२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
बुढीगण्डकीलाई बहुउद्देश्यीय बनाउन प्राधिकरण मोडलमा अगाडि बढाइँदै सञ्चारमन्त्री डा. तिमिल्सिनासँग संयुक्त राष्ट्रसंघीय निकायका प्रतिनिधिहरुद्वारा औपचारिक भेटघाट दुर्गा प्रसाई र धवलशमशेर राणाको समूहबिच राष्ट्रवादी एजेन्डासहित नयाँ राजनीतिक दल गठन गर्ने सहमति १२ प्रमुख जिल्ला अधिकारी र ६ सहसचिवको सरुवा तथा पदस्थापना पर्यटन मन्त्रालयको समन्वयमा धार्मिक प्रयोजनका सामग्री बनाउनुपर्ने सर्तसहित काठ–दाउरा लिलाम गर्दै लुम्बिनी विकास कोष  ग्रीन हाइड्रोजन नेपालको हरित भविष्य निर्माण गर्ने महत्वपूर्ण अवसर हाेः मन्त्री श्रेष्ठ स्वास्थ्य मन्त्रालयद्वारा विभिन्न पदका आवेदनसम्बन्धी सूचना स्थगित परराष्ट्रमन्त्री खनाल नयाँ दिल्ली पुगे निर्वाचनसम्बन्धी विधेयक पारित भए निर्वाचन प्रणालीमा रहेका ९० प्रतिशत समस्या हल हुन्छः निर्वाचन आयोग काठमाडौं महानगरपालिकाद्वारा २ हजार ४२१ सडक मानवको उद्धार, ८८३ जनाको पारिवारिक पुनर्मिलन
तपाईं के खोज्दै हुनुहुन्छ ?

भारत–पाकिस्तान खेलका लागि थप १४ हजार टिकट बेच्दै बीसीसीआई



अ+ अ-

एजेन्सी । भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई)ले विश्वकपमा भारत–पाकिस्तान खेलका लागि थप १४ हजार टिकट जारी गर्ने भएको छ ।

आइतबार दिउँसो १२ बजेदेखि नै फ्यानले विश्वकपको आधिकारिक टिकट वेबसाइटमा गएर यी टिकटहरू खरिद गर्न सक्नेछन् । बोर्डले शनिबार राति सो जानकारी दिएको हो ।

अक्टोबर १४ मा अहमदाबादको नरेन्द्र मोदी स्टेडियममा हुने खेलका लागि थप टिकटहरू जारी गरिने बोर्डले जनाएको छ ।

फ्यानहरुको असन्तुष्टिपछि बोर्डले तेस्रो पटक टिकट जारी गर्ने निर्णय गरेको हो । भारतीय बोर्डले विश्वकप सुरु हुनुअघि अगस्टको अन्त्यमा ४ लाख विश्वकप टिकट जारी गरेको थियो, जुन केही मिनेटमै बिक्री भइसकेको थियो । यस्तो अवस्थामा फ्यानहरु रिसाए र सामाजिक सञ्जालमा बोर्डको आलोचना गर्न थाले ।

भारतको विश्वकप खेलका लागि टिकटहरू विभिन्न ६ चरणमा बिक्री भएको थियो, तर टिकट बिक्री सुरु भएको केही मिनेटमै सबै टिकटहरू बिक्री भइसकेका छन् । सेप्टेम्बर ३ मा भारत–पाकिस्तान खेलको टिकट बिक्री भएको थियो ।

पहिले टिकट बिक्री वेबसाइटको होम स्क्रिन रिफ्रेस गरिरहे र त्यसपछि सबै टिकट बिक्री भइसकेको जानकारी दिइयो । यस्तो अवस्थामा धेरै फ्यानले टिकट काट्ने मौका पनि पाउन सकेनन् ।

 




भर्खरै