७ श्रावण २०८३, बिहीबार
,
Latest
मन्त्री चौधरीसँग जापानी राजदूत मायदाको भेटवार्ता नारायणी यातायात व्यवसायी सङ्घद्वारा मानवसेवा आश्रमलाई ५१ हजार सहयोग माईतीघरमा द्वन्द्वपीडितहरूको गुनासो: ‘सरकार भेट्न पाइएन’ दिपक भट्टसँग जोडिएका रिमाल पक्राउ नेपालका रैथाने उत्पादनको संरक्षणका लागि जीआई कानुन ल्याइने राजस्व लक्ष्य प्राप्तिको तयारी बुझ्न अर्थमन्त्री डा.स्वर्णिम वाग्ले आन्तरिक राजस्व विभागमा सेवाग्राहीसँग घुस लिइरहेको अवस्थामा आन्तरिक राजस्व कार्यालय लहानका कर अधिकृत पक्राउ वैकल्पिक व्यवस्थापन र जग्गाको स्वामित्वको माग गर्दै सुकुम्बासीद्वारा माईतीघरमा प्रदर्शन ९औँ ग्लोबल नेपाली फिल्म अवार्ड २०२६ सिड्नी टाउन हलमा हुने त्रिभुवन विश्वविद्यालयले मनायो ६७औँ वार्षिकोत्सव
तपाईं के खोज्दै हुनुहुन्छ ?

मेरियट बैठकको ब्रिफिङ : एक अर्काप्रति शंका कायमै



अ+ अ-

काठमाडौं । एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच लामो समयपछि बुधबार एकल वार्ता भएको छ । लामो समयदेखिको संवादहीनता तोड्दै बुधबार साँझ दुवै नेताबीच ६ बजेदेखि ७ः४५ सम्म एकल भेटघाट भएको हो ।

एक घण्टा ४५ मिनेट वार्ता गरेपछि होटल मेरियटबाट बाहिरिएका ओली र नेपाल प्रफुल्ल मुद्रामा देखिएका थिए । वार्तामा के के विषयमा कुरा भयो भन्नेबारे दुवै पक्षले बाहिर ल्याएका छैनन् । वार्तामा ओलीले नेपाललाई निस्सर्त पार्टीभित्र आउन र काम गर्न आग्रह गरेको तर नेपालले फागुन २८ को निर्णय खारेज गर्दै पार्टीलाई २०७५ जेठ २ को अवस्थाबाट अघि बढाउँदा कसैलाई पनि आपीत्त नहुने बताएको स्रोतको दाबी छ ।

स्रोतका अनुसार दुवै नेता एक अर्काप्रति आस्वस्त भएर बाहिर आएका छैनन् । उनीहरुमा शंका कायमै छ । बुधबारको भेटघाटले शंका निवारण गर्नेभन्दा पनि संवाद शुरु भएको तहमा मात्र लिनुपर्ने ब्रिफिङ दुवै नेताले आफू निकटलाई गरेका थिए ।

लामो समयदेखि ओलीसँग टाढा रहेका नेपाललाई ओलीले नै फोन गरेर भेटौँ भनेका थिए । नेपालले बालुवाटार नआउने बताएपछि होटलमा भेटघाटको व्यवस्था गरिएको थियो । नागरिक दैनिकमा समाचार छ ।