२२ असार २०८३, सोमबार
,
Latest
कालीकोटमा ‘विषादी न्यूनीकरण अभियान’ धुलिखेल–खावा सडकखण्डः रातका समयमा बन्द नगरिने खाद्य स्वच्छता र गुणस्तर पालना गर्न व्यवसायीलाई विभागको निर्देशन सरकारलाई कर्णाली प्रदेशबाट प्रतिनिधित्व गर्ने सांसदहरूले भनेः कर्णालीलाई सुरक्षित सडक चाहिएको छ, मृत्युमार्ग होइन ललितपुरमा युवतीमाथि सार्वजनिक रूपमा अश्लील हर्कत, पीडितकै भिडिओपछि आरोपीको खोजीमा प्रहरी सांसद राईको प्रश्नः प्रधानमन्त्रीको देशविरोधी अभिव्यक्ति हटाउनु भनेर पाँच वर्षै भनिरहनुपर्ने हो ? नाडा अटो शो २०२६ का लागि स्टल वितरण सम्पन्न सार्वजनिक शिक्षाको गुणस्तर अभिवृद्धि गर्न आयोजित प्रदेशस्तरीय सम्मेलन जनकपुरमा सम्पन्न पूर्वी नेपालका नयाँ पर्यटकीय गन्तव्य प्रवर्द्धनमा महिला पर्यटन व्यवसायी सञ्जाल विदेशी प्रतिनिधिसँग प्रधानमन्त्री बालेनको पहिलो ‘वान-अन-वान’ कूटनीतिक भेट हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

कोइरालाको ‘न्यूरोडका झाँकी’ विमोचित



अ+ अ-

गोरखापत्र समाचारदाता

काठमाडौँ । वाङ्मय शताब्दीपुरुष सत्यमोहन जोशीले नेपाली साहित्यलाई अङ्ग्रेजी भाषामा अनुवाद गरेर विश्व बजारमा पुर्याउन आवश्यक भएको बताउनुभएको छ । उहाँले नेपाली साहित्य उत्कृष्ट हुँदाहुँदै पनि ओझेलमा पर्नुको पछाडि अन्तर्राष्ट्रिय पाठकसमक्ष पुग्न नसकेर हो भन्नुभयो ।

लघुकथा समाज नेपाल र शिखा बुक्सद्वारा पाटनस्थित जोशीकै निवासमा स्थापित लोक साहित्य भवनमा आज आयोजित साहित्यकार एवं पत्रकार तुलसीहरि कोइरालाको नवीनतम् कथासङ्ग्रह ‘न्यूरोडका झाँकी’को विमोचन समारोहमा उहाँले सो कुरा बताउनुभएको हो । नेपाली कथा साहित्यको ढिलोगरी विकास भएको भए पनि पछिल्लो चरणमा आएर कथाका क्षेत्रमा उल्लेख्य उन्नति भएको भन्दै जोशीले कोइरालाको ‘न्यूरोडका झाँकी’ भित्रका कथामा परिवर्तित समाज र परिवेशका कथा भएको बताउनुभयो ।

उक्त समारोहमा कथामाथि समीक्षात्मक टिप्पणी व्यक्त गर्दै प्रा.डा. कुमारप्रसाद कोइरालाले कथालेखनमा थोरै मात्र कथाकारले पात्रको चरित्र चित्रणमा केन्द्रित भएर कथा लेख्ने गरेको पाइएकोमा तुलसीहरिका कथामा यो विशेषता प्रखर भएर आएको बताउनुभयो । ग्रामीण परिवेश, मधेश र काठमाडौँका त्रि-परिवेशीय पात्रलाई टिपेर कथा सिर्जना गरिएकाले पाठकप्रिय कथासङ्ग्रह आएको उहाँले उल्लेख गर्नुभयो ।

दुई सत्रमा आयोजित उक्त समारोहको पहिलो सत्रमा प्रमुख अतिथि वाङ्मय शताब्दीपुरुष जोशीले लघुकथा समाजद्वारा स्थापित ‘बाटुली–खिलध्वज लघुकथा सम्मान, २०७७’ लघुकथाकार ध्रुव मधिकर्मीलाई प्रदान गर्नुभएको थियो । उक्त सम्मानमा सम्मान–पत्रसहित नगद राशि १५,००१।– रहेको थियो ।

लघुकथा समाजका अध्यक्ष श्रीओम श्रेष्ठ रोदनको सभापतित्वमा आयोजित कार्यक्रममा पुरस्कृत व्यक्तित्व ध्रुव मधिकर्मी, पुरस्कार गुठीका तर्फबाट सानुभाई पण्डित र साहित्यकार मणि लोहनीले पनि बोल्नुभएको थियो । शिखा बुक्सद्वारा प्रकाशित ‘न्यूरोडका झाँकी’मा १९ वटा कथा सङ्गृहीत छन् ।