७ पुष २०८२, सोमबार
,
Latest
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर निर्वाचन ७३ दिन बाँकी : यस्तो छ आयोगले तोकेको समानुपातिक तर्फ समावेशी समूहको प्रतिशत प्रधानमन्त्री कार्कीसँग रास्वपा सभापति लामिछानेको भेट,के भयो कुरा ? भारतलाई हराउँदै पाकिस्तानले जित्यो यू–१९ एसिया कप बढी धुवाँ फाल्ने सवारीसाधनका चालक कारबाहीमा त्रिवि दीक्षान्त समारोहः एकै विद्यार्थीलाई तीन पदक आगलागीमा परी बुहारीको मृत्यु, ससुरा घाइते निर्दलीय सरकारमा बसेर कुलमानले दल खोलेर कुकृत्य गरिरहेका छन्, तत्काल बर्खास्त गरियोस : साह पूर्वप्रधानमन्त्री खनाल र चिनियाँ राजदूतबीच भेटवार्ता जेन जी समूहको नयाँ मार्गचित्र, चुनाव होइन संविधान संशाेधन पहिले
तपाईं के खोज्दै हुनुहुन्छ ?

२१ वर्षीय ब्याट्सम्यानले तोडे एबी डिभिलियर्सको विश्व कीर्तिमान



अ+ अ-

एजेन्सी । २१ वर्षीय युवा ब्याट्सम्यानले एबी डिभिलियर्सको विश्व कीर्तिमान तोडेका छन् । जेक फ्रेजरले तुफानी शैलीमा ब्याटिङ गर्दै २९ बलमा शतक बनाए ।

आफ्नो तूफानी इनिङ्समा युवा ब्याट्सम्यानले १० चौका र १३ गगनचुम्बी छक्का प्रहार गरे । अर्थात् फ्रेजरले चौका र छक्कामा मात्रै ११८ रन बनाए ।

फ्रेजरले डिभिलियर्सको सबैभन्दा छिटो शतक बनाउने आठ वर्ष पुरानो कीर्तिमानलाई ध्वस्त पारेका हुन् ।

लिस्ट ए टुर्नामेन्ट मार्स कप खेल्दै जेक फ्रेजरले तस्मानियाविरुद्ध २९ बलमा शतक प्रहार गरेका थिए । फ्रेजरले विस्फोटक ब्याटिङ गर्दै मात्र १८ बलमा अर्धशतक बनाए । यसपछि २१ वर्षीय युवा ब्याट्सम्यानले आफ्नो उच्च फर्मसहित अर्को ११ बलमा शतक बनाए ।

फ्रेजरले एकदिवसीय क्रिकेटमा सबैभन्दा छिटो शतक बनाउने एबी डिभिलियर्सको विश्व कीर्तिमान तोडेका हुन् । डिभिलियर्सले वेस्ट इन्डिजविरुद्ध खेल्दै ३१ बलमा शतक पूरा गरेका थिए ।

अन्तर्राष्ट्रिय क्रिकेटको रन र रेकर्डहरू पनि लिस्ट–ए मा गणना गरिन्छ । यही कारण फ्रेजरको नाममा लिस्ट ए क्रिकेटमा सबैभन्दा छिटो शतक बनाउने कीर्तिमान बन्यो । तर, एकदिवसीय क्रिकेटमा सबैभन्दा छिटो शतक बनाउने कीर्तिमान भने डिभिलियर्सको नाममा रहनेछ ।