• २७ बैशाख २०८१, बिहीबार
  •      Thu May 9 2024
  •   Unicode
Logo
Latest
★   बाँकेमा गोली हानेर लागुऔषधका कारोबारी पक्राउ ★   पारदर्शिता र सुशासन एक अर्काका पूरक हुन्: राष्ट्रपति ★   तीस लाखको लागतमा बिपी मैदानमा प्यारापिट निर्माण ★   बगरमा तर्बुजा खेती, राजमार्गमा बिक्री ★   निजी क्षेत्रको मनोबल उच्च बनाउन नीति तथा कार्यक्रम,बजेट र मौद्रिक नीति उदारवादी हुनुपर्छ: चेम्बर ★   रफाहमा इजरायली आक्रमण: २० प्यालेस्टाइनीको मृत्यु ★   तनहुँमा चलचित्र निर्माण कार्यशाला ★   निर्मल लामा असल राजनीतिज्ञ हुनुहुन्थ्यो: प्रधानमन्त्री ★   खेल पर्यटन प्रवर्धन गर्न अन्तर्राष्ट्रिय ‘रक क्लाइमिङ’ प्रतियोगिता ★   कोशीको मुख्यमन्त्रीमा हिक्मतकुमार कार्कीले दाबी पेश गर्ने, केदार कार्की अदालत जाँदै

राष्ट्रिय खाद्य बैंकका पदाधिकारीद्वारा सभामुख घिमिरेसंग भेट



काठमाण्डौं ।  राष्ट्रिय खाद्य बैंक लिमिटेडका केन्द्रीय पदाधिकारीहरुले शुक्रबार संघीय संसदका सभामुख देवराज घिमीरेलाई उनकै निवास वालुवाटारमा भेट गरि बैंकको पछिल्लो अवस्था र गतिविधिबारे जानकारी गराएका छन् ।

बैंकका कार्यकारी अध्यक्ष शंकरनाथ उप्रेतीको नेतृत्वमा गएको टोलीमा सो बैंकका केन्द्रीय सदस्य एवम् आयात निर्यात विभागका प्रमुख रामशरण देउजा, केन्द्रीय सल्लाहकार एवम् सशस्त्र प्रहरीका पुर्व प्रहरी महानिरीक्षक पुष्पराम केसी तथा जनसम्पर्क अधिकारी कमल ढकाल सहभागी थिए ।

आउँदो मंसीर महिनामा हुन लागेकोे सो बैंकको तेस्रो साधारणसभाबारे पनि केन्द्रीय पदाधिकारीले सभामुखलाई जानकारी गराएका थिए ।

सभामुख घिमीरेलाई बैंकका कार्यकारी अध्यक्ष उप्रेतीले बैंकको स्थापनाकालदेखि हालसम्म भएगरेका गतिविधिको साथै बैंकको कुल, चालु र पुँजीबारे जानकारी गराएका थिए । अध्यक्ष उप्रेतीले बैंक व्यवस्थापन पछिल्लो समयमा देशभरी बैंकको शाखा विस्तार गर्न सक्रिय रहेको पनि जानकारी गराए ।

सभामुखसंगको भेटमा केन्द्रीय सदस्य तथा आयात निर्यात विभाग प्रमुख देउजाले कृषकले उत्पादन गरेको कुनैपनि विषाषिमुक्त रैथाने उत्पादनलाई कृषकलाई फाइदा हुने गरि मुल्य निर्धारण गरेर बैंकले खरिद गरी बजारीकरण गर्दै आएकोे गरेकोबारे सभामुखलाई जानकारी गराए । कृषकलाई आवश्यक पर्ने कृषि उपकरण तथा प्राविधिक सल्लाह पनि बैंकले दिँदै आएको प्रमुख देउजाले बताए ।

रैथाने कृषि उपजको उत्पादनमा वृद्धि र त्यसको सरल बजारीकरण गर्दै मुलुकलाई खाद्यान्नमा आत्मनिर्भर बनाउने उदेश्यसहित दुईवर्षअघि सो बैंकको स्थापना भएको हो ।