• १ असार २०८१, शनिबार
  •      Sat Jun 15 2024
  •   Unicode
Logo
Latest
★   देशमा केही नराम्रो नगर्नु नै अहिलेका लागि सबैभन्दा राम्रो गर्नु होः उपप्रधानमन्त्री लामिछाने ★   पुरानो पार्टीका भद्दा नक्कल गर्न भएन भन्नेमा हामी सचेत छौँ – उपसभापति वाग्ले ★   ‘खल्तीमा राजीनामा पत्र बोकेर हिँडेका छौँ, सरकारलाई दिएको समर्थनबारे समीक्षा गर्ने बेला भयो’ ★   अमेरिका २०२६ विश्वकपका लागि सिधै छनोट ★   एमसिसीअन्तर्गत बन्ने रातमाटे सबस्टेसनको ठेक्का लाग्यो ★   न्यूजिल्यान्डको पहिलो जित  ★   काठमाडौँ उपत्यकामा आज साँझदेखि केही शीतल हुने ★   मेलम्ची बाढीलाई फर्केर हेर्दा र विज्ञको बुझाई ★   दरबाङ–म्याग्दीखोला जलविद्युत् आयोजनाको दोस्रो अडिटमा सुरुङको काम सुरु ★   दक्षिण अफ्रिकासँग १ रनले हार्यो नेपाल

इजरायलमा १२ जना विद्यार्थी सम्पर्कविहीन: परराष्ट्रमन्त्री साउद



काठमाडौँ । परराष्ट्रमन्त्री एनपी साउदले इजरायलमा रहेका नेपालीहरूको अवस्थाबारे सदनलाई जानकारी गराएका छन् ।

आईतबार बसेको प्रतिनिधिसभाको बैठकमा मन्त्री साउदले इजरायलमा चार हजार पाँच सय जना नेपालीहरू केयरगिभरको रूपमा रहेकोमा दुई सय ६५ जना विद्यार्थी अध्ययनरत रहेको जानकारी गराए ।

जसमा कृषि विश्वविद्यालयबाट एक सय १९ जना, त्रिभुवन विश्वविद्यालयबाट ९७ जना, सुदूरपश्चिम विश्वविद्यालयबाट ४९ जना गएको उनले बताए।

सुदूरपश्चिम विश्वविद्यालयबाट गएका ४९ जनामध्ये १७ जना नेपाली दक्षिण इजरायलमा अध्ययनरत थिए।   जुन आक्रमण भएको गाजा क्षेत्रनजिकै पर्दछ । यहाँ रहेका १७ जना नेपालीमध्ये २ जना सकुशल छन् भने तीन जना घाइतेको स्थानीय अस्पतालमा उपचार जारी रहेको मन्त्री साउदले बताए ।

मन्त्री साउदको अनुसार बाँकी १२ जनामध्ये केही सम्पर्कमा नरहेको र हताहत भएको हुन सक्ने हुँदा स्थिति यकिन गर्न सम्पूर्ण संयन्त्र परिचालन गरिएको छ ।

शनिबार इजरायलमा प्यालेस्टाइनको इस्लामिस्ट समूह हमासले आक्रमण गरेको थियो ।