१९ भाद्र २०८३, शुक्रबार
,
Latest
संयुक्त राष्ट्रसङ्घद्वारा नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने लागुऔषधसहित विभिन्न स्थानबाट २० जना पक्राउ विराट ग्रुपद्वारा बाढीपीडितका लागि रु ७२ लाख सहयोग नेवार समुदायको प्रमुख चाड लाखेजात्रा : भोटेकोशी बाढीका कारण औपचारिकता मात्रै पूरा नानीबाबुहरूलाई प्रधानमन्त्री शाहको सन्देश : यहाँहरूको सुरक्षित भविष्यका लागि हामी लागिरहेका छौँ पृथ्वी बस कम्पनीद्वारा १० लाख सहयोग भरुवा बन्दुकसहित एक जना पक्राउ बाढीपछि पर्यटन क्षेत्रको पुनरुत्थानका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य श्रीमतीको कलेजोले नयाँ जीवन पाएपछि खुसी हुँदै घर फर्किए यादव परिवार विपद्का बेला अपुष्ट सूचना नफैलाउन प्रेस काउन्सिलको निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

भित्र खाओवाद बाहिर माओवाद !- डा.भट्टराई



अ+ अ-

काठमाडौं।जनता समाजबादी पार्टी संघीय परिषद्का अध्यक्ष एबं पूर्ब प्रधानमन्त्री डा बाबुराम भट्टराईले आफ्नो पूर्वदल माओवादीलाई भित्र खाओवाद बाहिर माओवाद भन्दै व्यग्यं गर्नुभएको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी अध्यक्ष पुष्पकमल दाहालले सयुक्त रुपमा एमसीसी मुख्यालयलाई पठाएको प्रतिबद्धता पत्र सार्वजनिक भएपछि डा.भट्टराईले भित्रभित्र राष्ट्रघात बाहिरबाहिर राष्ट्रवाद१ भएको टिप्पणी गर्नुभएको हो ।

सामाजिक संञ्जालमा ट्वीट गर्दे भट्टराईले लेख्नु भएको छ । 

भित्रभित्र राष्ट्रघात बाहिरबाहिर राष्ट्रवाद! माछा देखे भित्र हात,सर्प देखे बाहिर हात ! भित्र खाओवाद बाहिर माओवाद ! नेपाली राजनीति जबसम्म यो पाखण्डी दुइजिभ्रे प्रवृत्तिबाट मुक्त हुॅदैन तबसम्म देश बन्दैबन्दैन। MCCजुन ढंगले गिजोलिदैछ त्यसको परिणाम गम्भीर हुनसक्छ! अति भए खति हुन्छ है !