७ श्रावण २०८३, बिहीबार
,
Latest
मन्त्री चौधरीसँग जापानी राजदूत मायदाको भेटवार्ता नारायणी यातायात व्यवसायी सङ्घद्वारा मानवसेवा आश्रमलाई ५१ हजार सहयोग माईतीघरमा द्वन्द्वपीडितहरूको गुनासो: ‘सरकार भेट्न पाइएन’ दिपक भट्टसँग जोडिएका रिमाल पक्राउ नेपालका रैथाने उत्पादनको संरक्षणका लागि जीआई कानुन ल्याइने राजस्व लक्ष्य प्राप्तिको तयारी बुझ्न अर्थमन्त्री डा.स्वर्णिम वाग्ले आन्तरिक राजस्व विभागमा सेवाग्राहीसँग घुस लिइरहेको अवस्थामा आन्तरिक राजस्व कार्यालय लहानका कर अधिकृत पक्राउ वैकल्पिक व्यवस्थापन र जग्गाको स्वामित्वको माग गर्दै सुकुम्बासीद्वारा माईतीघरमा प्रदर्शन ९औँ ग्लोबल नेपाली फिल्म अवार्ड २०२६ सिड्नी टाउन हलमा हुने त्रिभुवन विश्वविद्यालयले मनायो ६७औँ वार्षिकोत्सव
तपाईं के खोज्दै हुनुहुन्छ ?

रेम्डेसिभिर र अक्सिजन अभाव हुनथाल्याे



अ+ अ-

काठमाडौं । कोरोना संक्रमण समुदायस्तरमै तीव्र फैलिँदै जाँदा रोकथाममा अत्यावश्यक मानिने खोप, रेम्डेसिभिर र अक्सिजन चरम अभाव खड्किएको छ । दैनिक संक्रमणदर २ हजारमाथि पुगे पनि आमनागरिकले खोप पर्याप्त नहुँदा खोप लगाउन पाएका छैनन् । अस्पताल भर्ना भएका र गम्भीर बिरामी कोरोना संक्रमितको उपचारमा प्रभावकारी मानिएको रेम्डेसिभिर बजारमा सहज रूपमा पाइन छोडेको छ ।

अस्पतालमा अक्सिजन प्लान्टसमेत अभाव छ । चिकित्सक र जनस्वास्थ्य विज्ञले संक्रमण रोकथाममा अत्यावश्यक मानिएको खोप, रेम्डेसिभिर र अक्सिजन तयारी अवस्थामा राख्न सरकारलाई सुझाव दिएका छन् । संसद्को शिक्षा तथा स्वास्थ्य समितिले संक्रमण रोकथाममा कुनै कसर बाँकी नराख्न स्वास्थ्य मन्त्रालयलाई निर्देशन नै दिएको छ ।

रेम्डेसिभिरसमेत सहज रूपमा उपलब्ध हुन सकेको छैन । अस्पताल भर्ना भएका र गम्भीर बिरामी कोरोना संक्रमित उपचारमा रेम्डेसिभिर प्रयोग प्रभावकारी मानिन्छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रमुख विशेषज्ञ डा. रोशन पोखरेल बजारमा १३ हजार भाइल स्टक रहेको बताउ“छन् । ‘३६ हजार भाइल रेम्डेसिभिर स्टकमा राख्नुपर्नेहुन्छ,’ उनी भन्छन्, ‘रेम्डेसिभिर सहज आपूर्तिका लागि मन्त्रालयले पहल गरिरहेको छ ।’ राजधानी दैनिकमा समाचार छ ।