१३ आश्विन २०८३, मंगलवार Tuesday, September 29, 2026
१३ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar उत्पादनस्थल फोहर रहेको भन्दै उद्योगलाई दुई लाख जरिवाना News Polar धितोपत्र दलाल व्यवसाय सुदृढीकरण नीति लागू News Polar सर्भेयर खटाउने प्रक्रियालाई पारदर्शी बनाउन ‘अटोमेटिक सर्भेयर डेपुटेसन’ प्रणाली, परीक्षण सुरु News Polar ‘ठमेल पर्यटन भेन्ट्रान्स कप’ फुटबल प्रतियोगिताको उपाधि जोरपाटीलाई News Polar अन्तर्राष्ट्रिय नतिजाका लागि खेलकुद क्षेत्रमा लगानी बढाउनुपर्छः मन्त्री पोखरेल News Polar सङ्गीतको सङ्गम बन्यो नीर शाहको पलेँटी News Polar मुख्यमन्त्री शाहीसँग मन्त्रीहरूको कार्यसम्पादन सम्झौता News Polar नाला सफाइ गरी पानीको निकास खुलाइयो News Polar निर्माणाधीन दार्चुला अस्पताल पुस मसान्तमा सम्पन्न हुने News Polar ‘महिला आन्दोलनको सहखोजीः सन्धान सङ्ग्रह’ प्रकाशित News Polar वामआन्दोलनलाई बलियो बनाउने चाहना छः भण्डारी News Polar अध्यक्ष र कर्मचारीमाथी भएको दुर्व्यवहारबारे प्रेस काउन्सिलको ध्यानाकर्षण News Polar वर्षाले पाल्पाका सडक क्षतिग्रस्त, पुलसमेत जोखिममा News Polar प्रधानमन्त्री बर्नहमद्वारा बेलायतका लागि ‘विशेष’ योजना ल्याउन लागेको दावी News Polar मुख्यमन्त्री पाण्डेद्वारा बाढी प्रभावित क्षेत्रको निरीक्षण News Polar छ दिनदेखि अवरुद्ध कालीगण्डकी करिडोर अझै सञ्चालन हुन सकेन News Polar हिमालय एअरलाइन्सको काठमाडौँ–सांघाई–काठमाडौँ सिधा उडान पुनः सञ्चालन News Polar लामो दूरीका सवारीसाधनमा दुई चालक अनिवार्य News Polar न्वागी पर्व मनाउँदै आठपहरिया News Polar किसान सूचीकरणमा उल्लेखनीय वृद्धि, करिब ३ लाख किसान थपिए

जव कुकुर लिएर एक हुल प्रहरी लुभु र लामाटारका चोकचोकमा डुल्न थाले…

जव कुकुर लिएर एक हुल प्रहरी लुभु र लामाटारका चोकचोकमा डुल्न थाले…
अ अ+ अ-

ललितपुर, २२ असोज । आइतबार अपरान्ह जब एक हुल प्रहरी लामाटारको ढुंगिन बसपार्क क्षेत्रमा दुईवटा तालीम प्राप्त कुकुर लिएर घुम्न थाले त्यहाँ एक किसीमको डर र कौतुहुलता छायो ।

कुकुर पनि लरतरो थिएन, प्रहरीको तालीमप्राप्त लेब्रोडर र जर्मन शेफर्ड । हेर्दै सातो जाने खालको ।

बसपार्क क्षेत्रको चियापसलदेखि किराना पसलसम्म र बसका यात्रुहरु समेत छक्क परेर कुकुर र कुकुर ल्याउने प्रहरीको हुलतिर हेरेर मुखामुख गर्न थाले । कतिले त्यहाँ ‘कुनै ठुला मान्छेको सवारी हुन लाग्या होला’ भन्ठाने त कतिले चाँहि ‘हत्या या अरु कुनै ठुलै घटना भएछ’ भनेर ।

तर वास्तवमा महालक्ष्मी नगरपालिका वडा नं ९ को लामाटार र ढुंगिन क्षेत्रमा दिउँसो र राती गरि एकहप्ताभित्रै ६/७ वटा चोरीका घटना घटेपछि वडाध्यक्ष जयकृष्ण बोगटीको आग्रहमा त्यहाँ नेपाल प्रहरीको तालीमप्राप्त कुकुर ल्याएर घुमाइएको थियो ।

प्रहरी प्रभाग लुभुको समन्वय तथा प्रहरी वृत्त सातदोवाटोसंगको सहकार्यमा नेपाल प्रहरीको कुकुर तालीम महाशाखा (केनाइन) महाराजगञ्जबाट त्यहाँ कुकुर ल्याइएको थियो ।

दशैं तिहार जस्ता चाडपर्व नजिक आउँदा चोरी र लुटपाटका घटना नियन्त्रण गर्न मानिसहरुको आवात जावत बढी हुने ठाउँ, बसपार्क, ठुला बजार क्षेत्र र चोकचोकमा चोरी र लुटपाटका घटना कमी हुने भएकोले लामाटारको व्यस्त बसपार्क ढुंगिन र आसपासमा नेपाल प्रहरीको तालीम प्राप्त कुकुर परिचालन गरिएको वडा नं ९ का अध्यक्ष जयकृष्ण बोगटीले बताए ।

चोरी र लुटपाट मुक्त वडा बनाउन नेपाल प्रहरीसंग समन्वय गरि आफुहरुले सचेतनाका काम गरिरहेतापनि चाडवाडका बेला सचेत हुँदाहुँदै पनि चोरी र लुटपाटका घटना बढेकोेले प्रहरीको कुकुर परिचालन गरिएको वडाध्यक्ष बोगटीले बताए ।

प्रहरीको तालीम प्राप्त कुकुरले सुँघेर चोरी, लुटपाट र हत्यामा संलग्न अभियुक्तको साथै लागुऔषध सेवन गर्ने र ओसारपसार गर्ने व्यक्तिको तत्काल पहिचान गरेर पक्रिन सफल भएका थुप्रै उदाहरण छन् ।

लामाटारमा मात्रै नभई महालक्ष्मी नगरपालिकाकै वडा नं ८ को लुभु बसपार्क क्षेत्र र वडा नं ५ र ६ मा पर्ने टिकाथली र सानागाउँको वीचमा अवस्थित भाटभटेनी सुपरस्टोर आसपास पनि तालीमप्राप्त कुकुर परिचालन गरिएको प्रहरी प्रभाग लुभुका प्रमुख, प्रहरी नायव निरीक्षक सन्तोष बुढाथोकीले बताए ।