र गर्‍यौँ त्यतीबेला २२/२५ वटा निवेदन परेका थिएभने अहिले ५० वटा भन्दा बढी निवेदनहरु परेका छन् । हामीले स्थलगत अनुगमन गर्दा के पनि पाएका छौँ भने कतिपय संस्थाहरुले आफ्नो नामाकरण गराएपछि नै अनुमतिका लागि निवेदन पेश गर्नुभएको छ, हामीले अनुगमन गर्दा थुपै्रको इन्फास्ट्रक्चर पूरा भएको छैन । उहाँहरुले भर्खरै स्पेसहरु आईडेन्टिफाई गरेर सेवाको लागि पहिले नै निवेदन दिइराख्नुभएको रहेछ । उहाँहरुलाई मापदण्डमा रहेका धेरै कुराहरु जस्तो स्पेसको कुरा भयो, ह्युमन रिसोर्सको कुरा भयो, औजार उपकरणको कुरा भयो, त्यो सबैलाई व्यवस्थित गरेर मात्रै अनुगमनका लागि निवेदन दिनुहोस् भनेर पनि निर्देशन दिएका छौँ । हामीले थुप्रैको स्थलगत अनुगमन गरेका छौँ । स्थलगत अनुगमनबाट भेटिएका बुँदाहरुलाई टिपोट गरेर प्रतिवेदन बन्छ । र, प्रतिवेदनको सुझाव कार्यान्वयन गर्न लगाउँछौ । हामीले अहिलेसम्म चार पटकसम्म पत्राचार गरिसकेका छौँ । पत्राचारपश्चात सबै प्रक्रिया पूरा गर्नुभयो भने मात्रै अनुमति दिन्छौँ । ’

डा.उपाध्यायले जनस्वास्थ्य सेवा ऐन २०७५ र जनस्वास्थ्य सेवा नियमावली २०७७ आएपछि आईभिएफलाई विशिष्टीकृत सेवाका रुपमा वर्गिकरण गरिएको जानकारी दिनुभयो । उहाँले वर्गिकरण गरेपछि मन्त्रालयले दुई पटक परिपत्र गरेर सम्बन्धित संस्थाहरुलाई सञ्चालन अनुमति लिएर मात्रै सेवा सञ्चालन गर्न आग्रह गरिएको बताउनु भयो । उहाँले आईभिएफ सेवालाई व्यवस्थित गर्न निर्देशिका र प्रोटोकल बानाउन लागेको जानकारी दिनुभयो ।

ऐन र नियमावली आउनुभन्दा पहिले आईभिएफ सेवालाई अस्पतालको भिन्न सेवाका रुपमा लिने गरीएको बताउनु भयो । सेवा बिस्तारको रुपमा अधिकांश अस्पतालहरुले आईभिएफ सेवा प्रदान गर्दै आएपनि ऐन र नियमावली आइसकेपछि छुट्टै अनुसूचि अनुसार निवेदन दिएर अनुमति प्राप्त गर्नुपर्ने व्यवस्था छ । सञ्चालन अनुमति लिएर मात्रै सेवा सञ्चालन गर्न पाइने प्रावधान रहेको बताउनु भयो । आईभिएफ सेवा काठमाडौंसहित भरतपुर, पोखरा, विराटनगर, भैरहवा, बुटवल लगायतका थुप्रै ठाउँमा बिस्तार भएको छ ।

