१३ आश्विन २०८३, मंगलवार Tuesday, September 29, 2026
१३ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar उत्पादनस्थल फोहर रहेको भन्दै उद्योगलाई दुई लाख जरिवाना News Polar धितोपत्र दलाल व्यवसाय सुदृढीकरण नीति लागू News Polar सर्भेयर खटाउने प्रक्रियालाई पारदर्शी बनाउन ‘अटोमेटिक सर्भेयर डेपुटेसन’ प्रणाली, परीक्षण सुरु News Polar ‘ठमेल पर्यटन भेन्ट्रान्स कप’ फुटबल प्रतियोगिताको उपाधि जोरपाटीलाई News Polar अन्तर्राष्ट्रिय नतिजाका लागि खेलकुद क्षेत्रमा लगानी बढाउनुपर्छः मन्त्री पोखरेल News Polar सङ्गीतको सङ्गम बन्यो नीर शाहको पलेँटी News Polar मुख्यमन्त्री शाहीसँग मन्त्रीहरूको कार्यसम्पादन सम्झौता News Polar नाला सफाइ गरी पानीको निकास खुलाइयो News Polar निर्माणाधीन दार्चुला अस्पताल पुस मसान्तमा सम्पन्न हुने News Polar ‘महिला आन्दोलनको सहखोजीः सन्धान सङ्ग्रह’ प्रकाशित News Polar वामआन्दोलनलाई बलियो बनाउने चाहना छः भण्डारी News Polar अध्यक्ष र कर्मचारीमाथी भएको दुर्व्यवहारबारे प्रेस काउन्सिलको ध्यानाकर्षण News Polar वर्षाले पाल्पाका सडक क्षतिग्रस्त, पुलसमेत जोखिममा News Polar प्रधानमन्त्री बर्नहमद्वारा बेलायतका लागि ‘विशेष’ योजना ल्याउन लागेको दावी News Polar मुख्यमन्त्री पाण्डेद्वारा बाढी प्रभावित क्षेत्रको निरीक्षण News Polar छ दिनदेखि अवरुद्ध कालीगण्डकी करिडोर अझै सञ्चालन हुन सकेन News Polar हिमालय एअरलाइन्सको काठमाडौँ–सांघाई–काठमाडौँ सिधा उडान पुनः सञ्चालन News Polar लामो दूरीका सवारीसाधनमा दुई चालक अनिवार्य News Polar न्वागी पर्व मनाउँदै आठपहरिया News Polar किसान सूचीकरणमा उल्लेखनीय वृद्धि, करिब ३ लाख किसान थपिए

‘पुर्व प्रधानमन्त्री ओली पत्नि राधिकाले जिम्मा लिएको’ भनिएका तीन वालिकाले कौडी पनि पाएका छैनन्…….

‘पुर्व प्रधानमन्त्री ओली पत्नि राधिकाले जिम्मा लिएको’ भनिएका तीन वालिकाले कौडी पनि पाएका छैनन्…….
फाईल फोटो
अ अ+ अ-

काठमाण्डौ । २०७७ साल साउन २६ गते सोमबार । त्यतिखेर प्रधानमन्त्री थिए केपि शर्मा ओली ।

प्रधानमन्त्री पत्नि राधिका शाक्यले केही दिन अघि सञ्चारमाद्यममा एउटा समाचार पढेकी रहिछिन—‘काठमाण्डौको दक्षिणकालीमा आमाबाबुको घरायसी झगडामा बाबुले आमालाई मारेपछि तीनजना छोरीहरुको विचल्ली’ भनेर ।

प्रधानमन्त्री निवास वालुवाटारमा बस्ने प्रधानमन्त्री पत्नि राधिकालाई सो समाचार पढेपछि ती अवोध वालकाप्रति दया जागेछ ।

घरायसी झगडामा खोटाङ्ग घर भएर दक्षिणकाली बस्दै आएका राई थरका बाबुले आमालाई मारेको कारण प्रहरीले कर्तव्य ज्यान मुद्धामा बाबुलाई पक्रेपछि ति वालिकाहरु विचल्ली बनेका रहेछन् ।

त्यो खवर थाहा पाएपछि प्रधानमन्त्री पत्नि शाक्यले प्रहरी प्रशासन र वालवालिका खोजतलास केन्द्र लगायतलाई ती वालिकाहरुलाई प्रधानमन्त्री निवासमा ल्याउन उर्दी जारी गरिन् । अनि ४, ८ र १४वर्षका ती वालिकाहरुलाई वालुवाटारमा झिकाइयो ।

