• २० असार २०८१, बिहीबार
  •      Thu Jul 4 2024
  •   Unicode
Logo
Latest
★   जाउलाखेललाई महिला ह्विलचियर बास्केटबलको उपाधि ★   नेपाली खेलकुदको इतिहासमै पहिलो पटक एन्थ्रोपो मेट्रिक अनुसन्धान ★   सदभाव आचार्य गल्फ प्रतियोगिता खेल्न र प्रशिक्षण गर्न अमेरिका प्रस्थान ★   सुदूरपश्चिम प्रदेश सरकारबाट नेकपा एमाले बाहिरियो ★   इमानदारीपूर्वक काम गर्न अध्यक्ष ओलीको सुझाव ★   नयाँ बन्ने ओली नेतृत्वको सरकारले शिक्षा क्षेत्रका समस्या नयाँ उचाईबाट समाधान गर्छ: उपाध्यक्ष पौडेल ★   रवि लामिछाने विरुद्धको मुद्दामा दुई न्यायाधीशबीच राय बाझियो ★   रौतहट कटहरियाका मेयर र उपमेयरसहित ११ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर ★   एकीकृत समाजवादीको अध्यक्षमा नेपाल र महासचिवमा भूसाल सर्वसम्मत ★   एकीकृत समाजवादीको नेतृत्व सर्वसम्मत चयन गर्नुपर्नेमा महाधिवेशन प्रतिनिधिहरुको जोड

जव कुकुर लिएर एक हुल प्रहरी लुभु र लामाटारका चोकचोकमा डुल्न थाले…



ललितपुर, २२ असोज । आइतबार अपरान्ह जब एक हुल प्रहरी लामाटारको ढुंगिन बसपार्क क्षेत्रमा दुईवटा तालीम प्राप्त कुकुर लिएर घुम्न थाले त्यहाँ एक किसीमको डर र कौतुहुलता छायो ।

कुकुर पनि लरतरो थिएन, प्रहरीको तालीमप्राप्त लेब्रोडर र जर्मन शेफर्ड । हेर्दै सातो जाने खालको ।

बसपार्क क्षेत्रको चियापसलदेखि किराना पसलसम्म र बसका यात्रुहरु समेत छक्क परेर कुकुर र कुकुर ल्याउने प्रहरीको हुलतिर हेरेर मुखामुख गर्न थाले । कतिले त्यहाँ ‘कुनै ठुला मान्छेको सवारी हुन लाग्या होला’ भन्ठाने त कतिले चाँहि ‘हत्या या अरु कुनै ठुलै घटना भएछ’ भनेर ।

तर वास्तवमा महालक्ष्मी नगरपालिका वडा नं ९ को लामाटार र ढुंगिन क्षेत्रमा दिउँसो र राती गरि एकहप्ताभित्रै ६/७ वटा चोरीका घटना घटेपछि वडाध्यक्ष जयकृष्ण बोगटीको आग्रहमा त्यहाँ नेपाल प्रहरीको तालीमप्राप्त कुकुर ल्याएर घुमाइएको थियो ।

प्रहरी प्रभाग लुभुको समन्वय तथा प्रहरी वृत्त सातदोवाटोसंगको सहकार्यमा नेपाल प्रहरीको कुकुर तालीम महाशाखा (केनाइन) महाराजगञ्जबाट त्यहाँ कुकुर ल्याइएको थियो ।

दशैं तिहार जस्ता चाडपर्व नजिक आउँदा चोरी र लुटपाटका घटना नियन्त्रण गर्न मानिसहरुको आवात जावत बढी हुने ठाउँ, बसपार्क, ठुला बजार क्षेत्र र चोकचोकमा चोरी र लुटपाटका घटना कमी हुने भएकोले लामाटारको व्यस्त बसपार्क ढुंगिन र आसपासमा नेपाल प्रहरीको तालीम प्राप्त कुकुर परिचालन गरिएको वडा नं ९ का अध्यक्ष जयकृष्ण बोगटीले बताए ।

चोरी र लुटपाट मुक्त वडा बनाउन नेपाल प्रहरीसंग समन्वय गरि आफुहरुले सचेतनाका काम गरिरहेतापनि चाडवाडका बेला सचेत हुँदाहुँदै पनि चोरी र लुटपाटका घटना बढेकोेले प्रहरीको कुकुर परिचालन गरिएको वडाध्यक्ष बोगटीले बताए ।

प्रहरीको तालीम प्राप्त कुकुरले सुँघेर चोरी, लुटपाट र हत्यामा संलग्न अभियुक्तको साथै लागुऔषध सेवन गर्ने र ओसारपसार गर्ने व्यक्तिको तत्काल पहिचान गरेर पक्रिन सफल भएका थुप्रै उदाहरण छन् ।

लामाटारमा मात्रै नभई महालक्ष्मी नगरपालिकाकै वडा नं ८ को लुभु बसपार्क क्षेत्र र वडा नं ५ र ६ मा पर्ने टिकाथली र सानागाउँको वीचमा अवस्थित भाटभटेनी सुपरस्टोर आसपास पनि तालीमप्राप्त कुकुर परिचालन गरिएको प्रहरी प्रभाग लुभुका प्रमुख, प्रहरी नायव निरीक्षक सन्तोष बुढाथोकीले बताए ।