डा.उपाध्यायले भन्नुभयो, ‘गुणस्तरीय सेवा प्रदान गर्नुु र गराउनु स्वास्थ्य मन्त्रालयको काम हो । गुणस्तरीय सेवा प्रदान गर्नलाई हामीले सहजिकरण गर्ने, सहयोग गर्ने र त्यसका लागि मापदण्डहरु, गाइडलाईनहरु बनाईदिने काम हामीले गर्छौं । यसको लागि पनि गाइड लाइन बनाएका छौँ । हामीले अनुगमन गर्ने क्रममा ईजाजत दिनुभन्दा पूर्व नै सकभर गुणस्तर सुनिश्चित(एस्सेयोर) गरेर मात्रै दिन्छौँ । विज्ञको संख्याको कुरा होस्, औजार उपकरणको कुरा होस्, स्पेसको कुरा होस् यो सबै हेरेर मात्रै सञ्चालन अनुमतिपत्र दिने गरिएको छ । र, हामीले बेलाबेलामा थप अनुगमन पनि गर्छौं । यो भर्खरै शुरुवातको अवस्थामा छ । आईभिएफ पहिले गाइनोक्लोजिको सेवाभित्र पथ्र्यो । उहाँहरुले सेवा प्रवाह गर्नुहुन्थ्यो । त्यतीवेला अरु एक्सपर्ट(विज्ञ)हरुको भर पर्नुपथ्र्यो । अहिले नेपालमै यसको अध्ययन अध्यापनपनि हुन्छ । हाम्रा विज्ञहरु बाहिरबाट ट्रेन भएरपनि आउनुभएको छ । मेडिकल काउन्सिलमा दर्ता भएरै सेवा प्रदान गरिरहनुभएको छ । त्यसले गर्दा हामीसँगपनि रीसोर्स बढीरहेको छ । तर, अझैपनि रिसोर्स र ट्रेनीङ थप आवश्यक छ । यस विषयमा थप गाइडलाइन र प्रोटोकल निर्माण गर्दैछौँ । जसले गर्दा गुणस्तरीय सेवा सुनिश्चित गर्न सकियोस् । सेवाप्रदायक र सेवाग्राहीहरुले गुणस्तरीय सेवा पाउन् । ’

नि:सन्तान रोग विशेषज्ञ डा. श्रीप्रसाद अधिकारी आईभिएफ सेवा नि:सन्तान दम्पतीका लागि वरदान जस्तो भएपनि खर्चिलो भएको बताउनु भयो । उहाँले आईभिएफ सेवा खर्चिलो भएको र सेवा सञ्चालनका लागि दक्ष जनशक्ति आवश्यक पर्ने बताउनु भयो । आईभिएफ सेवाको समग्रमा सफलता दर विश्वमै ३० देखि ३५ प्रतिशत रहेको बताउनु भयो । तर, केही आईभिएफ सेन्टरहरुले सफलतादर शतप्रतिशत भन्दै प्रचार गरिरहेका छन् । उहाँले ल्याबको गुणस्तरलाई अझ प्रभावकारी गराउन सके सफलतादर बढ्ने सम्भावना रहेको बताउनु भयो । डा.अधिकारीले आईभिएफ सेवा देशभरका संघीय अस्पतालमार्फत सञ्चालनमा आउनसके नि:सन्तान दम्पतीलाई काठमाडौंमा धाउनुपर्ने बाध्यता हट्ने बताउनु भयो ।

परोपकार प्रसुती तथा स्त्रीरोग अस्पतालका निर्देशक समेत रहनुभएका डा.अधिकारीले यो अस्पतालमा वि.सं. २०६८ सालदेखि आईभिएफ सेवा शुरु गरीएको जानकारी दिनुभयो । उहाँले २०७२ सालसम्म चार वर्ष सञ्चालनमा आएको र बन्द भएको सेवा २०७९ सालबाट शुरु भएको बताउनु भयो । हालसम्म ३८ जनाको आईभिएफ सेवाबाट उपचार प्राप्त गरेको बताउनु भयो । अस्पतालको सक्सेस रेट २० प्रतिशत रहेको जानकारी दिनुभयो । उहाँले सफलतादर बढाएर धेरै भन्दा धेरै महिलाहरुलाई सर्वसुलभ गुणस्तरीय सेवा दिन प्रयासरत रहेको बताउनु भयो । डा.अधिकारीले प्रसुती अस्पतालमा आईभिएफ सेवा लिँदा लगभग दुई लाख रुपैयाँ खर्च लाग्ने जानकारी दिनुभयो ।