ती वालिकाहरुलाई जिम्मा लिनको लागि नेपालको पुरानो गैरसरकारी संस्था एसओएस वालग्राम सानोथिमीका राष्ट्रिय निर्देशक इश्वरीप्रसाद शर्मा र वालग्रामको सानोथिमीका निर्देशक खगेन्द्र नेपाललाई पनि त्यहाँ बोलाइयो ।

फाईल फोटो

अनि प्रहरी प्रशासन, राष्ट्रिय वाल अधिकार परिषद्का पदाधिकारीहरुको उपस्थितिमा ठुलै तामझामका साथ टेलिभिजन र ठुला सञ्चारमाद्यमका प्रतिनिधि बोलाई प्रधानमन्त्री ओलीकै अगाडि राखेर ‘विचल्लीमा परेका ति तीनजना वालिकाको आफुले अभिभावकत्व ग्रहण गरेको’ भनेर हल्ला फिँजाइयो ।
वालवालिकासम्वन्धि कानून अनुसार अभिभावक गुमाएका या अन्य कुनैपनि कारणले जोखिममा परेका तथा पीडित वालवालिकाको सक्कली नाम लेख्न, उनीहरुको तस्वीर र अनुहार सञ्चारमाद्यममा छाप्न र देखाउन नमिल्ने अलिकति पनि ज्ञान नभएका प्रधामन्त्री र सञ्चारमाद्यमले त्यसको खिल्ली उडाउँदै ‘अभिभावकत्व ग्रहण गरेको’ दृष्य र समाचार छ्याप्छयाप्ती बनाए ।

प्रधानमन्त्री पत्नि राधिका आफैंले ती वालिकालाई जीवनभर आफैंले हेर्ने जस्तो गरि ‘अभिभावकत्व ग्रहण गरेको’ भनेर हल्ला फिँजाइयो । एमालेसंग आवद्ध सञ्चारमाद्यम र पत्रकारहरुले प्रधानमन्त्री पत्नि राधिकाले ‘कोटी होम लाएर पुण्य गरे’ जसरी उनको गुनगान गाए ।

ती वालिकाहरुलाई ओली पत्नि राधिकाले अभिभावकत्व ग्रहण गरिएको भनिएका ति तीनजना वालिका अहिले पनि एसओएस वालग्राम सानोथिमीको १५ नं घरमा आश्रीत छन् । उनलाई आमा मञ्जु बरालले रेखदेख गर्दै आएकी छिन् भने उनीहरुको बस्ने खाने, पढ्ने लगायतका सबै खर्च एसओएस वालग्रामले वेहोर्दै आएको छ । तीमध्ये जेठी छोरी नजिकैको आदर्श माविमा १० कक्षामा पढ्छिन भने अरु दुईजना वालग्रमद्वारा सञ्चालित हर्मन माइनर स्कुलमा पढ्छन् ।

‘अभिभावकत्व ग्रहण गरिएको’ भनेपछि ओली पत्नि राधिकाले ति वालवालिकाको शिक्षादिक्षाका लागि आजसम्म न वालग्रामलाई एकरुपैयाँ दिएकी छिन् न वालिकाहरुलाई शैक्षिक सामग्री र लत्ता कपडा नै ।

वालिकाहरुलाई वालग्राममा राखेपछि राधिका एकचोटी सेलरोटी लिएर भेट्न पुगेको वालग्रामको भनाई छ । त्यसबाहेक उनीबाट अहिलेसम्म केही सहयोग आएको छैन । तिनीहरुको बारेमा चासो पनि राखेकी छैनन् ।

ती वालिकाहरु एसओएस वालग्रामको नियम र सिद्धान्तभित्र परेका कारण उनीहरु विगत तीनवर्ष दुईमहिनादेखि त्यहाँ आश्रीत छन् । विभिन्न कारणले बाबुआमा गुमाएर जोखिममा परेका वालवालिकाहरु वालग्राममा बस्न पाउने एसओएसको पहिलो नियम अनुसार उनीहरु त्यहाँ बस्न पाएका हुन् ।

‘ती तिनजाना वालिकामात्रै नभई वालग्रामले जिम्मा लिएका सम्पूर्ण वालवालिकाहरु आत्मनिर्भर नभएसम्म तिनीहरुको सम्पूर्ण जिम्मा वालग्रामले नै लिन्छ, त्यसमा कसैले अभिभावकत्व ग्रहण गर्ने भन्ने सवालै आउँदैन’—एसओएस वालग्राम नेपालका निर्देशक डा.गंगा गुरुङ्ग भन्छन् ।