• २३ असार २०८१, आईतवार
  •      Sun Jul 7 2024
  •   Unicode
Logo

दक्षिण अफ्रिकाले दियो श्रीलंकालाई कीर्तिमानी ४२९ रनको लक्ष्य



एजेन्सी । एकदिवसीय विश्वकपमा दक्षिण अफ्रिकाले सर्वाधिक रन बनाएको छ । टोलीले श्रीलंकालाई जितका लागि ४२९ रनको लक्ष्य दिएको छ ।

पहिले ब्याटिङ गरेको अफ्रिकाले निर्धारित ५० ओभरमा ५ विकेट गुमाएर ४२८ रन बनाएको हो । दक्षिण अफ्रिकाका लागि रस्सी भान डेर डुसेन (१०८ रन), क्विन्टन डी कक (१०० रन) र एडेन मार्कराम (१०६ रन) ले शतकीय पारी खेले ।

मार्करामले विश्वकप इतिहासमा सबैभन्दा छिटो शतक बनाए। उनले आफ्नो एकदिवसीय करियरको तेस्रो शतक ४९ बलमा पूरा गरे ।

क्विन्टन डी ककले आफ्नो एकदिवसीय करियरको १८ औं शतक प्रहार गरे । उनले ८४ बलमा १०० रनको इनिङ खेले । डी ककको इनिङ्समा १२ चौका र ३ छक्का समावेश थियो ।

रस्सी भान डेर डुसेनले आफ्नो ओडीआई करियरको पाँचौ शतक प्रहार गरे । उनी ९८.१८ को स्ट्राइक रेटमा ११० बलमा १०८ रन बनाएर आउट भए । उनको इनिङ्समा १३ चौका र २ छक्का समावेश थियो ।

यस्तै, हेनरिक क्लासेनले २० बलमा ३२ रन जोडे भने डेभिड मिलर २१ बलमा ३९ तथा मार्को यानसेन ७ बलमा १२ रनसहित अविजित रहे । श्रीलंकाका दिलशन मदुकन्काले दुई विकेट लिए भने काशुन रजिथा, मथिसा पथिराना र दुनिथ भेल्लालागेले एक–एक विकेट लिए ।