१ आश्विन २०८३, बिहीबार
,
Latest
रसुवा–भोटेकोशी विपद्ले नेपालको विकास मोडलमै पुनर्विचार गर्नुपर्ने अवस्था सिर्जना गर्‍यो : परराष्ट्रमन्त्री खनाल जलवायु कुटनीतिलाई भारत–चीनसहित छिमेकीसँगको सम्बन्ध विस्तारसँग जोड्नुपर्छः डा. ढकाल कृष्णभीरमा सडक सञ्चालनपछि कुलमान घिसिङले भने– दीर्घकालीन समाधानतर्फ तत्काल काम थाल्नुपर्छ जलवायु न्याय र क्षतिपूर्तिको मुद्दा संयुक्त राष्ट्रसंघ महासभामा उठाउने नेपालको तयारी प्रधानमन्त्रीको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुने चालु आवको दुई महिना : सरकारको आम्दानी भन्दा खर्च ९ अर्बले बढी असोज ३ गते पाटनमा रहेका दशमहाविद्या परिक्रमा गरिँदै प्रहरीले बरामद गरेको एक हजार ३१५ किलोग्राम गाँजा नष्ट सहकारीको ऋणको अधिकतम ब्याजदर १३ प्रतिशत कायम करदाता प्रोत्साहन उपहार कार्यक्रम : भदौका ३३ विजेता आज घोषणा हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्रिय खाद्य बैंकका पदाधिकारीद्वारा सभामुख घिमिरेसंग भेट



अ+ अ-

काठमाण्डौं ।  राष्ट्रिय खाद्य बैंक लिमिटेडका केन्द्रीय पदाधिकारीहरुले शुक्रबार संघीय संसदका सभामुख देवराज घिमीरेलाई उनकै निवास वालुवाटारमा भेट गरि बैंकको पछिल्लो अवस्था र गतिविधिबारे जानकारी गराएका छन् ।

बैंकका कार्यकारी अध्यक्ष शंकरनाथ उप्रेतीको नेतृत्वमा गएको टोलीमा सो बैंकका केन्द्रीय सदस्य एवम् आयात निर्यात विभागका प्रमुख रामशरण देउजा, केन्द्रीय सल्लाहकार एवम् सशस्त्र प्रहरीका पुर्व प्रहरी महानिरीक्षक पुष्पराम केसी तथा जनसम्पर्क अधिकारी कमल ढकाल सहभागी थिए ।

आउँदो मंसीर महिनामा हुन लागेकोे सो बैंकको तेस्रो साधारणसभाबारे पनि केन्द्रीय पदाधिकारीले सभामुखलाई जानकारी गराएका थिए ।

सभामुख घिमीरेलाई बैंकका कार्यकारी अध्यक्ष उप्रेतीले बैंकको स्थापनाकालदेखि हालसम्म भएगरेका गतिविधिको साथै बैंकको कुल, चालु र पुँजीबारे जानकारी गराएका थिए । अध्यक्ष उप्रेतीले बैंक व्यवस्थापन पछिल्लो समयमा देशभरी बैंकको शाखा विस्तार गर्न सक्रिय रहेको पनि जानकारी गराए ।

सभामुखसंगको भेटमा केन्द्रीय सदस्य तथा आयात निर्यात विभाग प्रमुख देउजाले कृषकले उत्पादन गरेको कुनैपनि विषाषिमुक्त रैथाने उत्पादनलाई कृषकलाई फाइदा हुने गरि मुल्य निर्धारण गरेर बैंकले खरिद गरी बजारीकरण गर्दै आएकोे गरेकोबारे सभामुखलाई जानकारी गराए । कृषकलाई आवश्यक पर्ने कृषि उपकरण तथा प्राविधिक सल्लाह पनि बैंकले दिँदै आएको प्रमुख देउजाले बताए ।

रैथाने कृषि उपजको उत्पादनमा वृद्धि र त्यसको सरल बजारीकरण गर्दै मुलुकलाई खाद्यान्नमा आत्मनिर्भर बनाउने उदेश्यसहित दुईवर्षअघि सो बैंकको स्थापना भएको हो ।




भर्खरै