डा.अधिकारीले भन्नुभयो, ‘आईभिएफ सेवा अलिक कम्प्लिकेटेड र यसमा प्रविधिको पनि खाँचो पर्छ । आमाको अण्डा ह्रास हुँदै गएका महिलाहरु र श्रीमानको शुक्रकिटपनि घट्दै गइरहेको अवस्थामा महिलाहरुलाई औषधिद्धारा सुईहरु दिएर धेरै ओटा अण्डाहरु उत्पादन गर्छौं, अण्डा निकालिसकेपछि यसलाई बाहिर शुक्रकिट राखेर फर्टिलाईजेसन गर्छौ । फर्टिलाईजेसन प्रक्रिया श्रीमानकै शुक्रकिटबाट गर्ने हो । महिलाको अण्डा र पुरुषको शुक्रकिट निकालेर फर्टिलाईजेसन गरिन्छ । यसमा फर्टिलाईजेसन बाहिर गर्नुपर्छ । यो फर्टिलाईजेसन बाहिर गराउनका लागि सबैभन्दा महत्वपूर्ण भनेको ल्याबको जरुरत हुन्छ । ल्याव गुणस्तरीय, २४ सै घण्टा सञ्चालित, कुनैपनि किटाणुरहित र उच्च प्रविधियुक्त हुन जरुरी छ । फर्टिलाईजेसन गराउने प्रोसेसमा राखिसकेपछि इन्कुभेटरमा ३७ डिग्री सेन्टिग्रेटमा राख्नुपर्छ । त्यसको लागि फेरि कार्वनडाईअक्साईडसहित अन्य ग्याँसहरुको पनि खाँचो हुन्छ । इन्कुभेटरमा राखिसकेपछि भ्रुण बन्ने प्रोसेस अघि बढ्छ । र, भ्रुण बन्ने प्रोसेस अगाडी बढिसकेपछि ४८ घण्टा अथवा ७२ घण्टा अथवा पाँच दिनमा हामीले अवस्था हेरेर भ्रुणलाई निकालेर आमाको पाठेघरमा राखिदिन्छौँ । यो प्रक्रियालाई आईभिएफ अर्थात टेष्टट्युव बेबी भनिन्छ । यो सेवा प्रसुती गृहले धेरै अगाडी लिएर आएको हो । जुन बेलामा नेपालमा भर्खरै भर्खरै आईभिएफ सेवा शुरुवात भएको थियो । २०७९ सालमा हामीले यस सम्बन्धी ट्रेनिङ लिएर सेवा शुरु गर्‍याँै । शुरु गरिसकेपछि हालसम्म ३८ जनाको आईभिएफ सेवाबाट उपचार गरिसक्यौँ र, यसबाट धेरै महिला दिदिबहीनीहरुले सेवा पाउन सफल हुनुभएको छ र, आगामी दिनमा अझैपनि यो सेवालाई अगाडी बढाएर आईभिएफ ल्याबलाई स्तरोन्नति गर्दैछौं । र, सक्सेस रेट बढाएर धेरै भन्दा धेरै महिलाहरुलाई सस्तोमा सेवा दिने पहल गरिरहेका छाँै । सक्सेस रेट २० प्रतिशत रहेको छ । आईभिएफ सेवाको ओभरल सक्सेसस रेट भनेको ३० देखि ३५ प्रतिशत हुन्छ । र, यो विश्वव्यापी सक्सेस रेट हो । हामीहरुको २० देखि २५ प्रतिशत सक्सेस रेट छ । ल्याबको गुणस्तरलाई अझ प्रभावकारी गराउन सके हामीहरुको सक्सेस रेटपनि बढ्ने सम्भावना हुन्छ । यस अस्पतालमा आईभिएफ सेवा लिँदा लगभग दुई लाख खर्च लाग्छ । आईभिएफ सेवा थोरै महगों र खर्चिलो छ । यो सेवा सञ्चालनका लागि इम्ब्रोलोजिष्ट, तालिम प्राप्त नर्स चाहिन्छ ।’

अदक्ष जनशक्तीले आईभीएफ सेवा दिएमा त्यसको गुणस्तरियता माथि प्रश्न उठ्ने र सफलता दरपनि न्युन हुने भएकाले आईभिएफ सेवा दिने संस्थाहरुको नियमन गर्न जरुरी रहेको बताउनु भयो ।