४ भाद्र २०८३, बिहीबार
,
Latest
बागमतीको मुख्यमन्त्रीमा किरण थापा मगर नियुक्त जडीबुटी निर्यातका लागि व्यापारिक ‘ट्रान्जिट’ बन्दै नेपालगञ्ज ‘अख्तियारको कामकारबाहीमा कुनै राजनीतिक हस्तक्षेप हुँदैन’ शिक्षक–कर्मचारीको पारिश्रमिक वृद्धिः चार अर्ब ६८ करोड चाहिने सार्वजनिक सेवा प्रसारण संस्थालाई थप व्यावसायिक र प्रतिस्पर्धी बनाउन आवश्यक : सञ्चारमन्त्री डा. तिमिल्सिना नवनियुक्त डेपुटी गभर्नर रावलद्वारा शपथ ग्रहण र पदबहाली गभर्नरको कार्यकाल तीन वर्षमा झारिँदै नेपालले तत्काल कुनै नयाँ राजनीतिक ‘एड्भेन्चर’ धान्न सक्दैन : गगन थापा संविधान संशोधनमा दुईतिहाइ बहुमत मात्र पर्याप्त हुँदैन : रवि लामिछाने अख्तियारको त्रासले कर्मचारीतन्त्रमा ‘डिसिजन प्यारालाइसिस’ : मन्त्री गौतम
तपाईं के खोज्दै हुनुहुन्छ ?

को हुन् भारत–अष्ट्रेलिया खेलका क्रममा मैदानमा घुस्ने ?



अ+ अ-

एजेन्सी । भारत र अस्ट्रेलियाबीच चेन्नईमा भइरहेको एकदिवसीय विश्वकपको खेलमा टिम इन्डियाका इंग्ल्यान्ड फ्यान जार्भो (डेनियल जार्विस)फेरि मैदानमा घुसेका छन् ।

युट्युबर जार्भो यसअघि पनि भारतका खेलमा मैदान उत्रिसकेका छन् ।

जार्वोले ६९ नम्बरको जर्सी लगाएका थिए । उनलाई सुरक्षाकर्मीले मैदानबाट बाहिर निकालेका थिए । यस क्रममा भारतीय ब्याट्सम्यान विराट कोहलीले जार्वोलाई सम्झाउँदै गरेको देखिएको थियो ।

युट्युब भिडियो बनाउने जार्वो पहिलो पटक लर्ड्स टेस्ट म्याचका क्रममा मैदानमा प्रवेश गरेका थिए । त्यसपछि उनले आफूलाई भारतीय टिमको फिल्डर भनेका थिए ।

यसपछि उनी हेडिङ्लेमा खेलिएको तेस्रो टेस्टमा ब्याट्सम्यानका रुपमा प्रवेश गरेका थिए । त्यो टेस्टमा भारतको पहिलो इनिङ्स मात्र ७८ रनमा समेटिएको थियो ।

उनी ओभलमा बलरको रूपमा प्रवेश गरे र इङ्ल्यान्डका ब्याट्सम्यान जोनी बेयरस्टोलाई पनि धक्का दिए । जार्भोलाई हेडिङ्ले क्रिकेट मैदानमा प्रवेश गर्न आजीवन प्रतिबन्ध लगाइएको छ ।