४ भाद्र २०८३, बिहीबार
,
Latest
बागमतीको मुख्यमन्त्रीमा किरण थापा मगर नियुक्त जडीबुटी निर्यातका लागि व्यापारिक ‘ट्रान्जिट’ बन्दै नेपालगञ्ज ‘अख्तियारको कामकारबाहीमा कुनै राजनीतिक हस्तक्षेप हुँदैन’ शिक्षक–कर्मचारीको पारिश्रमिक वृद्धिः चार अर्ब ६८ करोड चाहिने सार्वजनिक सेवा प्रसारण संस्थालाई थप व्यावसायिक र प्रतिस्पर्धी बनाउन आवश्यक : सञ्चारमन्त्री डा. तिमिल्सिना नवनियुक्त डेपुटी गभर्नर रावलद्वारा शपथ ग्रहण र पदबहाली गभर्नरको कार्यकाल तीन वर्षमा झारिँदै नेपालले तत्काल कुनै नयाँ राजनीतिक ‘एड्भेन्चर’ धान्न सक्दैन : गगन थापा संविधान संशोधनमा दुईतिहाइ बहुमत मात्र पर्याप्त हुँदैन : रवि लामिछाने अख्तियारको त्रासले कर्मचारीतन्त्रमा ‘डिसिजन प्यारालाइसिस’ : मन्त्री गौतम
तपाईं के खोज्दै हुनुहुन्छ ?

२१ वर्षीय ब्याट्सम्यानले तोडे एबी डिभिलियर्सको विश्व कीर्तिमान



अ+ अ-

एजेन्सी । २१ वर्षीय युवा ब्याट्सम्यानले एबी डिभिलियर्सको विश्व कीर्तिमान तोडेका छन् । जेक फ्रेजरले तुफानी शैलीमा ब्याटिङ गर्दै २९ बलमा शतक बनाए ।

आफ्नो तूफानी इनिङ्समा युवा ब्याट्सम्यानले १० चौका र १३ गगनचुम्बी छक्का प्रहार गरे । अर्थात् फ्रेजरले चौका र छक्कामा मात्रै ११८ रन बनाए ।

फ्रेजरले डिभिलियर्सको सबैभन्दा छिटो शतक बनाउने आठ वर्ष पुरानो कीर्तिमानलाई ध्वस्त पारेका हुन् ।

लिस्ट ए टुर्नामेन्ट मार्स कप खेल्दै जेक फ्रेजरले तस्मानियाविरुद्ध २९ बलमा शतक प्रहार गरेका थिए । फ्रेजरले विस्फोटक ब्याटिङ गर्दै मात्र १८ बलमा अर्धशतक बनाए । यसपछि २१ वर्षीय युवा ब्याट्सम्यानले आफ्नो उच्च फर्मसहित अर्को ११ बलमा शतक बनाए ।

फ्रेजरले एकदिवसीय क्रिकेटमा सबैभन्दा छिटो शतक बनाउने एबी डिभिलियर्सको विश्व कीर्तिमान तोडेका हुन् । डिभिलियर्सले वेस्ट इन्डिजविरुद्ध खेल्दै ३१ बलमा शतक पूरा गरेका थिए ।

अन्तर्राष्ट्रिय क्रिकेटको रन र रेकर्डहरू पनि लिस्ट–ए मा गणना गरिन्छ । यही कारण फ्रेजरको नाममा लिस्ट ए क्रिकेटमा सबैभन्दा छिटो शतक बनाउने कीर्तिमान बन्यो । तर, एकदिवसीय क्रिकेटमा सबैभन्दा छिटो शतक बनाउने कीर्तिमान भने डिभिलियर्सको नाममा रहनेछ ।