१० श्रावण २०८३, आईतवार
,
Latest
लुम्बिनीमा कांग्रेसका पाँच मन्त्रीले भोलि सामूहिक राजीनामा दिने नारायणी अस्पताल घटनाबारे छानविन गर्न समिति गठन निरञ्जना चन्द ‘निरु’ को काव्यिक आवाज-कर्णालीदेखि काठमाडौँसम्म डा. गोविन्द केसीसँग सरकारको वार्ता सुरु ग्रे लिस्टलाई चेतावनी होइन, वित्तीय प्रणाली सुधार्ने अवसरका रूपमा लिनुपर्छः सुजिता माथेमा हेटौंडाको थानाभर्‍याङमा एक पुरुष मृत फेला एमाले–नेकपा समीकरणपछि काँग्रेसले सातै प्रदेशका नेतासँग गर्‍यो परामर्श एमबीएसको प्रश्नपत्र सामाजिक सञ्जालमा सार्वजनिक गरेको आरोपमा दुई जना पक्राउ भोटेकोसीमा गाडी खसेपछि खोजी तथा उद्धारमा खटेकालाई हौसला दिन गृहमन्त्री घटनास्थलमा अमेरिकाले इरानमाथिको आक्रमण रोक्यो, कारणबारे फरक–फरक रिपोर्ट
तपाईं के खोज्दै हुनुहुन्छ ?

पार्टीभित्र निर्वाचनमा नजाऔँ, आफ्नै साथीको मन दुख्छः ओली



अ+ अ-

काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले सर्वसम्मत ढंगले नेतृत्व चयन गर्न पार्टीको उपत्यका विशेष प्रदेश कमिटीलाई निर्देशन दिनुभएको छ ।

विपक्षी र सञ्चार माध्यामहरुले प्रदेश अधिवेशनहरुमा लडे, भिडे भन्ने खालको गलत सन्देश प्रवाह गरेको दाबी गर्दै ओलीले उपत्यका विशेष प्रदेशले भने सर्वसम्मतिमै नेतृत्व चयन भयो भन्ने सन्देश प्रवाह गर्नुपर्ने बताउनु भयो । पार्टीको उपत्यका विशेष प्रदेश कमिटीको प्रथम अधिवेशनलाई शुक्रवार उद्घाटन गर्दै उहाँले कुरा मिलेन भने स्वस्थ प्रतिष्पर्धा गर्नुस् भनेर आफूले प्रदेश अधिवेशनहरुमा भनेको कुरालाई नसुनेको भन्दै सञ्चार माध्यमप्रति पनि गुनासो गर्नुभयो ।

उहाँले आफ्नै साथीको मन दुख्ने भएकाले पनि निर्वाचनबाट भन्दा सर्वसम्मतीमै नेतृत्व चयन गर्न उपयुक्त हुने तर्क समेत गर्नुभयो । कसैको पनि मन नदुखाईकन नेतृत्व चयन हुनु भनेको सबैभन्दा उत्तम भएको ओलीको भनाई थियो । उहाँले निर्वाचनको नाममा कतिपय ठाउँमा अनुचित काम भएको निष्कर्ष निकाल्दै त्यसो नगर्न पनि पार्टीका नेता, कार्यकर्तालाई सचेत गराउनु भयो ।

ओलीले भन्नुभयो, ‘मैले के अपेक्षा गरेको छु भने–उपत्यका विशेषले जस्तो विभिन्न हाम्रा विपक्षीहरुले हाम्रा अधिवेशनहरुको सन्दर्भमा टिकाटिप्पणी गर्न पाएका छन एकोहोरो खालको । अर्को प्रकारको टिकाटिप्पणी गर्ने मौका यस अधिवेशनले देओस् । अहिलेसम्म लडे, भिडे भन्ने सन्देश प्रवाहित गरेको छ । यस अधिवेशनले सर्वसम्मति गरेर डमोक्रेसी नै भएन भन्ने त्यो मौका पनि दिऊ विपक्षीहरुलाई । यसबाट त्यो सुरु गरौं भन्ने म आग्रह गर्न चाहन्छु । कुरा मिलेन भने स्वस्थ प्रतिस्पर्धा गर्नुस् त भनेकै छ हामीले सबै ठाउँमा । तर, त्यो चाँही सञ्चार माध्यामहरुले सुन्दो रहेनछ । त्यो हाम्रा विपक्षीहरुले सुन्दा रहेनछन ।

उनीहरुले स्वच्छ प्रतिष्पर्धा गर्नुस् भनेको नसुनेर सहमती कायम गर्नुस् भनेको थियो, मानेनन् भन्ने मात्रै प्रचार गरे । कसैलाई न निर्देश गरिएको छ, न आदेश गरिएको छ । यसै गर्नुस् भनेर केही भनिएको छैन । तर पनि विपक्षीहरुले भन्ने गरेका छन । तपाईहरुलाई आग्रह गर्न चाहन्छु–यसपल्ट एउटा नयाँ अभ्यासको तपाईहरुले सुरुवात गर्नुस् । यहाँ प्रतिस्पर्धा जितेर पनि के–के न ठूलो कुरो पाईने होइन । फेरि सबैले जित्ने होइन । एउटाले जित्छ । अर्काले हारेपछि मन पनि दुख्छ । सहमती गर्यो भने मन दुख्दैन । मन नदुखाईकन अगाडि बढने काम सबभन्दा राम्रो हो नि त ।

किन मन दुखाउने ? उठेपछि मन दुख्दो रहेछ । यसो म ठाउँठाउँमा हेर्छु । मन दुख्दो रहेछ साथीहरुको । उठेपछि जित्नका लागि अलिक कतिपय ठाउँमा जसोतसो अभ्यास गरेको पनि देखिन्छ । त्यस्तो पनि नगरौं । हामी साँच्चै उच्चस्तरीय लोकतान्त्रिक अभ्यास समझदारी र त्यसबाट सहमति । अर्को मैले अरु पनि केही ठाउँमा बोलेको छु । नेतृत्वले कामको मूल्यांकन गरेको हुन्छ । आफूलाई कहिलेकहिले त्यो चित्त नबुझ्ला । तर नेतृत्वले कामको मूल्यांकन गरेको हुन्छ । नेतृत्वको मूल्यांकनमा भर परिएन । र, नचिनेका मान्छेले नचिनेकालाई भोट दिनुपर्ने अवस्थामाथि भर परियो भने परिणाम जस्तो पनि हुनसक्छ ।’

अध्यक्ष ओलीले आफूले पार्टीको प्रदेश अधिवेशनहरुमा नेतृत्व चयन गर्नका लागि कुनैपनि खालको निर्देशन नदिएको पनि दोहो¥याउनु भयो ।