३ पुष २०८२, बिहीबार
,
Latest
चीनबाट विगतमा झैँ सहयोग र समर्थन हुने विश्वास-अध्यक्ष दाहाल पशुपति क्षेत्रमा पश्चिमी बाहिरी ढोका खुला भीमदत्त नगरपालिकाले विपिनको शालिक बनाउने भेनेजुएलामा आक्रमण गर्ने ‘घातक गल्ती’ नगर्न रुसको चेतावनी जेनजी आन्दोलनमा सुन्धारा कारागारबाट भागेका दुई कैदी पक्राउ एमालेको ११औँ महाधिवेशनबाट २४ बुँदे प्रस्ताव पारित न्यायपरिषद् न्यायपालिकाको चरित्र निर्माण गर्ने निकाय होः प्रधानन्यायाधीश राउत नेपाली कम्युनिष्ट पार्टीले जनताको अधिकारलाई बलियो बनाउँछः नेता रावल ओली अध्यक्ष, रवि रिहा, पूर्वराजा भारततिर नीति, विचार र सिद्धान्तबिनाको पार्टी दिगो हुँदैनः उपसभापति वाग्ले
तपाईं के खोज्दै हुनुहुन्छ ?

न्युक्यासल र वेस्टहामको बराबरी



अ+ अ-

एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत वेस्टहाम युनाइटेड र न्युक्यासल युनाइटेडले बराबरी खेलेका छन् ।

गएराति भएको वेस्टहाम युनाइटेडको लण्डन स्टेडियममा दुबै टिमले २–२ गोलको बराबरी खेल्दै अंक बाँडेका हुन् । खेलको आठौं मिनेटमा नै टोमस सोउसेकले गोल गर्दै घरेलु टोली वेस्टहामलाई सुरुवाती अग्रता दिलाएका थिए ।

तर, ५७ औं मिनेटमा अलेक्जान्डर इसाकले गोल गर्दै न्युक्याललाई १–१ गोलको बराबरीमा ल्याए । ६२ औं मिनेटमा इसाकले नै व्यक्तिगत तथा टोलीका लागि दोस्रो गोल गर्दै न्युक्यासललाई २–१ गोलले अघि बढाए ।

यता, ८९ औं मिनेटमा मोहम्मद कुडुसले गोल गर्दै वेस्टहामलाई २–२ गोलको बराबरीसहित हारबाट जोगाए ।

यो नतिजासँगै वेस्टहाम ८ खेलबाट १४ अंकका साथ तालिकाको सातौं स्थानमा छ भने न्युक्यासल समान खेलबाट १३ अंकका साथ आठौं स्थानमा छ ।