• ५ जेष्ठ २०८१, शनिबार
  •      Sat May 18 2024
  •   Unicode
Logo
Latest
★   अमेरिकाको न्यूयोर्कमा नेपाल डे परेड गरिँदै ★   नेपाल प्रहरीका चार एसएसपी डिआइजी बढुवामा सिफारिस ★   गौतम गम्भीर भारतको मुख्य प्रशिक्षक बन्न लागेका हुन् ? ★   सत्तापक्ष पछि हट्दै, कांग्रेस पनि गल्दै, आज सहमतिको संकेत ★   गोरखामा पौडी खेल्ने क्रममा डुबेर दुई जनाको मुत्यु ★   इन्टरपोलमार्फत युएईबाट पक्राउ परेका दुईजनालाई नेपाल ल्याइयो ★   लखनउ जितको बावजुद प्लेअफ दौडबाट बाहिर, मुम्बई लगातार दोस्रो सिजन पुछारमा रह्यो ★    गरिमा शर्मा र विमल अधिकारी रिटिङ रिटिङ मा ★   ‘ॐ’ ब्रह्माण्डीय आवाज ★   गृहले दियो अध्यागमन विभागलाई अधिकार, गैर आवासीय अध्ययन भिसा र भिसा दस्तुरमा छुट दिन सक्ने

भारत–पाकिस्तान खेलका लागि थप १४ हजार टिकट बेच्दै बीसीसीआई



एजेन्सी । भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई)ले विश्वकपमा भारत–पाकिस्तान खेलका लागि थप १४ हजार टिकट जारी गर्ने भएको छ ।

आइतबार दिउँसो १२ बजेदेखि नै फ्यानले विश्वकपको आधिकारिक टिकट वेबसाइटमा गएर यी टिकटहरू खरिद गर्न सक्नेछन् । बोर्डले शनिबार राति सो जानकारी दिएको हो ।

अक्टोबर १४ मा अहमदाबादको नरेन्द्र मोदी स्टेडियममा हुने खेलका लागि थप टिकटहरू जारी गरिने बोर्डले जनाएको छ ।

फ्यानहरुको असन्तुष्टिपछि बोर्डले तेस्रो पटक टिकट जारी गर्ने निर्णय गरेको हो । भारतीय बोर्डले विश्वकप सुरु हुनुअघि अगस्टको अन्त्यमा ४ लाख विश्वकप टिकट जारी गरेको थियो, जुन केही मिनेटमै बिक्री भइसकेको थियो । यस्तो अवस्थामा फ्यानहरु रिसाए र सामाजिक सञ्जालमा बोर्डको आलोचना गर्न थाले ।

भारतको विश्वकप खेलका लागि टिकटहरू विभिन्न ६ चरणमा बिक्री भएको थियो, तर टिकट बिक्री सुरु भएको केही मिनेटमै सबै टिकटहरू बिक्री भइसकेका छन् । सेप्टेम्बर ३ मा भारत–पाकिस्तान खेलको टिकट बिक्री भएको थियो ।

पहिले टिकट बिक्री वेबसाइटको होम स्क्रिन रिफ्रेस गरिरहे र त्यसपछि सबै टिकट बिक्री भइसकेको जानकारी दिइयो । यस्तो अवस्थामा धेरै फ्यानले टिकट काट्ने मौका पनि पाउन सकेनन् ।